समाचार

जापानमा नेपालका ३३ जना कलाकारको प्रदर्शनी

काठमाडौँ, चैत २१ गते । जापानको कोबे शहरको सागा ग्यालरीमा नेपालका ३३ जना कलाकारको प्रदर्शनी सुरु भएको छ । प्रदर्शनीमा जापानका १५ जना कलाकारको समेत सहभागिता छ । ‘आर्ट विदाउट बोर्डर–५’ शृङ्खला अन्तर्गत आयोजित ‘आर्ट इज हार्ट’ शीर्षक प्रदर्शनीमा नेपाली कलाकारका चित्रकलालाई ‘स्क्रिन’ प्रदर्शनी गरिनेछ । कलाकार डा.आस्था प्रभा तुलधारले विश्वमा शान्ति, मैत्री र करुणा […]


पछिल्लो चौबीस घण्टामा ३३२ जना सङ्क्रमित थपिए, ७९ निको

काठमाडौं, चैत २६ गते । नेपालमा कोरोना भाइरसका ३३२ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा चार हजार ६ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ३३२ जनामा सङ्क्रमणको पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित अद्यावधिक गर्दै सो कुरा जानकारी दिएको हो । पछिल्लो चौबीस घण्टामा ७९ जना संक्रमति निको भएको मन्त्रालयले जानकारी दिएको […]


चार हजार परीक्षणमा उपत्यकामा १६३ सहित ३३९ सङ्क्रमित थपिए

काठमाडौं, चैत २५ गते । नेपालमा कोरोना भाइरसका ३३९ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा चार हजार एकसय जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ३३९ जनामा सङ्क्रमणको पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित अद्यावधिक गर्दै सो कुरा जानकारी दिएकाे हाे । पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई […]


राष्ट्रिय जनगणना : तनहुँमा सुपरीवेक्षकका लागि १७२ छनोट

दमौली, चैत २५ गते । राष्ट्रिय जनगणना २०७८ का लागि तनहुँमा १७२ जना सुपरीवेक्षक छनोट भएका छन् । केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणनाका लागि सुपरीवेक्षक आह्वान गरेकामा तनहुँका लागि १७२ जना सुपरीवेक्षक छनोट भएका हुन् । विभागका अनुसार भानु नगरपालिकाका २३, म्याग्दे गाउँपालिकाका १३, बन्दीपुर गाउँपालिकाका १२, व्यास नगरपालिकाका ४१, शुक्लागण्डकी नगरपालिकाका २४, घिरिङ गाउँपालिकाका […]


३७ आरोही समूहले लिए आरोहण अनुमति

सिबी अधिकारी / काठमाडौँ, चैत २४ गते । कोभिड–१९ महामारीको प्रतिकूल परिस्थितिका बावजुद पनि सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहण गर्न आरोहीले आरोहण अनुमति लिएका छन् । महामारीकै कारण अघिल्लो वर्षको वसन्त याममा पर्वतारोहण र पदयात्राले असर बेहोरेको सन्दर्भमा यस यामको हिमाल आरोहणले पर्यटन क्षेत्रमा उत्साह जगाएको छ । यतिखेर विभिन्न मुलुकबाट नेपालको सगरमाथासहितका विभिन्न हिमाल […]


काेराेनाका २६० सङ्क्रमित थपिए, स्वास्थ्य बीमाः मुलुकभर सेवा पु¥याउने प्रयास

काठमाडौं, चैत २४ गते । नेपालमा कोरोना भाइरसका २६० जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा चार हजार २४३ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा २६० जनामा सङ्क्रमणको पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित अद्यावधिक गर्दै सो कुरा जानकारी दिएकाे हाे । पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई […]


सफा, व्यवस्थित र प्रविधिमैत्री बन्दै नयाँ बसपार्क

अच्युत रेग्मी / काठमाडौँ, चैत २३ गते । देशैभरका भाडाका बस आउने र जाने गर्ने मुलुकको एकमात्र राष्ट्रियस्तरको बसपार्कका रुपमा रहेको गोँगबुस्थित नयाँ बसपार्क पछिल्लो समय प्रविधिमैत्री र सफा बनेको छ । यसकारण पछिल्लो समय यो बसपार्क व्यवस्थित बन्दै गएको देखिन्छ । केही वर्ष पहिले ‘नयाँ बसपार्क’ भन्ने वित्तिकै धेरैले अस्तव्यस्त, फोहर र टहरैटहराले भरिएको […]


काेराेनाका २६६ सङ्क्रमित थपिए, १०२ निको भए; उपत्यका प्रवेश गर्दा शंका लागेमा एन्टिजेन परीक्षण गर्नुपर्ने

काठमाडौं, चैत २३ गते । नेपालमा कोरोना भाइरसका २६६ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा चार हजार ५३६ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा १७६ जनामा सङ्क्रमणको पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित अद्यावधिक गर्दै साे कुरा बताउनुभएकाे हाे । पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख […]


कृषिमा विदेशी लगानीप्रति सांसदको असन्तुष्टि

काठमाडौँ, चैत २२ गते । नेपाल कृषिप्रधान देश तर कृषि उपजमा विदेशी देशको भर पर्नु परेको भन्दै सांसदहरूले असन्तुष्टि व्यक्त गरेका छन् । आइतबार संसदीय समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा सहभागी सदस्यले नेपालको उत्पादनले कहिलेसम्म पेट पालेर बस्ने भन्दै कृषिमा आत्मनिर्भर हुनुपर्ने बताएका हुन् । कृषिमा वैदेशिक लगानी खुलाको […]


बजेटविहीन अन्नपूर्ण क्षेत्रको रेस्क्यू सेन्टर

छेटु शेर्पा / काठमाडौं, चैत २१ गते । नेपालको सबैभन्दा धेरै पदयात्रा हुने अन्नपूर्ण सर्किटमा पर्यटकको सुरक्षाका लागि स्थापना भएको रेस्क्यू सेन्टर प्रभावहिन बनेको छ । यस क्षेत्रमा पदयात्रा र पर्वतारोहणमा जाने पर्यटकहरुलाई विपत र जोखिमबाट न्यूनीकरण गर्ने उदेश्यले दुईवर्ष अघि स्थापना गरिएको रेस्क्यू सेन्टर सञ्चालमा बजेट अभाव भएपछि प्रभावहीन बनेको छ । कोरियन टेलिकमको […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter