समाचार

शैक्षिकसत्र खेर जान नदिने गरी आगामी असार १ देखि सबै विद्यालयमा सिकाइलाई निरन्तरता दिइने: शिक्षामन्त्री

काठमाडौँ, जेठ २७ गते । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोरोना महामारीका बेला शैक्षिकसत्र खेर जान नदिने गरी आगामी असार १ देखि सबै विद्यालयमा सिकाइलाई निरन्तरता दिइने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा ‘विनियोजन विधेयक २०७७’ अन्तर्गतको छलफलमा जवाफ दिँदै मन्त्री पोखरेलले मन्त्रालयले गठन गरेको उच्चस्तरीय समितिको सुझावका आधारमा कोरोनाको प्रभावपछि शिक्षामा चालिनुपर्ने तत्कालीन, […]


काेराेनाबाट थप ३१४ सङ्क्रमित, कुल सङ्ख्या ३७६२ पुग्याे

काठमाडौँ, जेठ २६ गते । नेपालमा कोरोना भाइरसबाट थप ३१४ सङ्क्रमित भएका छन् । योसँगै सङ्क्रमितको कुल सङ्ख्या तीन हजार ७६२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभएको हो । पुरुष २९४ जना र २० जना महिला गरी कुल ३१४ जनामा थप कोरोना भएकाे छ । त्यसैगरी, […]


रुकुम घटना छानबिन संसदीय विशेष समितिको संयोजक र सदस्य तोकिए

काठमाडौँ, जेठ २६ गते । रुकुमको सोतीमा भएको घटनाको छानबिन गर्न गठित संसदीय विशेष समितिमा संयोजक र सदस्यहरूको चयन भएको छ । सो विशेष समितिको संयोजकमा सांसद देवेन्द्र पौडेल रहनुभएको छ । सदस्यहरूमा सांसद एकवाल मियाँ, दुर्गा पौडेल, पार्वतीकुमारी बिसुङ्खे, प्रकाश रसाइली, बिमला विक, महेश्वरजङ्ग गहतराज, मिनबहादुर विश्वकर्मा र रामसहायप्रसाद यादव रहनुभएकाे छ । विशेष […]


कोरोना संक्रमितको संख्या ३४४८ पुग्यो, आज थपिए दुई सय १३ जना

पछिल्लो २४ घन्टामा दुई सय १३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथ जनसंख्या मन्त्रालयले आइतबार गरेकाे पत्रकार सम्मेलनमा दुई सय १३ जना संक्रमित थपिएको जानकारी दिइएको हो । याेसँगै नेपालभरि संक्रमित हुनेकाे संख्या ३४४८ पुगेकाे छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार पछिल्लो २४ घन्टामा एक सय दुईजना निको भएर घर फर्किएका […]


पर्यटक भित्र्याउन जुर्मुराए पाल्पाली

पवित्रा घिमिरे / तानसेन, जेठ २५ गते । पाल्पामा पर्यटकीयस्थलको निर्माण तथा पुनःनिर्माणको कामको थालनीले स्थानीय युवालाई रोजगार मिलेको छ । स्थानीय तहले विकासनिर्माणका कामलाई जोड दिँदै आआफ्ना तवरले प्रधानमन्त्री युवा स्वरोजगार कार्यक्रमलाई अगाडि बढाइरहँदा निस्दी गाउँपालिका, रामपुर र तानसेन नगरपालिकालगायतले भने कोरोना संकटमा गरिएको बन्दबन्दीमा पनि पर्यटन पूर्वाधार विकासलाई जोड दिएका छन् । अन्य […]


शिक्षा क्षेत्र सुचारु हुँदा अनलाइन शिक्षा गाँस्नुपर्ने विज्ञको सुझाव

काठमाडौँ, जेठ २५ गते । कोभिड–१९ ले गर्दा ठूलो सङ्कट भोगेको शिक्षा क्षेत्रलाई पुनः सुचारु गर्दा अनलाइन शिक्षालाई पनि गाँस्नुपर्ने र जीवनोपयोगी समस्या समाधानको सीप विकासमा जोड दिनुपर्ने विज्ञहरूले सुझाव दिएका छन् । कल्प एकेडेमी सुशासन र दीगो विकास केन्द्रले कान्तिपुर सिटी कलेजसँगको सहकार्यमा शनिबार आयोजना गरेको एक वेबिनारमा नेपाल, थाइल्याण्ड र नर्वेका प्राविधिक तथा […]


काकडभिट्टा-इनरुवा खण्डको मुआब्जा वितरणको काम शुरु

रमेश लम्साल / काठमाडौँ, जेठ २४ गते । भौतिक पूर्वाधारको विकासलाई प्रमुख प्राथमिकतामा साथ अगाडि बढाएको सरकारले पूर्वपश्चिम विद्युतीय रेलमार्गलाई थप गति दिने भएको छ । मेची–महकाली विद्युतीय रेलमार्गको काकडभिट्टा–इनरुवा खण्ड निर्माणका लागि झापा जिल्लाभित्र पर्ने जग्गाधनीलाई मुआब्जा वितरणका लागि आवश्यक प्रक्रिया शुरु भएसँगै आयोजनाले थप गति लिने भएको हो । भौतिक पूर्वाधार तथा यातायात […]


मालपोत कार्यालयहरू भोलिबाट खुल्ने जनसरोकारका काम भने नहुने

काठमाडौँ, जेठ २४ गते । सरकारले भोलिबाट देशका सबै मालपोत कार्यालय खुला गर्ने भएको छ । भूमि व्यवस्था तथा अभिलेख विभागले माताहतका सबै निकायलाई परिपत्र गरी आन्तरिक प्रशासन तथा अन्य आन्तरिक काम सुचारु गर्न निर्देशन दिएको छ । भोलिबाट देशभरका सबै मालपोत कार्यालयका कर्मचारीले आन्तरिक तयारी गरे पनि जनतासँग प्रत्यक्ष सम्बन्धित घरजग्गा पास लगायतका सेवा […]


थप २७८ सङ्क्रमित, कुल सङ्ख्या २९१२ पुग्यो

काठमाडौँ, जेठ २३ गते । नेपालमा शुक्रबार कोरोना भाइरसको २७८ सङ्क्रमित थपिएका छन् । योसँगै पीसीआर विधिबाट गरिएको कुल परीक्षणबाट दुईहजार ९१२ सङ्ख्या पुगेकाे नियमित पत्रकार सम्मेलनमार्फत् स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो । शुक्रबार ४३ जना थप डिस्चार्ज हुनुभएको छ । डिस्चार्ज हुनेको सङ्ख्या ३३३ जना पुगेको छ । सुनसरी […]


संविधानमा पूर्ण प्रेस स्वतन्त्रता सुनिश्चित : परराष्ट्र

काठमाडौँ, जेठ २३ गते । संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार उच्चायुक्तले २०२० जुन ३ मा कोरोना भाइरस रोग (कोभिड–१९) को सङ्क्रमणलाई जोेडेर अभिव्यक्ति स्वतन्त्रताको सम्बन्धमा जारी गरेको विज्ञप्तिप्रति नेपाल सरकारको ध्या(नाकर्षण भएको जनाएको छ । सो विज्ञप्तिमा नेपालको अभिव्यक्ति स्वतन्त्रतामा प्रतिकूल प्रभावबारे उल्लेख गरिएको थियो । यस सन्दर्भमा नेपालमा प्रेस स्वतन्त्रताको सही तथ्य र वास्तविकता त्यस वक्तव्यमा उल्लेख भए […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter