
लुम्बिनी , मङ्सिर २० गते । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कानुन संशोधन गरेर भए पनि सरकारले लगानीको वातावरण बनाउने बताउनु भएको छ । भैरहवामा बिहीबारदेखि सुरु भएको नवौँ लुम्बिनी राष्ट्रिय महोत्सवको उद्घाटन गर्दै उहाँले मुलुकको आर्थिक अवस्था पहिलेको भन्दा सुध्रिँदै गएकाले व्यवसायीलाई निराश नहुन आग्रह गर्नुभयो । “निजी क्षेत्रको मनोबल बढ्ने गरी काम गर्न […]

काठमाडौँ, मङ्सिर १९ गते। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले युवालाई स्वदेशमै रहने वातावरण मिलाउन शिक्षालाई सीप तथा रोजगारसँग जोड्न आवश्यक रहेको बताउनुभएको छ। नेपाली कांग्रेस, शिक्षा विभागले सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा बुधबार आयोजना गरेको शिक्षा नीति बहसमा बोल्नुहुँदै उहाँले सो कुरा बताउनुभयो। सभापति देउवाले भन्नुभयो, “नेपाललाई नै विदेशी विद्यार्थीका लागि उच्च शिक्षाको गन्तव्यको मुलुक बनाउनुपर्ने, […]

काठमाडौँ, मङ्सिर १९ गते । अपाङ्गता भएका व्यक्तिहरूको सन्दर्भमा प्रकाशित समाचार, लेख, रचनाहरूमध्ये ४० प्रतिशतमा शब्दहरू अपाङ्गतामैत्री नभएको सर्वेक्षणले देखाएको छ । बौद्धिक अपाङ्गता अभिभावक सङ्घले सन् २०२३ जनवरीदेखि डिसेम्बर महिनासम्म विभिन्न राष्ट्रिय दैनिकहरूलगायत सञ्चार माध्यममा प्रकाशित प्रसारित समाचार र लेख रचनाहरूको सम्बन्धमा गरेको अनुगमन सर्वेक्षण रिपोर्टमा ६० प्रतिशत अपाङ्गतामैत्री र ४० प्रतिशतमा अपाङ्गतामैत्री शब्दावली […]

काठमाडौं / मङ्सिर १८ गते । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले अपाङ्गता भएका व्यक्तिहरूलाई आवश्यक पर्ने सहायता सामग्री सरकारले उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । मङ्गलबार अपाङ्गता भएका व्यक्तिहरूको ३३ औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो । उहाँले भन्नुभयो, ‘‘अपाङ्गता भएका नागरिकको क्षेत्रमा […]

काठमाडौँ, मङ्सिर १८ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आठ हजार १६६.८ मेट्रिक टन (८१ हजार ६६८ क्विन्टल) धान खरिद गरेको छ । कम्पनीले छ जिल्लाबाट शनिबारसम्म उक्त परिमाणमा धान खरिद गरेको हो । कम्पनीले चालु आर्थिक वर्ष २०८१/८२ मा ७३ हजार ६२० मेट्रिक टन धान खरिद गर्ने लक्ष्य राखेको छ । कम्पनीका […]

काठमाडौँ, मङ्सिर १७ गते । राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालमा नौ लाख ९७ हजार ६६३ एकल महिला रहेको जनाएको छ । सोमबार कार्यालयले राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कबाट छुट्टै अध्ययन गरी निकालिएको एकल महिला तथ्याङ्क सार्वजनिक गरेको हो । तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सबैभन्दा बढी एकल महिलामा बिधुवा महिला बढी रहेको देखाएको छ ।नेपालको ६६ […]

काठमाडौँ , मङ्सिर १७ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसँगको बयान सकिएको छ । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनबारे अनुसन्धान अधिकृतहरू र सरकारी वकिलले तीन दिनमा उनको बयान पुरा गरेका हुन् । सोमबार साँझ उनको बयान पुरा भएको अनुसन्धानमा संलग्न जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले रातोपाटीलाई बताए । […]

काठमाडौँ, मंसिर १६ गते । सरकारले उखुको समर्थन मूल्य प्रतिक्विन्टल ५८५ रुपियाँ तोकेको छ । आइतबार सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्रीपरिषद्ले गरेका निर्णय सार्वजनिक गर्नुभएको हो । मन्त्री गुरुङले मङ्सिर १३ गते बसेको मन्त्रीपरिषद् बैठकले मङ्सिर १७ देखि २० गतेसम्म प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने […]

कावासोती, मङ्सिर १६ गते । नवलपरासी पूर्वमा दुधको मुल्य बढे पनि दुघ उत्पादक कृषक भने खुसी छैनन् । मूल्य बढाउने माग गर्दै जिल्ला दुग्ध उत्पादक समितिले कहिले सडकमा दुध पोखेर त, कहिले डेरीलाई दुध नदिने गरी आन्दोलन गर्थे । यही मङ्सिर १ देखि भैँसीको दुघमा प्रतिलिटर १० रुपियाँ बढाइयो तर पनि कृषकलाई उत्साह थपेको छैन […]

काठमाडौँ, मङ्सिर १५ गते। भोलि हुने स्थानीय तहको उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ। निर्वाचन आयोगले आइतबार बिहान ७ देखि साँझ ५ बजेसम्म मतदान हुने र निर्वाचन हुने वडामा मतदाता नामावलीमा आफ्नो नाम समावेश भएको मतदान केन्द्रमा उपस्थित भई रोजेको उम्मेदवारको निर्वाचन चिन्हमा निर्धक्क भई मतदान गर्न सम्पूर्ण मतदातालाई आग्रह गरेको छ। मतदातालाई मताधिकारको उपयोग […]