
काठमाडौं, पुस १ गते । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालका हिमाली क्षेत्रमा जलवायु परिवर्तनको अवस्था, यसको संवेदनशीलता र जोखिमबारे थप अनुसन्धान गर्न विश्वका अनुसन्धान संस्थाहरुलाई आग्रह गर्नुभएको छ । जर्मनीको पोट्सडाममा अवस्थित जलवायुसम्बन्धी अनुसन्धान संस्थामा सोमबार भएको अन्तरक्रियामा उहाँले भन्नुभयो “जलवायु परिवर्तनको असरका कारण नेपाल पछिल्लो समय के कसरी प्रभावित भएको छ र कस्तो […]

काठमाडौं, मङ्सिर ३० गते । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले विद्युतीय सवारीसाधन आजको आवश्यकता र माग भएको बताउनुभएको छ । आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । मन्त्री दाहालले विद्युतीय सवारी साधनको जोडमा मन्त्रालय लागिपरेको उल्लेख गर्नुभयो । उहाँले विद्युतीय सवारीसाधन मात्रै पूरा समाधान नभएको पनि उल्लेख गर्नुभयो । उहाँले […]

दाङ, मङ्सिर ३० गते । दाङस्थित कारागारमा रहेका कैदीबन्दीले गलैँचा, मुढा बनाएर आयआजर्न गर्दै आएका छन्भने केहीले परिवारलाई खर्चसमत पठाउने गरेका छन् । घोराही कारागारका प्रमुख लक्ष्मणसिंह राठौरका अनुसार एक जना बन्दीले एउटा गलैँचा बुनेबवापत रु पाँचदेखि आठ सय र मुढा बनाएर मासिक रु चारदेखि पाँच हजारसम्म आम्दानी गर्ने गरेका छन् । उनीहरूले माछामार्ने जाल, […]

काठमाडौं, मंसिर २९ गते । उपराष्ट्रपति रामसहायप्रसाद यादवले काठमाडौं महानगरपालिकालाई सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक सम्पदाले भरिपूर्ण सहर भएको बताउनुभएको छ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संघीय राजधानी तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय चासोको केन्द्रबिन्दु भएको सहरको रूपमा पनि विशेष महत्व रहेको बताउनुभयो । उहाँले काठमाडौंभित्र विश्व सम्पदा क्षेत्रमा समेटिएका सांस्कृतिक वैभव, मौलिक पहिचान र रैथाने रहनसहन, […]

काठमाडौं, मङ्सिर २९ गते । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्र चलायमान बनाउन सबैले जिम्मेवारी वहन गर्न जरुरी रहेको बताउनुभएको छ । शनिबार काठमाडौंमा नेपाल आर्थिक पत्रकार संघको १५ औं साधारण सभामा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारले नीति ल्याएर मात्रै अर्थतन्त्र चलायमान नबन्ने भन्दै सबै पक्ष जिम्मेवार हिसावबाट अघि बढ्न […]

काठमाडौँ, मङ्सिर २८ गते। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले शुक्रबार बेल्जियमका विदेशमन्त्री बर्नार्ड क्विन्टिनसँग ब्रसेल्समा भेटवार्ता गर्नुभएको छ। युरोपेली मामिला एवं वैदेशिक व्यापार सम्बन्धी मन्त्री समेत रहनुभएका बर्नार्डसँगको सो भेटमा नेपाल बेल्जियम सम्बन्ध, आपसी हित र आगामी दिनमा गर्न सकिने सहकार्य लगायतका विषयमा कुराकानी भएको थियो। भेटका क्रममा मन्त्री डा. देउवाले नेपाल आगामी सन् २०२६ […]

झापा, मङ्सिर २८ गते । जिल्लामा यसवर्ष नौ सय ३७ दशमलव ६७ मेट्रिक टन कोदो उत्पादन भएको छ । कृषि ज्ञान केन्द्र झापाका अनुसार सात सय २६ दशमलव ८८ हेक्टर क्षेत्रफलमा उक्त परिणाममा कोदो उत्पादन भएको हो । यस वर्ष प्रति हेक्टर एक दशमलव २९ मेट्रिक टनका दरले कोदो उत्पादन भएको ज्ञान केन्द्रका सूचना अधिकारी […]

काठमाडौं, मङसिर २७ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले नागरिकको योगदानमा आधारित स्वास्थ्य बिमा कार्यक्रम आवश्यक भएको बताउनुभएको छ । स्वास्थ्य सर्वव्यापी पहुँच दिवसको अवसरमा मन्त्री पौडेलले स्वास्थ्य सर्वव्यापी पहुँचमा पुर्याउन नागरिक योगदानमा आधारित सुरक्षित कोषसहितको स्वास्थ्य बिमा कार्यक्रम आवश्यक भएको बताउनुभएको हो । उहाँले भन्नुभयो, “जटिल रोग लागेकालाई एक लाखले पुग्दैन । […]

काठमाडौँ, मङ्सिर २७ गते। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग युरोपियन युनियनका कमिसनर फर क्लाइमेट एक्सन ओपके होस्त्राले भेटवार्ता गर्नुभएको छ। बेल्जियमको ब्रसेल्समा आज भएको सो भेटका अवसरमा नेपाल–युरोपियन युनियन सम्बन्ध, नेपालको आर्थिक सामाजिक क्षेत्रमा युरोपियन युनियनले पुर्याउँदै आएको सहयोग र आगामी दिनमा निरन्तर रहने साझेदारिताका बारेमा कुराकानी भएको थियो। नेपाल र युरोपियन युनियनले यस वर्ष […]

डडेलधुरा, मङ्सिर २६ गते । अमरगढी नगरपालिका–२, मौरडाका खेमराज जोशीले छ वर्षअघि दुई लाख ५० हजार रुपियाँ लगानी गरेर व्यावसायिक च्याउ खेती सुरु गर्नुभएको थियो । उहाँले वार्षिक च्याउ बिक्री गरेर वार्षिक २० देखि २५ लाख रुपियाँसम्म आम्दानी गर्दै आउनुभएको छ । देशमा रोजगारी नभएको भन्दै कतिपय युवा रोजगारीको खोजीमा बिदेसिएका बेला जोशीले वैदेशिक रोजगारी छाडेर कृषि […]