विचार / अन्तर्वार्ता

‘नीति तथा कार्यक्रम सकरात्मक’

काठमाडौँ, जेठ ८ गते । प्रमुख विपक्षी दल नेपाली काँग्रेसले सरकारले पेस गरेको नीति तथा कार्यक्रममाथि सकारात्मक टिप्पणी गरेको छ । नीति तथा कार्यक्रमपछि प्रतिक्रिया दिँदै काँग्रेस नेताहरुले नीति कार्यक्रममा केही त्रृटि भए पनि समग्रमा सकरात्मक भएको टिप्पणी गरेका हुन् । कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले सरकारले पेस गरेको कार्यक्रम सकरात्मक भएको टिप्पणी गर्नुभयो । […]


‘सत्तापक्ष र प्रतिपक्षको साझा प्रयासबाट समृद्धि’

पोखरा, वैशाख २३ गते । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तापक्ष र प्रतिपक्षको साझा प्रयासबाट मात्र समृद्धि र विकास सम्भव हुने बताउनुभएको छ । नेपाल पत्रकार महासंघ प्रदेश नं ४ समितिका नवनिर्वाचित पदाधिकारी एवं सदस्यको आज यहाँ आयोजित पदस्थापन समारोहमा उहाँले विकास, समृद्धि र स्थायित्वका लागि सबै मिलेर सहकार्य गर्न आवश्यक भएको बताउनुभयो […]


सबैलाई सन्तुलन हुने बजेट आउँछ – अर्थमन्त्री खतिवडा

काठमाडौँ, वैशाख १३ गते । मधेशी, दलित, जनजाति, व्यापारी, कृषक, पेशाकर्मीलगायत सबैलाई सन्तुलन हुने किसिमको नयाँ बजेट आउने अर्थमन्त्री डा युवराज खतिवडाले बताउनुभएको छ । नेपाल व्यवस्थापन संघले आज काठमाडौँमा आयोजना गरेको आगामी २०७५÷७६ को पूर्व बजेट छलफल कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । “स्रोतको व्यवस्थापन र उत्पादक क्षेत्रको लगानीलाई बजेटले समेट्नेछ”, मन्त्री खतिवडाले […]


नेपाललाई छाडेर भारत र चीनले गर्ने विकासले पूर्णता पाउँदैन- अध्यक्ष दाहाल

चितवन, वैशाख १२ गते । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले नेपाललाई छाडेर भारत र चीनले गर्ने विकासले पूर्णता नपाउने बताउनुभएको छ । नेपाल नेत्रज्योति संघको २५ औं केन्द्रीय सभालाई आज यहाँ सम्बोधन गर्दै उहाँले दुई देशको बीचमा रहेको नेपालको पनि सँगसँगै विकास भए मात्र दुई देशमा विकासले पूर्णता पाउने बताउनुभयो । अध्यक्ष दाहालले भन्नुभयो, […]


सहकारी मार्फत नै आर्थिक समृद्वि- प्रम ओली

भेषराज बेल्बासे काठमाडौँ, चैत २१ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल जस्तो विकासमा पछि परेको मुलुकको आर्थिक समृद्धि हासिल गर्ने उपयुक्त माध्यम नै सहकारी अभियान भएको बताउनुभएको छ । सहकारी अभियानको शीर्षस्थ निकाय नेपाल सरकार कृषि, भूमी व्यवस्था तथा सहकारी मन्त्रालय र राष्ट्रिय सहकारी महासंघ नेपालको संयुक्त आयोजनामा बुधबारदेखि राजधानीमा शुरु भएको दोस्रो सहकारी […]


भवनको भव्यताले मात्र नागरिकको न्यायप्राप्ति पूरा हुदैन: महान्यायाधिवक्ता

नेपालगञ्ज । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले कार्यालय भवनको भव्यताले मात्र नागरिकको न्यायप्राप्तिको चाहना पूरा नहुने बताएका छन् । निर्माण भएको उच्च सरकारी वकिल कार्यालयको आज उद्घाटन गर्दै उनले कार्यालयबाट हुने सेवा प्रवाह निष्पक्ष र सहज बनाउनेतर्फ कर्मचारीको ध्यान जानुपर्नेमा जोड दिए । महान्यायाधिवक्ता खरेलले संविधान कार्यान्वयनको प्रक्रिया मुलुकभरि शुरु भइसकेको उल्लेख गर्दै संविधानले निर्दिष्ट गरेअनुसारका संरचना […]


जुकरवर्ग , हेर न भ्याइ नभ्याइ छ (व्यङ्ग्य विनोद)

गायत्री खरेल / समय त उत्ति नै त हो । रातदिन गर्दा चौबीस घण्टा । काम पनि बढेको होइन । तैपनि समय सँधै अपुग । भनेको समयमा कार्यालय पुग्न आच्छु आच्छु हुन्छ । ढिलो भएकामा केही न केही बहाना बनाउन् परेकै हुन्छ , एकआध दिन बिराएर । यसो बाहिरतिर घुम्न वा आफन्तका जाँदा जहिले पनि […]


जस्तोसुकै निर्णय लिने भन्दै प्रचण्डले भने-पार्टी एकता लम्बिने होइन अब टुंगिन्छ

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्र र जनताको आवश्यकतानुसार आफूले जस्तोसुकै राजनीतिक निर्णय लिन पनि सक्ने बताएका छन् । आज यहाँ आयोजित प्रथम प्रकाश दाहाल स्मृति राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटनपछि पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले अहिलेको सन्दर्भमा आफूले अघि सारेको यो भनाइको अर्काे राजनीतिक अर्थ नलगाउन पनि आग्रह गरे । दुई […]


कांग्रेसका नेता भन्छन्, कांग्रेसले सत्ता मोह त्याग्नुपर्छ

काठमाडौँ, माघ २६ गते । नेपाली कांग्रेसका अधिकांश केन्द्रीय सदस्यले काँग्रेसले आगामी पाँच वर्षसम्म सत्ता मोह त्याग्नुपर्ने धारणा राखेका छन् । नेकाका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री स्व सुशील कोइरालाको दोस्रो स्मृति सभालाई काठमाडौँमा सम्बोधन गर्दै केन्द्रीय सदस्य प्रकाशमान सिंह, अर्जुन नरसिंह केसी, चन्द्र भण्डारी , प्रदीप पौडेल र गुरुराज घिमिरेले सो धारणा राखेका हुन् । उनीहरुले […]


जनताका सामु गरिएको प्रतिबद्धता लागू गरेरै छाड्छौँ– अध्यक्ष दाहाल

काठमाडौँ, माघ १५ गते । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको क्रममा वाम गठबन्धनका तर्फबाट गरिएका प्रतिबद्धता पूर्णरुपमा लागू गरेरै छाडिने दृढता व्यक्त गर्नुभएको छ ।प्रेस सेन्टर नेपालको १४ औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले जनताका सामु गरिएका प्रतिबद्धता पूर्णरुपमा कार्यान्वयन गरेर छाडिने र कुनै पनि प्रकारको […]




TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter