समाचार

अमेरिकी अनुदानको दुई स्काइट्रक नेपाली सेनालाई हस्तान्तरण

काठमाडौं, पुस २ गते । अमेरिकाले नेपाली सेनालाई दुई थान एम २८ स्काइट्रक हस्तान्तरण गरेको छ । अमेरिकाले उपलब्ध गराएको दुबै स्काइट्रक नेपाल अमेरिका सम्बन्ध स्थापनाको ७० वर्षमा अहिलेसम्मको सबैभन्दा ठूलो सुरक्षा अनुदान हो । काठमाडौंमा एक समारोहकाबीच नेपालस्थित अमेरिकी दूतावासले छोटो समयमा उडान र अवतरण गर्न सक्ने क्षमतासहितको दुई स्काइट्रक नेपाली सेनालाई हस्तान्तरण गरेको […]


दर्ताविनै चलिरहेका छन् साढे ६ हजार उद्योग

तुलसीपुर, पुस १ गते । दाङमा अधिकांश उद्योग दर्ताबिनै सञ्चालनमा आएको पाइएको छ । दाङमा सञ्चालित १४ हजार ४२१ उद्योगमध्ये ७ हजार ९०३ उद्योग मात्रै दर्ता भएर सञ्चालनमा आएको जिल्ला तथ्याङ्क कार्यालय दाङले जनाएको छ । कार्यालय प्रमुख तुलसीराम पोख्रेलेका अनुसार अझै पनि ६ हजार ५१८ वटा साना उद्योग दर्ताबिनै सञ्चालनमा आएका छन् । यी […]


केही सञ्चारमाध्यमले तथ्यलाई स्वीकार गर्न नसक्दा जनतामा भ्रम सिर्जना भइरहेको छ : सञ्चारमन्त्री

काठमाडौँ, पुस १ गते । अङ्ग्रेजी भाषाका माध्यमबाट नेपाललाई अन्तरराष्ट्रिय क्षेत्रमा जोड्दै आएको ‘द राइजिङ नेपाल’ आजदेखि ५५ वर्षमा प्रवेश गरेको छ । विसं २०२२ पुस १ गतेदेखि अङ्ग्रेजी भाषाको अखबारका रुपमा यसको प्रकाशन शुरु भएको थियो । गोरखापत्र संस्थानद्वारा प्रकाशित सो अखबारको संस्थापक सम्पादकका रुपमा वरुणशम्शेर राणा हुनुहुन्थ्यो । ‘द राइजिङ नेपाल’ ५४ वर्ष […]


बस दुर्घटनाबाट म निकै भावुक भएँ हिजो खाना खान र सुत्न पनि सकिनँ: प्रधानमन्त्री ओली

काठमाडौँ, मङ्सिर ३० गते । प्रधानमन्त्री केपी शर्मा ओलीले गृह र भौतिक पूर्वाधार तथा यातायातमन्त्री एवं मन्त्रालयका पदाधिकारीलाई सडक दुर्घटना घटाउने कार्ययोजना बनाएर तत्काल लागू गर्न निर्देशन दिनुभएको छ । पछिल्लो समय सडक दुर्घटना बढ्न थालेपछि त्यसलाई घटाउने उपाय खोज्न प्रधानमन्त्री ओलीले गृह तथा भौतिक मन्त्रालयका पदाधिकारीलाई आज प्रधानमन्त्री निवासमा बोलाएर त्यस्तो निर्देशन दिनुभएको हो […]


देशभर चिसो बढ्यो

काठमाडौँ, मङ्सिर ३० गते । पश्चिमी वायुको प्रभावले देशभर सामान्य बदली भई उच्च पहाडीसहित हिमाली भूभागमा आज हिमपातको सम्भावना रहेको जनाइएको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समिर श्रेष्ठले पश्चिमी न्यून चापीय वायुको प्रभावले देशभर आंशिक बदली भई उच्च पहाडी र हिमाली भूभागमा हिमपातको सम्भावना रहेको जानकारी दिनुभयो । उहाँका अनुसार सो वायुको प्रभावले देशभर […]


बजार पाउँदै बागलुङको किबी

गलकोट, मङ्सिर २९ गते । अन्य जिल्लामा किबीखेतीले बजार र मूल्य नपाएको किसानले गुनासो गरिरहेको बेला बागलुङमा उत्पादन भएको किबी भने जिल्ला बाहिर निर्यात हुन थालेको छ । बागलुङ जिल्लाको निसिखोला गाउँपालिकामा उत्पादन भएको किबी बुटवल, पोखरालगायतका स्थानमा निर्यात भइरहेको छ । विदेशमा समेत प्रशस्तरुपमा उत्पादन हुने किबी महङ्गो फलमध्येको पर्दछ । निसिखोला गाउँपालिका–४ थापागाउँका […]


मानव अधिकार स्थापित गर्न जीवनपर्यन्त लाग्छु : अध्यक्ष शर्मा

ललितपुर, मङ्सिर २९ गते । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले मुलुकमा मानवअधिकार स्थापित गर्न जीवनपर्यन्त लाग्ने बताउनुभएको छ । अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा आयोजना गरिएको ११आँै मानव अधिकार राष्ट्रिय महाभेला–२०७६ समापन समारोहमा आज उहाँले आफ्नो कार्यकाल करीब १० महिना मात्र भए पनि बाँचुन्जेलसम्म मानव अधिकारका लागि काम गर्ने बताउनुभयो । “स्वतन्त्र भएर मानव […]


आदिकवि भानुभक्त आचार्यको स्मृतिमा बन्यो – ‘रामायण भवन’

अमरराज नहर्की / चुँदी रम्घा (तनहुँ), मङ्सिर २८ गते । आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको भानु नगरपालिका–४ शिखर कटेरीमा रामायण भवन निर्माण गरिएको छ । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी निर्माण तिब्र पारी भवन निर्माण पूरा गरिएको भानु नगरपालिकाको उपप्रमुख आशा थापाले जानकारी दिनुभयो । भवन निर्माण पूरा भए पनि भवनको भित्तामा रामायणमा […]


इथियोपियाली विज्ञद्वारा नवीकरणीय ऊर्जा क्षेत्रको अध्ययन

काठमाडौँ, मङ्सिर २८ गते । नेपालमा नवीकरणीय ऊर्जाका प्रविधि, यसको विकास र विस्तारका लागि लागू गरिएका नीति नियमहरु तथा सरकारी र निजी क्षेत्रको सहभागिताको बारेमा सङ्घीय प्रजातान्त्रिक गणतन्त्र इथियोपियाको एक उच्चस्तरीय प्रतिनिधिमण्डल बृहत अध्ययन गरेको छ । साताव्यापी अध्ययनको क्रममा नेपाल आएको टोलीले वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रद्वारा सञ्चालित परियोजना, विभिन्न प्रविधिहरुको गुणस्तर मापन र नियमनका […]


काठमाडौं महानगरले सडक मानवमुक्त अभियान घोषणा गर्ने

काठमाडौँ, मङ्सिर २७ गते । काठमाडौं महानगरपालिकाले २५औं महानगर दिवसको अवसरमा सडक मानवमुक्त अभियान घोषणा गर्ने भएको छ । महानगर स्थापनाको २५ वर्ष पुगेको अवसरमा महानगरले अभियानको घोषणा गर्ने भएको हो । मानव सेवा आश्रम, जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयसँगको समन्वयमा अभियान घोषणा गरिने महानगरका मेयर विद्यासुन्दर शाक्यले […]




TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter