समाचार

राष्ट्रियसभा निर्वाचन : कोरोना सङ्क्रमितले मतदान गर्न पाउने

काठमाडौं, माघ ५ गते । राष्ट्रियसभा निर्वाचनमा कोरोना सङ्क्रमित मतदाताले पनि मतदान गर्न पाउने भएका छन् । निर्वाचन आयोगले बुधबार १९ बुँदे स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड सार्वजनिक गर्दै यही माघ १२ गते हुन लागेको राष्ट्रियसभा निर्वाचनमा कोरोना सङ्क्रमितले पनि मतदान गर्न पाउने व्यवस्था गरेको हो । आयोगका सहायक प्रवक्ता कोमलप्रसाद धमलाले सङ्क्रमित मतदाताबाट अर्को व्यक्तिलाई नसर्ने […]


२४ घण्टा नौ हजार ५०२ नयाँ सङ्क्रमित थपिए, चार जनाको मृत्यु; सरकारले पीसीआरको शुल्क घटायो

काठमाडौं, माघ ५ गते । नेपालमा कोरोना सङ्क्रमण हालसम्मकै धेरै पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा नौ हजार ५०२ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । १८ हजार ७८ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा नौ हजार ५०२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, पाँच हजार ३३१ जनामा एन्टीजेन […]


पर्यटनको सम्भावना रहेको देवघाट

वसन्त पराजुली / भरतपुर, माघ ३ गते । देवघाट महत्त्वपूर्ण धार्मिक स्थल हो । माघे सङ्क्रान्तिका दिन त यहाँ ठूलो मेला नै लाग्छ तर यस क्षेत्रको पूर्वाधार विकास र पर्यटन प्रवद्र्धन तथा प्रचारप्रसारमा पर्याप्त काम काम हुन सकेको छैन । कोरोना महामारी बढेपछि यस पटकको मकर सङ्क्रान्तिमा देवघाटमा भेला नहुन स्थानीय प्रशासनले रोक नै लगायो […]


२४ घण्टामा थप आठ हजार ७३० जना सङ्क्रमित, एकको मृत्यु

काठमाडौं, माघ ४ गते । पछिल्लो २४ घण्टामा आठ हजार ७३० जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । १७ हजार ८७२ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा आठ हजार ७३० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, चार हजार ९५६ जनामा एन्टीजेन परीक्षण गरिएकोमा एक हजार ५२८ जनामा कोरोना सङ्क्रमण देखिएको […]


बाख्रापालनबाट राम्रो आम्दानी

बाबुराम शर्मा / चरीकोट, माघ ३ गते । दोलखाको तामाकोसी गाउँपालिका–२, झुलेका कमल कार्कीले नोकरी र विदेशको हन्डरबाट ठक्कर खाएर गरेको बाख्रापालनले राम्रो आम्दानी दिन थालेको छ । बाबुबाजेका पालादेखि गर्दै आएको स्थानीय जातका बाख्रापालनलाई परिवर्तन गरी उन्नत जातका बाख्रापालन गरेपछि वार्षिक छ लाख रुपियाँ कमाइ हुन थालेको किसान कार्कीले बताउनुभयो । उहाँका अनुसार दुई […]


पाँच हजार ७४७ जना नयाँ सङ्क्रमित थप, तीनको मृत्यु; ३० हजार ८७७ जना सक्रिय सङ्क्रमित

काठमाडौं, माघ ३ गते । पछिल्लो २४ घण्टामा पाँच हजार ७४७ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । १४ हजार १४ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा पाँच हजार ७४७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, तीन हजार ४५१ जनामा एन्टीजेन परीक्षण गरिएकोमा ९८७ जनामा कोरोना सङ्क्रमण देखिएको छ । […]


नवीकरणीय ऊर्जामा लगानी गर्न मन्त्री भुसालको आग्रह

काठमाडौं, माघ २ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नेपालमा नवीकरणीय ऊर्जामा लगानी गर्न आह्वान गर्नुभएको छ । साथै उहाँले नवीकरणीय ऊर्जा क्षेत्रमा सहकार्य गरेर लाभान्वित हुन विश्व समुदायलाई आग्रह गर्नुभएको छ । युनाइटेड अरब इमिरेट्सको अबुधावीमा जारी अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जासम्बन्धी संस्था (आइरिना)को १२औँ सम्मेलनलाई आइतबार सम्बोधन गर्दै मन्त्री भुसालले कम लागतमा उन्नत, […]


२४ घण्टामा थप ४५ सय ३४ जनामा कोरोना पुष्टि, तीनको मृत्यु

काठमाडौं, माघ २ गते । पछिल्लो २४ घण्टामा नेपालमा ४ हजार ५३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ५६२ जनाको पीसीआर परीक्षण गर्दा ४ हजार ५३४ जनामा संक्रमण पुष्टि भएको हो । त्यसैगरी २५ सय ६९ जनाको एन्टीजेन परीक्षण गर्दा ४२७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको […]


नेपालबाट मानवीय सहायता सामग्री अफगानिस्तान पठाइँदै

काठमाडौँ, माघ १ गते । सरकारले नेपाली जनताका तर्फबाट अफगानिस्तानका नागरिकहरुका लागि मानवीय सहायता सामग्री पठाउने भएको छ । आइतबार बिहान हिमालय एअरलाइन्सको विशेष विमानबाट औषधिलगायत सहायता सामग्री काबुल पठाइने परराष्ट्र मन्त्रालयले जनाएको छ । विमानस्थलमा भोलि हुने पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री डा नारायण खड्काले मानवीय सहायता सम्बन्धमा विस्तृत जानकारी दिनुहुने कार्यक्रम छ । रासस


२४ घण्टामा थपिए तीन हजार सात सय संक्रमित : चार जनाको मृत्यु

काठमाडौं, माघ १ गते । पछिल्लो २४ घण्टामा नेपालमा ३७ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ४१२ जनाको पीसीआर परीक्षण गर्दा ३७ सय ३ जनामा संक्रमण पुष्टि भएको हो । त्यसैगरी ४१ सय ४४ जनाको एन्टीजेन परीक्षण गर्दा ९३३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter