समाचार

बदाम उत्पादन गर्ने कृषकलाई प्रोत्साहन रकम

राजकुमार भट्टराई / खोटाङ, कात्तिक ६ गते । पाँच मुरी बदाम फलाउने कृषकलाई खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले प्रोत्साहन रकम दिने भएको छ । कृषकलाई बदाम उत्पादनमा अझै हौसला मिलोस् भनेर नगरपालिकाले उत्पादनमा आधारित प्रोत्साहन रकम दिन लागेको हो । उत्पादनको आधारमा प्रोत्साहन अनुदान रकम प्रदान गर्ने निर्णय गरिएको मेयर विमला राईले बताउनुभयो । हलेसी तुवाचुङ […]


तिहारका लागि फूल तयार

दाङ, कात्तिक ५ गते । तिहार नजिकिँदै गर्दा दाङमा सयपत्री फूल ढकमक्क फूलेका छन् । व्यावसायिक रूपमा फूलखेती गर्दै आएका किसानले यति बेला फूल तयार पारिसकेका छन् । अबको केही दिनमा फूल टिपेर माला उन्ने तयारीमा रहेको फूलखेती गदै आएका किसान बताउँछन् । घोराही उपमहानगरपालिका–१४ झिंगौराका ३९ वर्षीय लोकेन्द्र रोका मगरले सयपत्री फूल तयार पारिसक्नुभएको […]


अध्यादेश ल्याउने विषयमा मलाई केही थाहा छैन : कानुनमन्त्री चौरसिया

काठमाडौँ , कात्तिक ५ गते । कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरसियाले सरकारले ल्याउने भनिएका दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने विषयमा आफूलाई केही थाहा नभएको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग अध्यादेश ल्याउनेबारे छलफल गरेका थिए । देउवासँगको छलफलपछि आज बस्ने मन्त्रिपरिषद्को बैठकमा अध्यादेश पेस […]


जलनपीडितको निःशुल्क उपचार गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ, असोज ४ गते। सरकारले उपचार खर्च गर्न बेहोर्न नसक्नेलाई जलनपीडितको निःशुल्क उपचार गर्ने निर्णय गरेको छ। आज मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले कस्मेटिकबाहेकको जलन उपचारको व्यवस्था निःशुल्क गर्ने निर्णय भएको जानकारी दिनुभयो। सरकारले कोशी प्रदेशमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, मधेस प्रदेशमा नारायणी अस्पताल, […]


जुम्लाका किसान मार्सीधान थन्क्याउन व्यस्त

जुम्ला, कात्तिक ३ गते । यहाँका किसानलाई मार्सीधान काट्न भ्याइनभ्याइ भएको छ । यहाँ चन्दननाथ–१, चन्दननाथ–३, लेकाली–१ र लेकाली–३ मा उन्नत जातका मार्सीधानको खेती हुँदै आएको छ । तातोपानी गाउँपालिका–४ का राजेन्द्र पाण्डेले मार्सीधान काट्न व्यस्त रहेको बताए । दसैँ सकिएसँगै मार्सीधान भ्यिाउन हतारो भएको सिंजा गाउँपालिकाका जयशङ्कर धितालले बताए । गत जेठमा रोपिएको धान […]


केरा खेतीबाट आर्थिक वृद्धि

यादवराज पुरी / रौतहट, कात्तिक ३ गते । एक पटकको लगानीमा वषौँ आम्दानी लिन पाइने भएपछि पछिल्लो समय रौतहटका किसानले व्यवसायिकरुपमा केराखेती गरी आयआर्जन वृद्धि गरेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई रौतहटले केरा खेतीको कार्यक्षेत्र विस्तार गरेसँगै जिल्लाका किसान केरा खेतीतर्फ आकर्षित भई आर्थिक वृद्धि गरेका हुन् । जिल्लाको १८ वटा पालिकामध्ये […]


स्वास्थ्य स्वयंसेविकालाई निःशुल्क यातायात सेवा दिन यातायात व्यवसायी सहमत

काठमाडौँ, कात्तिक २ गते । महिला स्वास्थ्य स्वयंसेविकाहरूले आफ्नो कामका लागि निःशुल्क सार्वजनिक यातायात चढ्न पाउने भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलको सक्रियतामा यातायात व्यवसायीहरूले स्वास्थ्य प्रयोजनका लागि सार्वजनिक यातायातका साधनमा भाडा नलिने घोषणा गरेका हुन् । शुक्रबार मन्त्रालयमा यससम्बन्धी समझदारी भएको छ । विपद् प्रभावित काभ्रेको रोसी क्षेत्रका महिला स्वास्थ्य स्वयंसेविकाहरूसँग […]


पुनर्निर्माणका काममा गम्भीरताका साथ लाग्न तीनै तहका सरकारलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौँ, कात्तिक २ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले गत असोज १० गतेदेखि १३ गतेसम्मको भारी वर्षापछिको बाढी, पहिरो तथा डुबानबाट उत्पन्न परिस्थितिलाई २०७२ सालको विनासकारी भूकम्पपछिको ठुलो विपद्को घटनाका रुपमा लिँदै राहत वितरण र पुनर्निर्माणका काममा गम्भीरताका साथ लाग्न तीनै तहका सरकारलाई आग्रह गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज भएको विपद् […]


प्रधानमन्त्री उद्धार कोषमा पौने दुई अर्ब रकम जम्मा

काठमाडौँ, असोज ३० गते । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ७४ करोड ४७ लाख २७ हजार ६३४ रुपियाँ रकम जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बुधबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा असोज ३० गते बुधबारसम्म जम्मा भएको रकम सार्वजनिक गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार उद्धार कोषमा असोज २३ […]


कोरियाबाट फर्किएर कुभिन्डो बेचेरै मालामाल

सरिता थारू / काठमाडौँ । नुवाकोटको लिखु गाउँपालिका ४, चौघडाका रामचन्द्र अगस्ती एक दशक अघि वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया गएका थिए । विदेशबाट काम गरेर गाउँमा फर्किएकाहरूको फुर्तिफार्ती देखेर उनी पनि वैदेशिक रोजगारीका लागि लोभिएका थिए । तर जीवनको भोगाइसँगै उनको मन बदलियो । अहिले उनी गाउँमै कुभिन्डो, केराको बुङ्गो लगायतका कृषि वस्तु बेच्दै […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter