विचार / अन्तर्वार्ता

क्रान्ति र जनमतका उपलब्धि उल्ट्याउन नियोजित षडयन्त्र भइरहेका छन् – प्रचण्ड; ‘प्रतिपक्षमा हुँदा अरुलाई अधिनायकवाद देख्ने काँग्रेसी परम्परा छ’

काठमाडौँ, साउन ७ गते । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली काँग्रेसजस्तो लोकतान्त्रिक पार्टीले अन्य कार्यसूची नपाएर प्रा डा गोविन्द केसीको पुच्छर लाग्नु विडम्बनाको विषय भएको बताउनुभएको छ । नेकपाका संस्थापक महासचिव पुष्पलालको ४०औँ स्मृति दिवसका अवसरमा नेकपा सचिवालयले आज आयोजना गरेको कार्यक्रममा अध्यक्ष दाहालले ‘दुई तिहाइको समर्थन प्राप्त सरकारलाई काम गर्न नदिन […]


बलदेवको उन्नत धान खेती (व्यङ्ग्य)

योगीशकृष्ण / आज बिहान बलदेवको फोन आयो । प्रायः सँधै राति फोन गर्ने बलदेवले बिहान फोन ग¥यो । हिजो असार १५ रोपाइँको रमाइलोमा लाग्यो होला । थकाइ लागेर फोन नगरेको हुन सक्छ । होइन रहेछ । सोधेँ “बलदेव हिजो दही च्यूरा खाइयो होला । रोपाइँ पनि भयो होला । यस पटक धान राम्रै फल्ला नि […]


जलवायु परिवर्तनले चियाको स्वाद फेरियो

काठमाडौँ, असार ३० गते । विपन्नदेखि उच्च धनी समुदायले उपभोग गर्ने चिया खेतीमा पछिल्लो समय कृषक एवं व्यवसायीको आकर्षण ह्वात्तै बढेको छ ।विशेषगरी इलाम, झापा, पाँचथर, धनकुटा, तेहथुम जिल्लामा हुने चिया खेती विस्तार भई दोलखा, नुवाकोट, रामेछाप,भोजपुर, ललितपुर लगायतका जिल्लामा समेत विस्तार हुन पुगेको छ । नेपालका १४ जिल्लामा नौ हजार २४६ कृषक/व्यवसायीले चिया खेती […]


नेकपाको नियमावली पारित

काठमाडौँ, असार २७ गते । नेपाल कम्युनिष्ट पार्टीको आजको सचिवालय बैठकले पार्टीको नियमावली पारित गरेको छ । नियमावलीलाई अन्तिमरुप दिन प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न बैठकले एकतापछिको अन्तरिम विधानबमोजिम सो नियमावली पारित गरेको हो । नियमावली पारित भएसँगै मातहतका संगठनको एकता प्रक्रिया अघि बढाउन सचिवालय बैठकले समयबद्ध कार्ययोजना बनाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो […]


सरकारलाई अधिनायकवाद भन्नु गलत – सचेतक गुरुङ

भक्तपुर, असार २६ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक देव गुरुङले सरकारले आफ्नो अधिकार प्रयोग गर्दा सरकारलाई अधिनायकवाद भन्नु गलत भएको बताउनुभएको छ । रफत सञ्चार क्लबले आज भक्तपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले जनताको विरोध गर्ने अधिकार मौलिक हक भएपनि विरोध गर्ने निश्चित स्थान तोक्नु सरकारको अधिकार भएको बताउनुभयो । उहाँले भन्नुभयो– […]


सार्वजनिक यातायात बालश्रम मुक्त

काठमाडौँ, असार २३ गते । सरकारले ‘बालश्रममुक्त यातायात अभियान, २०७५’ शुरु गरेपछि आजकाल राजधानीमा चल्ने सार्वजनिक सवारी साधनमा सहचालकका रुपमा बालकले काम गरेको कमै भेटिन्छ । निकृष्ट तथा जोखिमपूर्ण श्रम क्षेत्रका रूपमा मानिएको सार्वजनिक सवारी साधनलाई बालश्रममुक्त बनाउन केन्द्रीय बालकल्याण समिति र श्रम कार्यालय वाग्मती, टेकुलगायत संघसंस्थाको अगुवाइमा गत जेठ ७ गतेदेखि निरन्तर रुपमा सञ्चालन […]


निर्णय फिर्ता लिनुस्, मुडभेडको राजनीति अन्त्य गर्नुस्

काठमाडौँ, असार २२ गते । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा रहेको सरकारले गरेको नियुक्तिसम्बन्धी निर्णय उल्ट्याउने मन्त्रिपरिषद्को पछिल्लो निर्णय फिर्ता लिन सुझाव दिएको छ । राष्ट्रियसभाको आजको बैठकको प्रारम्भमै समय माग गरेर नेपाली काँग्रेसका सांसद जितेन्द्रनारायण देवले वर्तमान सरकारको गतिविधि र कामकारवाही प्रमुख प्रतिपक्ष दलसँग राजनीतिक मुठभेडतर्फ अग्रसर भएको देखिएको […]


जलस्रोत नीति मस्यौदा तयार

काठमाडौँ, असार २० गते । नेपालका सबै नदीका बेसिन योजना आगामी तीन वर्षभित्रमा तयार गर्ने योजनाका साथ राष्ट्रिय जलस्रोत नीतिको मस्यौदा तयार भएको छ । संविधानले निर्दिष्ट गरेका अधिकारलाई कार्यान्वयन गर्न पहिलो पटक जलस्रोतको नयाँ नीति मस्यौदा भएको हो । नदीका बेसिन योजनाले जलविद्युत्, सिँचाइ अन्य प्रयोजनका लागि के–कति कुन तरिकाबाट पानीको उपयोग गर्न सकिन्छ […]


गण्डक बाँध बनेपछि जलचर संरक्षण कठिन

चितवन, असार १९ गते । त्रिवेणीमा रहेको गण्डक बाँधका कारण नेपालमा हुर्काइएका जलचरहरु भारत जाने तर फर्किन नसक्ने हुँदा संरक्षणमा कठिनाइ भएको छ । राप्ती र नारायणी नदीमा हुर्काइएका घडियाल गोहीसँगै माछा पनि पानीको बहावका कारण भारततर्फ जाने गर्छन् तर ती जलचर बाँधका कारण फर्किन सक्दैनन् । चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काका […]


सबै मातृभाषाको सम्मान हुन्छ – मुख्यमन्त्री राउत

महेन्द्रनगर, धनुषा, असार १६ गते । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश नं २ मा बोलिने सबै मातृ भाषाको सम्मान हुने गरी प्रादेशिक भाषा नीति ल्याउने बताउनुभएको छ । भाषा आयोगद्वारा आयोजित भाषा आयोगको संवैधानिक दायित्व र प्रदेश एवं स्थानीय सरकारको बहुभाषिक कार्य प्रणाली विषयक संगोष्ठिलाई आज यहाँ सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री राउतले सबै […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter