समाचार

दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजना ‘राष्ट्रिय गौरवको आयोजना’

खोटाङ, जेठ ४ गते । नेपाल सरकारले खोटाङको दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाको रूपमा अघि बढाउने घोषणा गरेको छ । खोटाङ र ओखलढुङ्गाको सिमानामा पर्ने दूधकोशीस्थित रभुँवाघाटबाट ६३५ मेगावाट क्षमताको जलविद्युत् उत्पादन गर्ने पहल थालिएको दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनालाई सरकारले आगामी आर्थिक वर्ष २०७७÷७८ को नीति तथा कार्यक्रममार्फत प्राथमिकतामा राख्दै निर्माण थाल्ने घोषणा […]


कोराेनाका कारण दोस्रो व्यक्तिको मृत्यु; थप ३ जनामा सङ्क्रमण पुष्टि, कुल २९५

काठमाडौँ, जेठ ४ गते । बाँकेको क्वारेन्टाइनमा मृत्यु भएको व्यक्तिमा कोरोना पोजेटिभ भेटिएसँगै नेपालमा काेराेना भाइरसकाे सङ्क्रमणबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ । याे जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले दिनुभएको हो । शनिबार सङ्कलन गरिएको स्वाब परीक्षणको नतिजा कोभिड-१९ पोजिटिभ आएको मन्त्रालयले जनाएको छ । आइतबार […]


काठमाडौं र वीरगन्‍जका तीन बालकसहित थप नाैजनामा कोरोना संक्रमण, संक्रमितको संख्या दुई सय ६७ पुग्यो

काठमाडाैँ, जेठ २ गते । काठमाडौं र वीरगन्‍जका तीन बालकसहित थप नाैजनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार साँझ पर्सा वीरगन्जका नाै र १० वर्षका बालक तथा २३ र ४७ वर्षका महिला, काठमाडौं सतुंगलका सात वर्षका बालक, उदयपुर त्रियुगाका २५ वर्षीय पुरुष, दाङको गढवा र तुलसीपुरका २३, ३६, ३४ […]


गल्लीमा हिँडडुल गरे वा भेला भए कारबाही गरिने

काठमाडाैँ, जेठ २ गते । पछिल्लो समयमा कोरोना सङ्क्रमण बढ्दै गएपछि अब गल्लीहरूमा हिँडडुल गर्ने वा जम्मा हुनेलाई पनि प्रहरीले पक्राउ गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौँले आज एक सूचना जारी गरी गल्लीहरूमा जम्मा नहन आग्रह गरेको र जम्मा भएको वा हिँडडुल गरेको पाइएमा प्रहरीले नियन्त्रणमा लिन सक्ने जनाइएको छ । संघसंस्थाको हकमा […]


सरकारको नीति तथा कार्यक्रमको प्राथमिकता : कृषि क्षेत्रमा व्यापक रोजगारी, अर्थतन्त्र पुनरुत्थान अनि प्रधानमन्त्री रोजगार कार्यक्रम परिमार्जन

शुरोजङ्ग पाण्डे / काठमाडौँ, जेठ १ गते । सरकारले मुलुकको अर्थतन्त्रको पुनरुत्थान र कृषि क्षेत्रमा व्यापक रोजगारी सिर्जना गर्ने विषयलाई प्राथमिकतामा राखेर आर्थिक वर्ष ०७७/७८ को नीति तथा कार्यक्रम ल्याउने अन्तिम गृहकार्य गरेको छ । कोरोना भाइरस (कोभिड–१९) को महामारीबाट आर्थिक, सामाजिकलगायतका क्षेत्रमा उत्पन्न संकटलाई ध्यान दिँदै सरकारले तीलगायतका विषयलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम […]


सबै स्वास्थ्यकर्मीको कोभिड–१९ परीक्षण गरिने

काठमाडौँ, जेठ १ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै स्वास्थ्यकर्मीको कोभिड–१९ परीक्षण गर्नेभएको छ । स्वास्थयकर्मीले कुनै पनि बिरामीको स्वास्थ्य उपचार गर्नुपर्ने भएकाले जोखिम बढ्ने हुँदा पिसिआर विधिबाट परीक्षण गरिने भएको मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार आजैदेखि स्वास्थ्यकर्मीको परीक्षण शुरु गरिएको छ । यसैगरी मन्त्रालयले उपत्यकामा रहेका सुरक्षाकर्मी, […]


थप २४ जनामा कोरोना सङ्क्रमण, कुल २४३ पुग्यो; कोरोना परीक्षण गर्न स्वास्थ्य सामग्री पर्याप्त छः स्वास्थ्य मन्त्रालय

काठमाडौँ, वैशाख ३१ गते । पछिल्लो पटक गरिएको कोरोना परिक्षणमा थप २४ जनामा कोराना पोजिटिभ पाइएको छ । योसँगै कुल सङ्क्रमित सङ्ख्या २४३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ । थप काेराेना सङ्क्रमण पुष्टि भएकामा रूपन्देहीका ९ पुरूष र ३ महिला गरी १२ जना रहेका छन् । त्यस्तै, कपिलवस्तुका ८ पुरूष, पर्सा जिल्लाका २ […]


थलिएको अर्थतन्त्र सुधार गर्ने कार्यक्रम ल्याउन, सीमामा काँडेतार गर्न सांसदको सुझाव

काठमाडौँ, वैशाख ३१ गते । कोरोनाको कहरबाट थलिएको मुलुकको अर्थतन्त्रलार्ई राहत दिने गरी आगामी आर्थिक वर्षको बजेट तथा नीति तथा कार्यक्रम जरुरी रहेको भन्दै सांसदहरुले सरकारको ध्यानकर्षण गराउनुभएको छ । महामारीलाई मध्यनजर गरी सरकारले आगामी आर्थिक वर्षको बजेटमा विशेष राहत प्याकेज ल्याउन, प्रभावकारी कार्यान्वयन प्रणाली लागू गर्न तथा रोजगारी प्रदान गर्ने गरी विशेष व्यवस्था गर्न […]


‘तत्काल वार्ता चाहेका छौँ’: परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौँ, वैशाख ३० गते । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सीमा विवादबारे भारतसँग तत्काल वार्ता चाहेको बताउनुभएको छ । प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा लिपुलेक सडक विवादबारे छलफलमा भाग लिँदै उहाँले राष्ट्रिय हितलाई केन्द्रमा राखेर तत्काल वार्ता अघि बढाउन चाहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘राष्ट्रिय हितलाई केन्द्रबिन्दुमा राखेर हामी वार्ताको प्रयासमा छौँ । सुगौली सन्धिले निर्दिष्ट गरेको हाम्रो सीमा पूर्वमा मेची […]


बजेट प्राथमिकीकरण गर्न सुझाव

नारायण काफ्ले / काठमाडौँ, वैशाख ३० गते । आगामी वर्षको बजेटलाई कोरोना महामारी (कोभिड–१९)ले सिर्जना गरेको असरलाई सम्बोधन गर्ने गरी तर्जुमा गर्न प्रतिनिधिसभाका सांसदहरूले सुझाव दिएका छन् । विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा सांसदहरूले सरकारद्वारा प्रस्तुत प्राथमिकता सामयिक नभएको भन्दै प्राथमिकीकरण गर्न सुझाव दिएका हुन् । परम्परागत ढङ्गको बजेटले कोरोनाको असर सम्बोधन गर्न नसक्ने भन्दै सामयिक बनाउन […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter