
काठमाडौँ, पुस १७ गते । नेपालमा होटल तथा रेष्टुरेन्टको संख्या १ लाख ४० हजार भन्दा माथि पुगेको छ । राष्ट्रिय तथ्यांक कार्यालयले गरेको राष्ट्रिय होटल तथा रेष्टुरेन्ट सर्भेक्षणले यो अवस्था देखाएको हो । कार्यालयले आर्थिक वर्ष २०७९/८० मा गरेको उक्त सर्भेक्षणमा कुल १ लाख ४१ हजार २२३ वटा आवास तथा भोजन सेवासँग सम्वन्धित प्रतिष्ठानहरु रहेको […]

काठमाडौँ , पुस १६ गते । सन् २०२४ को नोभेम्बरसम्म नेपालका तीन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४४ लाख ४९ हजार १३३ जना अन्तर्राष्ट्रिय हवाई यात्रुले यात्रा गरेका छन् । मंगलबार काठमाडौँमा नेपाल नागरिक उड्डयन प्राधिकरणको २६ औँ वार्षिकोत्सवको उपलक्ष्यमा प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले सो तथ्याङ्क प्रस्तुत गरेका हुन् । प्राधिकरणको वार्षिक प्रगति विवरण प्रस्तुत गर्दै महानिर्देशक […]

काठमाडौँ, पुस १६ गते । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको छ भने हवाई इन्धनको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको आजको बैठकले मङ्गलबार मध्यरातदेखि लागू हुने गरी पेट्रोलको साविकको बिक्री मूल्यमा प्रतिलिटल रु एक र डिजेलको मूल्यमा प्रतिलिटर रु दुई बढाएको हो । निगमले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर रु दुई र […]

काठमाडौँ, पुस १५ गते । विभिन्न राजनीतिक दलका नेता एवं विज्ञहरुले बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) परियोजना नेपाल र चीनको बृहत्तर हित र आर्थिक विकासका दृष्टिकोणले महत्त्वपूर्ण भएको बताउनुभएको छ । बिआरआईले दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउनुका साथै मुलुकको आर्थिक विकास र क्षेत्रीय साझेदारितालाई फराकिलो बनाउने उहाँहरुको विश्वास छ । साथै बिआरआईबारेका भ्रम चिर्दै […]

काठमाडौँ, पुस १५ गते । उपराष्ट्रपति रामसहायप्रसाद यादवले शिक्षालाई साक्षरतामा मात्रै सीमित नराखी श्रम, रोजगारी र देशभक्तिसँग जोड्नुपर्ने बताएका छन् । सोमबार उदयपुर चौदण्डीगढी नगरपालिका–८ स्थित सरस्वती मावि सावाको स्वर्ण जयन्ती समारोहलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । उपराष्ट्रपति यादवले पछिल्लो समय बदलिँदो विश्व परिवेश र प्रविधि युग अनुरूप शिक्षा प्रणाली, पाठ्यक्रम, पाठ्यपुस्तक, […]

काठमाडौँ, पुस १४ गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले मिसन–२०२६ को लक्ष्य विशेष प्रशिक्षणमा रहेका खेलाडीबाट पूरा हुने विश्वास व्यक्त गर्नुभएको छ । राखेपअन्तर्गत राष्ट्रिय टिम तयारीको व्यवस्थापनमा भएको विशेष प्रशिक्षणअन्तर्गत एन्टी डोपिङ र खेल पोषण कक्षाको समापन कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै सदस्यसचिव घिसिङले भन्नुभयो, ‘‘१९औँ सियाली खेलकुद सम्पन्न भए […]

भारत / पुस १४ गते । भारतको महाराष्ट्र राज्यको पुणे सहरमा आयोजित अन्तर्राष्ट्रिय खुला कराते च्याम्पियनसिपको उपाधि नेपालले जितेको छ । पुणेस्थित खेलकुद विभाग केन्द्रमा सम्पन्न प्रतियोगितामा नेपालले विभिन्न उमेर र तौल समूहमा गरी १७ स्वर्ण पदक जितेर उपाधि हासिल गरेको हो । नेपालका तर्फबाट विभिन्न उमेर र तौल समूहमा प्रतिस्पर्धा गरेका खेलाडीले पाँच रजत […]

काठमाडौँ, पुस १३ गते। प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपाली शान्तिपूर्ण, सम्मानित, समृद्ध र सुखी रूपमा बाँच्न पाउने अवस्था सृजनाका लागि प्राप्त गरेको ज्ञानको प्रयोग गर्न दीक्षित विद्यार्थीलाई आग्रह गर्नुभएको छ । त्रिभुवन विश्वविद्यालयद्वारा आज दरशथ रङ्गशालामा आयोजित ५० औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै विश्वविद्यालयलका कुलपति ओलीले समाजलाई लोकतान्त्रिक, सुसंस्कृत र इमानदारपूर्ण बनाउन र विद्वान […]

राजु लामिछाने / रुकुमपश्चिम, पुस १३ गते। रुकुमपश्चिमको सानीभेरी गाउँपालिका–१ का निर्मला बुढा पुनले एक घण्टा टाढाबाट गाग्रीमा पानी बोक्नुपर्ने बाध्यता हटेको छ। अहिले उहाँको घरमै मिटरसहितको धारा जडान भएको छ। धाराको पानी करेसाबारी र वस्तुभाइलाई समेत उपभोग गर्नमा सहज भएपछि उहाँ खुशी हुनुहुन्छ। भूकम्पपीडित पुनको घर छेउमै व्यवस्थित शौचालय बनेको छ। सरसफाई र स्वच्छता […]

अमरराज नहर्की / तनहुँ, पुस १२ गते । तनहुँको म्याग्दे गाउँपालिका –२ जामुने निवासी सुकनारायण श्रेष्ठ राजनीति छोडेर कृषि पेसामा रमाइँरहनुभएको छ । किसान श्रेष्ठ कृषि पेसाबाट नाम र दाम दुवै कमाउनुभएको छ । उहाँले सुन्तला बेचेर वार्षिक ७० लाख रुपियाँसम्म आम्दानी गर्दै आउनुभएको छ । श्रेष्ठले म्याग्दे गाउँपालिका –२ उमाचोकमा व्यावसायिक रूपमा सुन्तला खेती […]