
काठमाडौँ, पुस ७ गते। नेपाल सरकारलाई विकास साझेदारबाट प्राप्त हुने वैदेशिक सहायतामा उल्लेख्य परिमाणमा वृद्धि भएको छ। चालू आर्थिक वर्ष २०८१/८२ को पुस पहिलो हप्तासम्ममा २ खर्ब २ अर्ब ४० करोड रुपियाँ बराबरको वैदेशिक सहायताको नयाँ प्रतिवद्धता प्राप्त भएको हो। गत आर्थिक वर्ष २०८०/८१ को सोही अवधिमा प्राप्त प्रतिवद्धता ५९ अर्ब ९८ करोड रुपैयाँको तुलनामा […]

काठमाडौं, पुस ६ गते । चालू आर्थिक वर्ष (आव) २०८१/८२ को पहिलो ५ महिनामा १३ अर्ब चार करोड रुपियाँको विद्युत् भारततर्फ निर्यात भएको छ । नेपाल विद्युत प्राधिकरणले चालू आवको साउन, भदौ असोज, कात्तिक र मङ्सिरमा देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको एक अर्ब ७६ करोड युनिट विद्युत् भारततर्फ निर्यात गरेको छ । चार महिनामा […]

काठमाडौं, पुस ६ गते । स्थानीय स्तरमा उपलब्ध स्रोत साधनको अधिकतम प्रयोग प्रयोग गरी स्वदेशी वस्तुको उत्पादन, रोजगारी सिर्जना, आयात प्रतिस्थापन तथा उत्पादित वस्तुको बजार प्रवर्धन गर्न सरकारले ‘सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोगसम्बन्धी निर्देशिका, २०८१’ तयार गरेको छ । औद्योगिक व्यवसाय ऐन २०७६ को दफा ६८ को प्रयोग गरी यो निर्देशिका तयार गरिएको उद्योग वाणिज्य […]

काठमाडौँ, पुस ५ गते । सर्वोच्च अदालतको आदेशपछि मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन् । व्यापारीलाई धम्क्याएको आरोपमा प्रहरी हिरासतमा रहेका उनलाई शुक्रबार सर्वोच्चले रिहा गर्न आदेश दिएको थियो । सर्वोच्चको आदेशपछि प्रसाईंलाई रिहा गरिएको प्रहरीले जनाएको छ । दोस्रो पटक दर्ता भएको बन्दी प्रत्यक्षीकरणको रिटमा बन्दीसहित उपस्थित गराउने आदेश भएपछि शुक्रबार उनलाई सर्वोच्चमा […]

काठमाडौँ, पुस ५ गते। काठमाडौँ महानगरपालिकाले प्रमख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई कारबाहीका लागि सिफरिस गरेको छ। महानगरले शुक्रबार आकस्मिक पत्रकार सम्मेलन गर्दै काठमाडौँ टावरको १२ तल्लाको नक्सा पास प्रक्रिया अगाडि बढाउनुपर्नेमा गुरागाईंले प्रक्रिया नै पूरा नगरी १९ तल्लाको नक्सा स्वीकृति दिएको पाइएपछि कारबारहीको सिफरिस गरेको जनाएको छ। पत्रकार सम्मेलनमा महानगरका प्रवक्ता नवीन माननन्धरले महानगरको मापदण्डविपरित […]

काठमाडौं, पुस ४ गते । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा बिहीबार भारतको नयाँ दिल्ली पुग्नुभएको छ । उहाँ युरोपका केही कार्यक्रममा सहभागी भई बुधबार जर्मनीको बर्लिनबाट नयाँ दिल्लीतर्फ लाग्नुभएको हो। उहाँले शुक्रबार नयाँ दिल्लीमा आयोजना हुने नेपाल–भारत आर्थिक सम्मेलनलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्नुहुने जानकारी परराष्ट्रमन्त्रीको सचिवालयले जनाएको छ । त्यसपछि मन्त्री डा राणाले नयाँ […]

सर्लाही, पुस ४ गते । सर्लाहीका तीन वटा पालिकामा उखु सङ्कलनका लागि तौल काँटा राख्न निषेध गरिएको छ । दक्षिणवर्ती भेगस्थित बलरा नगरपालिका, गोडैता नगरपालिका र रामनगर गाउँपालिकाले आफ्नो पालिकाभित्र चिनी उद्योगलाई तौल काँटा राखेर उखु सङ्कलन गर्न रोक लगाएका छन् । चिनी मिलले उखु तौल काँटा राख्दा किसान ठगिने तर बिचौलिया भने मालामाल हुने […]

काठमाडौँ , पुस २ गते । राज्य व्यवस्था तथा सुशासन समिति अन्तर्गतको उपसमितिले सरकारको नीतिगत निर्णयको विषयमा व्याख्यासहितको प्रतिवेदन तयार गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न ल्याइएको विधेयकका सम्बन्धमा उपसमितिको मंगलबार बसेको बैठकले विधेयकमाथि दफावार छलफल गरेर प्रतिवेदन तयार पारेको छ । नेपाली कांग्रेसका सांसद हृदयराम थानी नेतृत्वमा रहेको […]

काठमाडौं, पुस २ गते । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले लैङ्गिक एवं यौनिकलगायतका अल्पसङ्ख्यकहरुको अधिकारका क्षेत्रमा नेपाल विश्वमा नै अग्रणी तथा विश्वकै एक उदाहरणीय रहेको बताउनु भएको छ । जर्मनीको बर्लिनमा मङ्गलबार आयोजित समान अधिकारसम्बन्धी सम्मेलनको ‘राष्ट्रिय कानून र नीतिहरूमा समावेशिता’ विषयक प्यानललाई सम्बोधन गर्दै उहाँले नेपालले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समूह (एलजिबिटी) व्यक्तिहरूको समावेशीकरण […]

काठमाडौँ, पुस १ गते । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले हालै प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा नेपाल र चीनबीच राँगाको मासु निर्यात गर्ने सम्बन्धी प्रोटोकल सम्झौता सम्पन्न भएको बताउनु भएको छ। उहाँले नेपालको हिमाल तथा पहाडी क्षेत्रमा जडिबुटी तथा औषधीजन्य वनस्पति खाएर हुर्केका पशुपन्छीको मासुको माग विदेशमा बढेको बताउनु भएको छ यो नेपाल चीनबिच पशुजन्य […]