
काठमाडौं, पुस २५ गते । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ । आयोगले आइतबार विज्ञप्तीमार्फत अन्तिम नामावली प्रकाशनसँगै राष्ट्रियसभा निर्वाचनका लागि चुनाव चिह्न प्रदान गरेको जानकारी गराएको छ । राष्ट्रियसभा निर्वाचनमा नेपाली काँग्रेसलाई रुख, नेकपा (माओवादी केन्द्र)लाई गोलाकारभित्र हँसिया हथौडा, नेकपा (एकीकृत समाजवादी)लाई कलम, जनता समाजवादी पार्टीलाई ढल्केको छाता, […]

काठमाडौं, पुस २५ गते । पछिल्लो २४ घण्टामा ८४१ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । आठ हजार ८४८ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा ८४१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, तीन हजार ७८४ जनामा एन्टीजेन परीक्षण गरिएकोमा ३२६ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना […]

गोकर्ण दयाल / बैतडी , पुस २४गते । खेती किसानी गर्न आकासको पानीको भर पर्दा सधैं बाँझो रहने खेतमा अहिले महाकालीको पानी कलकल बगिरहेको छ । बाँझो खेतमा महिलाले मेहनत गरेर गोठेमलको प्रयोग गरेपछि पहिलो पटक ४० क्विन्टल आलु फलेको छ । स्थानीय सरकारले महाकालीको पानी तान्न १५ लाख रुपैयाँको लिफ्ट सिँचाई योजना बनाएपछि बैतडीको […]

काठमाडौं, पुस २४ गते । पछिल्लो २४ घण्टामा ६९६ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । नौ हजार ७६२ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा ६९६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, तीन हजार ५०२ जनामा एन्टीजेन परीक्षण गरिएकोमा २४८ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना […]

बाबुराम देवकोटा / सिन्धुली, पुस २३ गते । जुनारको मुख्य क्षेत्रका रूपमा परिचय बनाएको सिन्धुलीको महाभारत उत्तरतर्फका बगैँचा यतिखेर पहेँलपुर बनेका छन् । जुनार बिक्रीबाट बर्सेनि किसानले दुई लाखदेखि २० लाख रुपियाँसम्म आम्दानी लिने गरेका छन् । सिन्धुली जिल्लामै सबैभन्दा बढी गोलन्जोर गाउँपालिका–४ को माझकुभिण्डे र आलेगाउँमा जुनार उत्पादन हुने गरेको छ । यो वर्ष […]

काठमाडौं, पुस २३ गते । शुक्रबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पाँच दलीय गठबन्धन समन्वय समितिको बैठक सकिएको छ । सरकार सञ्चालन समन्वय समितिको बैठकमा राष्ट्रिय साभ निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारलाई विजयी गराउने संयन्त्रलाई प्रभावकारी बनाउने र अवरुद्ध संघीय संसद् बैठक सञ्चालनको विषयमा छलफल भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाका प्रमुख निजी सचिव भानु […]

काठमाडौँ, पुस २२ गते । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा मन्त्रालयद्वारा सहसचिव होमप्रसाद लुइँटेलको संयोजकत्वमा नारायणहिटी दरबार सङ्ग्रहालयभित्र रेष्टुरेन्टलगायतका व्यवसाय गर्न बतास समूहलाई दिने हालसम्मका निर्णय प्रक्रियाका बारेमा छानबिन गर्न समिति गठन गरिएको छ । आज गठन गरिएको उक्त समितिमा कर्मचारी प्रशासन शाखाका उपसचिव टेकनारायण पौडेल, आर्थिक व्यवस्थापन महाशाखाका लेखा नियन्त्रक सूर्यमणि […]

काठमाडौं, पुस २२ गते । पछिल्लो २४ घण्टामा ४७८ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । सात हजार २०९ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा ४७८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, तीन हजार ५५२ जनामा एन्टीजेन परीक्षण गरिएकोमा ६२ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना […]

काठमाडौं, पुस २२ गते । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण रद्द भएको छ । भारतमा कोरोना सङ्क्रमण बढेकाले प्रधानमन्त्रीको भ्रमण रद्द भएको हो । प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा उहाँको गृहराज्य गुजरातमा यही पुस २६ देखि २८ गतेसम्म आयोजना हुने भनिएको ‘गुञ्जायमान गुजरात’ विषयको विश्वस्तरीय सम्मेलनलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम थियो । “अहिलेको असहज परिस्थितिका कारण […]

काठमाडौं, पुस २१ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले जनतालाई दिने सेवा छिटो छरितो हुन नसकेको बताउनुभएको छ । बुधबार मन्त्री र सचिवसँगको छलफलमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताउनुभएको हो । राष्ट्रिय गौरवका आयोजनाको काम भए पनि जनतालाई छिटो सेवा दिन नसकेको उहाँले बताउनुभएको हो । ‘राष्ट्रिय गौरवका योजनाको काम भइराखेको छ’, प्रधानमन्त्री देउवाले भन्नुभयो, […]