विचार / अन्तर्वार्ता

बलदेवको चाहना (व्यङ्ग्य )

योगीशकृष्ण / काठमाडौँ, केहीबेर अघि मध्यरातमा बलदेवको फोन आयो । मैलो सोधेँ “ बलदेव , निद्रा परेन कि कसो ?” “हे दाजु” , उसले भन्यो “यस्तो अवस्थामा निद्रा कसरी आउँछ ।” बलदेवलाई निद्रा नपर्नुको एउटै कारण छ –राजनीति । टिकट वितरण वा बिक्री जे भनौँ त्यो त भइसक्यो । कतै गर्भनर बन्ने सपना त देख्न थालेन । […]


वाम गठबन्धन घोषणापत्र : घरघरमा बिजुली जनजनमा शेयर

काठमाडौँ, कात्तिक १८ गते । ‘घरघरमा बिजुली ः जनजनमा शेयर’ भन्ने नाराका साथ वामपन्थी गठबन्धनले ऊर्जा क्षेत्रको विकासका लागि महत्वाकांक्षी योजनाका साथ आफ्नो चुनावी घोषणापत्र तयार गरेको छ । मुलुकलाई ऊर्जा उत्पादनमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ गठबन्धनले सबै नागरिकलाई शेयरधनी बनाउने र लगानीका लागि आन्तरिक पूँजी परिचालन गर्ने कार्यक्रम तय गरेको छ । ‘नेपालको पानी […]


कम्युनिष्ट गठबन्धन लोकतन्त्रविरुद्ध : देउवा; राजनीतिक स्थिरता र समृद्धिका लागि वाम एकता : दाहाल

काठमाडौँ, कात्तिक १० गते । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्ट पार्टीको गठबन्धन लोकतन्त्र र काँग्रेसका विरुद्ध भएको बताउनुभएको छ । नेपाल तरुण दलको ६४ औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले लोकतन्त्रमाथि आइपरेको चुनौतीको सामना गर्न सम्पूर्ण तरुण एकताबद्ध भई काँग्रेसलाई विजयी गराउन लाग्नुपर्नेमा जोड दिनुभयो । लोकतन्त्रमा […]


मधेशी जनताको हित र भावनानुसार संविधान संशोधन हुन्छःप्रम

नवलपरासी, असोज १६ गते । नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश र संघीय निर्वाचन भएमा संविधानको पूर्ण कार्यान्वयन हुने र लोकतन्त्रले स्थायित्व पाउनुभएकाले यसका लागि सबै एक जुट भई लाग्नुपर्ने बताउनुभएको छ । रुपन्देहीको मझगाँवामा काँग्रेस रुपन्देहीद्वारा आज आयोजित पार्टी प्रवेश तथा आमसभालाई सम्बोधन गर्दै उहाँले ठूलो पार्टीले मात्र संविधान संशोधन गर्नसक्ने भएकाले […]


सरकारले राज्यका अंगलाई आफ्नो अनुकूलतामा हिँडाइ रहेको– अध्यक्ष केपी ओली

विराटनगर, भदौ ३१ गते । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले राज्यका अंगलाई आफ्नो अनुकूलतामा हिँडाइ रहेको आरोप लगाउनुभएको छ । विराटनगर विमानस्थलमा आज मध्याह्न पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै प्रदेश नं २ मा निर्वाचन आयोगको उपस्थित कमजोर देखिएको आरोप लगाउनुभयो । उहाँले मुलुकमा भ्रष्टाचार बढेको आरोप लगाउँदै भ्रष्टाचारको विषयमा सञ्चारकर्मीलाई आवाज उठाउन आग्रह गर्नुभयो […]


सभ्यता बचाउने र संस्कृति जोगाउने शिक्षा आवश्यक – प्रधानन्यायाधीश

काठमाडौँ, भदौ २४ गते । प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले आफूलाई परिवर्तन गर्न नचाहनेले अरुलाई रुपान्तरण र परिवर्तनको पाठ पढाउने अधिकार नरहने बताउनुभएको छ । मोर्डन कन्या मल्टिपल कलेजको १० औँ वार्षिकोत्सवको अवसरमा आज आयोजित महिलाको हक हितमा कानूनी संरचना विषयक अन्तक्र्रियामा उहाँले स्वरोजगार तुल्याउने, सभ्यतालाई बचाउने र संस्कृतिलाई जोगाउने शिक्षा अहिलेको आवश्यकता भएको उल्लेख गर्नुभयो । […]


सामुदायिक वनले हरित क्रान्तिको थालनी गरेको छ : मन्त्री गौतम; जनताको जीवनस्तर उकास्न सरकार प्रतिवद्ध : मन्त्री बस्नेत

धुलिखेल, साउन २६ गते । सिँचाइमन्त्री सञ्जयकुमार गौतमले हरित क्रान्तिको थालनी सामुदायिक वन उपभोक्ता समूहले गरेको बताउनुभएको छ । आज काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१ नाला, पाण्डेगाउँस्थित सानोवन सामुदायिक वन उपभोक्ता समूहले आयोजना गरेको ‘सामुदायिक वन राष्ट्रिय दिवस २०७४’ कार्यक्रममा उहाँले सामुदायिक वनको अवधारणा नआएको भए नेपालको हरियाली वन सकिएर जाने अवस्था रहेको बताउनुभयो । मन्त्री गौतमले […]


केन्द्र र प्रदेशको चुनाव एकैदिन सम्भव : अध्यक्ष प्रचण्ड

बुटवल, साउन २५ गते । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्र र प्रदेशको निर्वाचन एकैदिनमा गर्न सम्भव रहेको बताउनुभएको छ । पे्रस सेन्टर रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले दुवै तहको निर्वाचन मंसिरको पहिलो साताभित्र हुन सक्ने सम्भावना रहेको छ भन्नुभयो । पूर्वप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष दाहालले प्रदेश र केन्द्रको चुनाव […]


खाल्डोको उँचाइ (व्यङ्ग्य )

–योगीशकृष्ण : चिन्तनशील मुद्रामा रहेको मित्रवर बन्धुलाई सोधेँ , “कुनै नया चिन्तन चलिरहेको छ कि क्या हो ?” उसले रहस्यमय मुस्कानका साथ भन्यो , “हो , म खाल्डोको उँचाइको बारेमा चिन्तन गर्दै छु । ” “के कुरा गरेको यार ?“ उसको अज्ञानताप्रति हाँसो उठ्यो ,“ खाल्डोको पनि उँचाइ नापिन्छ र । गहिराइ पो हुन्छ ।” ऊ […]


क्षेत्र निर्धारण गर्दा जातीय ‘क्लष्टर’ भत्काउनु हुँदैन्–उपप्रधानमन्त्री गच्छदार

विराटनगर, साउन ६ गते । उपप्रधानमन्त्री विजयकुमार गच्छदारले क्षेत्र निर्धारण आयोग स्वतन्त्र रुपमा निष्पक्ष रुपमा काम गर्ने विश्वास व्यक्त गर्नुभएको छ । विराटनगर विमानस्थलमा आज पत्रकारसँग कुराकानी गर्दै उहाँले सो आयोगका अध्यक्ष तराई–मधेशको व्यक्ति भएकाले, सम्पूर्ण मधेसको प्रतिनिधित्व गरेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “क्षेत्र निर्धारणको क्रममा जातीय ‘क्लष्टर’लाई भत्काउनु हुँदैन् ।” क्षेत्र निर्धारणको काम जटिल […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter