विचार / अन्तर्वार्ता

संघीय गृहमन्त्रीसमक्ष प्रदेशका गृहमन्त्रीहरूको गुनासो : आफ्ना अधिकारहरू प्रयोग गर्न पाएनौँ

काठमाडौँ , मङ्सिर १२ गते । सातै प्रदेशका गृहमन्त्रीहरूले संघीय गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भेट गरेर सङ्घीय संसद्ले पारित गरिसकेको ऐनको मर्म र भावना अनुसार अविलम्ब प्रहरी समायोजन गरी प्रदेश सरकार मातहत ल्याउन समायोजनका लागि आवश्यक कारबाही अगाडि बढाउन आग्रह गरेका छन् । मन्त्रीहरु गंगानारायण श्रेष्ठ, मोहम्मद समिम, सन्तोष कुमार पाण्डे, कृष्ण बहादुर जि.सी., शिवराज भट्ट, […]


रविले भने– राजनीतिमा दह्रो खुट्टा टेक्न मधेस आइपुगेको छु

काठमाडौँ , मङ्सिर ०८ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आजबाट तीन दिने मधेस थालेका छन् । पार्टी सभापति लामिछानेले सांसद मनिष झालाई साथमा लिएर आठ जिल्लाको तीन दिने यात्रा थालेका हुन् । पहिलो दिन बारा र पर्सामा लामिछानेले सम्बोधन गरेका छन् । लामिछानेले पर्साको वीरञ्जगमा आज कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन […]


जनताले खोजेको र रोजेको सही पात्रबाट काम अघि बढाउन पाउनुपर्छ : ज्ञानेन्द्र शाह

काठमाडौँ , कार्तिक ०३ गते । पूर्वराजा ज्ञानेन्द्र शाहले जनताले खोजेको र रोजेको सही पात्रबाट जनहितमा गतिलो काम अघि बढाउन पाउनुपर्ने बताएका छन् । विजया दशमी २०८० को उपलक्ष्यमा सन्देश जारी गर्दै शाहले देश र जनता माथि अब कुनै प्रकारको घात हुन नहुने चाहना व्यक्त गरेका हुन् । व्यक्तिगत स्वार्थ, दलीय भागबण्डा, आपसी राजनीतिक द्वन्द्व, […]


प्रदेश संरचना खारेज गरौँ, दुई तहको सरकार बनाऔँ : कमल थापा

काठमाडौँ , असोज २७ गते ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री कमल थापाले प्रदेश संरचना खारेज गर्नुपर्ने बताएका छन् । संघीयता अन्तरगत प्रदेश संरचना मुलुकका लागि घाँडो भएकाले त्यसलाई खारेज गर्नुपर्ने उनको तर्क थियो । पार्टीद्वारा शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष थापाले वैदेशिक ऋणको भरमा कहिलेसम्म प्रदेश संरचनालाई कायम राख्ने ? […]


एमसीसी परियोजना नेपालकै प्राथमिकतामा छ : प्रधानमन्त्री

काठमाडौं, असोज १७ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमसीसी परियोजनामार्फत अगाडि बढेको आयोजना नेपालले प्राथमिकता दिएको परियोजनाभित्र परेको बताएका छन् । परियोजना कार्यान्वयनको सेलिब्रेसनका लागि एमसीए नेपालले बुधबार आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले यो परियोजनाले नेपालको अर्थतन्त्रमा ठूलो योगदान गर्ने समेत बताए । परियोजनामार्फत सडक र ऊर्जा सम्बन्धी पूर्वाधार बन्ने भन्दै उनले प्रसारणलाइनबाट […]


देशबाहिर रहेका लाखौँ युवाको भविष्य खोज्दैछु : प्रधानमन्त्री

विराटनगर, भदौ २५ गते । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैदेशिक रोजगारीमा रहेका लाखौँ युवाहरूको भविष्य खोज्न आफू गम्भीरतापूर्वक लागिरहेको बताउनुभएको छ । सोमबार विराटनगरमा समाजवादी मोर्चा नेपालको प्रदेशस्तरीय सन्देश सभा कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको हो । सन्देश सभामा प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “यो सभामा मोर्चाका […]


राष्ट्रसंघको महासभामा जलवायु परिवर्तनको मुद्दा प्रमुख हुन्छ : प्रधानमन्त्री प्रचण्ड

पोखरा, भदौ १५ गते । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिका भ्रमणको क्रममा संयुक्त राष्ट्रसंघको महासभामा नेपालले जलवायु परिवर्तनका कारण नेपाल लगायत तेस्रो मुलुकले भोग्नुपरेका समस्याबारे प्रमुख रूपले कुरा उठाउने बताउनुभएको छ। शुक्रबार दिउँसो पोखरामा आयोजित समाजवादी मोर्चा नेपालको सन्देश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले जलवायु परिवर्तन नेपालको मात्रै […]


सरकार सुशासन, समाजवाद र समृद्धिको यात्रामा अघि बढेको छः प्रधानमन्त्री प्रचण्ड

दिपकप्रसाद गौतम / वीरगञ्ज, भदौ ८ गते। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकार सुशासन, समाजवाद र समृद्धिको यात्रामा अघि बढेको बताउनुभएको छ। वीरगञ्जमा सम्पन्न समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो। प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘‘सरकार सुशासन, समाजवाद र समृद्धिको यात्रामा अघि बढेको छ। अब यसबाट सरकार पछि हट्दैन।” उहाँले पुराना एजेण्डा र पुरानो […]


खाद्य असुरक्षाविरुद्धको लडाइँ लड्नुपर्ने अवस्था छ : प्रधानमन्त्री

काठमाडौं, साउन ९ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोक र खाद्य असुरक्षाविरुद्धको लडाइँ अझै दृढताका साथ लड्नुपर्ने बताउनुभएको छ । उहाँले हाम्रो खाद्य प्रणालीमा परिवर्तन गर्नुपनि भोकविरुद्धको लड्ने अस्त्र भएको धारणा राख्नुभएको छ । संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठनको मुख्यालय इटालीको रोममा आयोजना भएको ‘युनाटेड नेसन्स् फूड सिस्टम–२०२३ स्टकिङ मोमेन्ट’लाई आज (मङ्गलबार) […]


दिगो शान्ति र स्थायित्वका लागि एकजुट हुनुपर्छ : सभापति देउवा

जयकृष्ण यादव / इनरुवा, साउन ६ गते । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले देशमा अझै पनि दिगो शान्ति र स्थायित्वका लागि पार्टी एक ढिक्का हुनुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । सुनसरीको इनरुवामा शनिबार ४१ औं वीपी स्मृति दिवस तथा काँग्रेस सुनसरीको जिल्ला सम्मेलनमा उहाँले सो कुरा बताउनुभएको हो । दिगो शान्ति र राजनीतिक स्थायित्वका लागि […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter