
काठमाडाैं, जेठ ३१ गते । नेपालमा थप २७३ जना सङ्क्रमित भएका छन् । पुरूष २४७ र महिला ३६ जना सङ्क्रमित भएका हुन् । योसँगै सङ्क्रमितको सङ्ख्या पाँचहजार ३३५ पुगेको छ । शनिबार भएकाे नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सो कुरा बताउनुभएको हो । काेभिड १९ बाट सङ्क्रमित ३६ जना […]

काठमाडौँ, जेठ ३१ गते । दैनिक १२ हजारबराबरको पीसीआर परीक्षण गर्ने लक्ष्यसहित मेडिकल सामग्री आयात गर्दै आएको विद म्यानेजमेन्टले २५ थान पीसीआर मेसिन आयात गर्ने तयारी थालेको छ । पीसीआर मेसिन तथा अत्यावश्यक सामग्रीको अभावमा कोरोना परीक्षणमा लामो समय लागेको पाइएपछि सरकारसँग सहकार्यका लागि निजी क्षेत्रले १५ थान पीसीआर मेसिन र १० थान पोर्टेवल पीसीआर […]

सञ्चिता घिमिरे / काठमाडौँ, जेठ ३० गते । यातायात व्यवस्था विभागले बन्दाबन्दीको अवधिमा झण्डै दुई लाख ५० हजार स्मार्ट चालक अनुमतिपत्र छापेको छ । छाप्न बाँकी अनुमतिपत्रको सङ्ख्या पनि झण्डै त्यति नै रहेको विभागले जनाएको छ । बन्दाबन्दी जारी रहँदा विभागले चालक अनुमतिपत्र छपाइलाई निरन्तरता दिइरहेको हो । गतबैशाख महिनासम्म झण्डै एक लाख ४० हजार […]

शर्मिला पाठक / काठमाडौँ, जेठ ३० गते । असन, इन्द्रचोक, न्यूरोड, वसन्तपुरलगायत काठमाडौँका भित्री क्षेत्रमा लगभग सबै पसल सञ्चालनमा आएका छन् । त्यहाँ पुग्दा लाग्छ बन्दाबन्दीको धेरै असर छैन, पूर्णरूपमा जनजीवन सहज भइसकेको छ । पसल पूर्ववत् खुलेका छन् । सावधानीमा ध्यान दिइएको छैन । सामान खरिद गर्न आएका उपभोक्ताले नै सावधानी अपनाएको देखिन्छ । […]

नारायण ढुङ्गाना / काठमाडौँ जेठ १३ गते । कोभिड–१९ का कारण मुलुक बन्दाबन्दीमा हुँदा यसपटक सिर्जनाको स्वाद लिन कला पारखीहरू आर्ट ग्यालरी घुम्ने अवस्था छैन । कला प्रदर्शनी नहुँदा ललितकलाको स्वाद लिने अवसर पनि जुरेको छैन तर उनीहरूका लागि घरमै बसेर सिर्जनाको स्वाद लिने अवसर भने प्राप्त छ । ‘भर्चुअल साउण्ड’ त्यसको नयाँ विकल्प बनेर […]

काठमाडौं, जेठ २९ गते । नेपालमा कोरोना भाइरसबाट थप २५० सङ्क्रमित भएका छन् । नयाँ सङ्क्रमितमा पुरुष २३० पुरुष र २० जना महिला रहेका छन् । योसँगै सङ्क्रमितहरुको कुल सङ्ख्या चारहजार ६१४ पुगेको छ । तीमध्ये ४ हजार २८५ पुरुष र ३२९ महिला छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर […]

काठमाडौँ, जेठ २९ गते । सरकारले निजी सवारी चलाउन जोर बिजोरको आधारमा सम्बन्धित जिल्लामा जिल्लाभित्र मात्र र उपत्यकाभित्रका सवारी साधनको हकमा उपत्यकाभित्र मात्र चलाउन पाउने निर्णय गरेको छ । त्यस्तै, उद्योग, व्यापार, व्यवसाय, पसल र डिपार्टमेन्टल स्टोर खुल्ला गर्न पाउने तर सपिङ मलहरू भने खुलाउन नपाउने निर्णय गरेको छ । निजी सवारीमा चालकबाहेक दुई जनाले […]

काठमाडौँ, जेठ २८ गते । नेपालमा कोरोना भाइरसबाट थप २७९ सङ्क्रमित भएका छन् । पछिल्लाे नतिजा अनुसार २५७ जना पुरुष र २२ जना महिला सङ्क्रमित भएका हुन् । योसँगै सङ्क्रमितहरूको कुल सङ्ख्या चार हजार ३६४ पुगेको छ । चार हजार ५५ पुरूष र ३०९ महिला सङ्क्रमित भएका स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. […]

काठमाडौँ, जेठ २८ गते । नेपाल मनसुन भित्रिन अझैं केही दिन लाग्ने भएको छ । आज अर्थात् जुन १० का दिन नेपालमा मनसुन भित्रिनुपर्नेमा पाँच दिन ढिलो गरी भित्रिने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुन भित्रिनका लागि जुन खालको वातावरण हुनुपर्ने हो, त्यो बनिनसकेकाले अझै पाँच दिन लाग्ने सम्भावना रहेको मौसमविद् शान्ति […]

काठमाडौँ, जेठ २७ गते । नेपालमा कोरोना भाइरसबाट थप ३२३ सङ्क्रमित भएका छन् । योसँगै सङ्क्रमितको कुल सङ्ख्या चार हजार ८५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभएको हो । त्यसैगरी, थप ९६ जना डिस्चार्ज हुनुभएकाे छ । कुल डिस्चार्ज हुनेको सङ्ख्या ५८४ पुगेको छ । कोरोना […]