समाचार

रासायनिक मल र बीउ तत्काल उपलब्ध गराउन सरकारसँग सांसदको माग

काठमाडौँ, असार ९ गते । मानो रोपेर मुरी उब्जाउने समयमा मल तथा बीउ नपाएर किसान छट्पटिएकाले तत्काल मल र बीउ उपलब्ध गराउन सांसदले सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदले नेपाल कृषिप्रधान देश भए पनि सरकारले कृषि क्षेत्रप्रति बेवास्ता गरेको गुनासो गर्नुभयो । उहाँहरुले कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको एक तिहाइ […]


स्वास्थ्य मन्त्रालयले भन्यो– काठमाडौं भित्रिने व्यक्तिले पिसिआर परीक्षण गर्नुपर्दैन, १४ दिन होम क्वारेन्टाइनमा बसिदिनू

काठमाडौँ, असार ९ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाहिरी जिल्लाबाट काठमाडौं भित्रिने व्यक्तिले विना कुनै लक्षण पिसिआर परीक्षण गर्नु नपर्ने जनाएको छ । सम्भावित जोखिमलाई ध्यान दिँदै १४ दिन होम क्वारेन्टाइनमा भने बसिदिन आग्रह गरेको छ । भाडामा बस्नेहरू उपत्यका आउँदा केही घरबेटीहरूले पिसिआर परीक्षण नगरी घरमा प्रवेश गर्न रोक लगाउने गरेका गुनासा आइरहेका […]


थप ५३५ जनामा कोरोना सङ्क्रमण पुष्टि, कुल ९ हजार ५६१ सङ्क्रमित

काठमाडौँ, असार ८ गते । देशभर पछिल्लो २४ घन्टामा पाँच सय ३५ जनामा काेराेना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबार नियमित मिडिया ब्रिफिङमा हालसम्म कुल संक्रमितको संख्या नाै हजार पाँच सय ६१ पुगेको जानकारी दिए । देशभरका २२ वटा प्रयोगशालामा गरिएको परीक्षणमा थप चार सय ६१ पुरुष […]


माथिल्लो तामाकोशीः जटिल काम सकिँदै

रमेश लम्साल / काठमाडौँ, असार ८ गते । सरकारले लकडाउन गरेपनि एकाध दिन बाहेक काम नरोकिएको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको सबैभन्दा महत्वपूर्ण र जटिल निर्माणसम्बन्धी काम यसै साता सकिने भएको छ । राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशीको जटिल मानिएको दुई ठाडो सुरुङको कामसमेत लकडाउनको समयमा उल्लेख्य प्रगति मात्रै भएन सम्पन्न नै हुने चरणमा पुगेको छ […]


थप ४२१ सङ्क्रमित, कुल नाै हजार २६,एक हजार ७७२ निकाे

काठमाडौँ, असार ७ गते । नेपालमा थप ४२१ जना सङ्क्रमित भएका छन् । योसँगै कुल सङ्क्रमित नाै हजार २६ पुगेको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिनुभयाे । थप ३५७ जना पुरुष र ६४ जना महिला सङ्क्रमित भएका हुन् । थप १९४ जना निकाे भएर डिस्चार्ज भएका छन् […]


योग अभ्यासलाई जीवनशैली बनाउनुपर्छ : प्रम

काठमाडौँ, असार ७ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस रोग ९कोभिड–१९० महामारीविरुद्धको सङ्घर्षमा औषधीय गुणयुक्त आहार, व्यायाम र उच्च मनोस्वास्थ्य अत्यन्तै महत्त्वपूर्ण हुने बताउनुभएको छ । सरकारले अगाडि बढाएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ राष्ट्रिय आकाङ्क्षाका मुख्य आधारसमेत शारीरिक एवं मानसिक रूपले स्वस्थ र निरोगी नागरिक भएकोमा उहाँले जोड दिनुभयो । छैटौंँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा शुभकामना […]


विदेशी बुहारीलाई ७ वर्ष नेपालमा बसेपछि नागरिकता दिइनुपर्ने निष्कर्ष

काठमाडौँ, असार ६ गते । नेकपा सचिवालय बैठकले नेपालीसँग विवाह गरेका विदेशी महिलालाई सात वर्षपछि मात्र नागरिकता दिइनु उपयुक्त हुने निष्कर्ष निकालेकाे छ । सचिवालय बैठकले हाल संसदमा छलफलमा रहेकाे प्रस्तावित नागरिकतासम्बन्धी विधेयकमा वैवाहिक अङ्गीकृत नागरिकता प्राप्त गर्न विवाह भएको सात वर्ष पूरा भएको हुनुपर्ने व्यवस्था राख्ने गरी विधेयक अघि बढाउने निर्णय गरेको हाे नेपाली […]


लगानी बोर्डद्वारा एक खर्ब ८५ अर्ब बढीका सात परियाेजना स्वीकृत

काठमाडौँ, असार ६ गते । लगानी बोर्डले रु एक खर्ब ८५ अर्ब ४३ करोड बराबरका सातवटा परियोजनाको लगानी स्वीकृत गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा शुक्रबार सम्पन्न बोर्डको ४४औँ बैठकले पाँचवटा जलविद्युत् परियोजना र दुईवटा सिमेन्ट उद्योगका लागि उक्त रकम बराबरका सात परियोजना स्वीकृत गरेको हो । बैठकले ३२७ मेगावाट क्षमताको माथिल्लो मस्र्याङ्दी […]


निजी क्षेत्रलाई प्रोत्साहनका लागि ऋण र कर छुटका व्यवस्थाहरू लागू गर्दैछौँ : अर्थमन्त्री

काठमाडौँ, असार ५ गते । अर्थमन्त्री डा खतिवडाले कोभिड–१९ का कारण प्रभावित अर्थतन्त्रलाई क्रमशः गतिशील बनाउन निजी क्षेत्रलाई विश्वासमा लिएर प्रोत्साहन दिइने बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक २०७७ माथिको छलफलका क्रममा मन्त्री डा खतिवडाले भूकम्पपछिको पुनःस्थापना र पुनःनिर्माणको अनुभवका आधारमा अगाडि जान सकिने बताउँदै हाल मानवीय स्वास्थ्य समस्याबीच अर्थतन्त्रका […]


बालबालिकालाई राष्ट्रप्रेमी बनाउन जरुरी : प्रम

काठमाडौँ, असार ५ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यालय र विश्वविद्यालयका पाठ्यक्रममा स्काउट शिक्षालाई राखेर बालबालिकालाई सक्षम, स्वावलम्बी र राष्ट्रप्रेमी बनाउन जरुरी भएको बताउनुभएको छ । देशभरका विद्यालय र स्थानीय तहमा स्काउट अभियानको विकास र विस्तारका लागि आवश्यक कार्य गर्न सम्बद्ध निकायलाई प्रधानमन्त्री ओलीले आह्वान समेत गर्नुभयो । नेपाल स्काउटको ६९आँैं स्थापना दिवसको अवसरमा […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter