समाचार

राजधानीकै स्वास्थ्य संस्थामा कर्मचारी र औषधि अभाव

काठमाडौँ, चैत २२ गते सङ्घीयता कार्यान्वयनसँगै गाउँ गाउँमा सिंहदरबार पुगेको भनिए पनि राजधानीकै नगरपालिकाका सामुदायिक स्वास्थ्य संस्थामा कर्मचारी र निःशुल्क औषधि नभेटिएको सेवाग्राहीको गुनासो छ । गोकर्णेश्वर नगरपालिकाका एक प्राथमिक स्वास्थ्य केन्द्र, चार स्वास्थ्यचौकी र एक शहरी स्वास्थ्य केन्द्रमा निःशुल्क औषधि र कर्मचारीको अभाव भएको हो । जिल्ला जनस्वास्थ्य कार्यालयले औषधी पठाउञ्जेल सहजै पाइए पनि […]


सुनौलो हजार दिनका आमालाई तरकारीको बिउ र बाल्टी वितरण

सिमकोट चैत्र २२ गते । सुनौलो हजार दिनका आमाहरुलार्ई तरकारीको बिउ तथा धारा जडित बाल्टी निशुल्क रुपमा वितरण गरिएको छ । महिला तथा बालबालिकाहरुको पोषणमा सुधार ल्याउन र शुद्ध खानेपानी पिउनका लागि उक्त सामाग्रीहरु वितरण गरेको हो । सुनौलो हजार दिनमा सुत्केरी तथा गर्भवती महिला बालबालिकाको स्वास्थ्यमा सुधार ल्याउन, पोषण तत्व युक्त तरकारी खेती गर्न […]


साझाले थप २० नयाँ शहरी बस ल्याउँदै

काठमाडौँ, चैत २१ गते । साझा यातायातले काठमाडौँ उपत्यकामा २० वटा नयाँ शहरी (सिटी) बस थपेको छ । केही महीना पहिले बस खरीदका लागि भएको ठेक्का सम्झौताबमोजिम छिमेकी भारतबाट ती बस मगाइएको हो । साझाका प्रबन्धक महेन्द्रराज पाण्डेयले काठमाडौँ महानगरपालिका र ललितपुर महानगरपालिकाले संस्थाको शेयर खरीद गरेबापत प्राप्त रकमबाट नयाँ बस खरीद भएकोे हो । […]


मदिरा उत्पादन गर्ने भाँडा किन्दै स्थानीय सरकार

सुर्खेत, चैत २१ गते । पश्चिम सुर्खेतका पञ्चपुरी नगरपालिका र चौकुने गाउँपालिकाले स्थानीयवासीबाट अवैध घरेलु मदिरा उत्पादन गर्न प्रयोग हुने भाँडाकुँडा खरीद गर्न थालेका छन् । मदिरा नष्ट वा भाँडाकुँडा जफत गरेर उत्पादन नरोकिएपछि स्थानीय तहले सम्बन्धित घरधनीबाट भाँडाकुँडा खरीद गर्ने योजना ल्याएका हुन् । अवैध घरेलु मदिरा उत्पादन गर्नेले अब त्यस्ता सामग्री स्थानीय तहलाई […]


बिस्केट जात्रा दुई चरणमा

काठमाडौँ, चैत २१ गते । टोखामा यस वर्षको बिस्केट जात्रा आजदेखि शुरु भएको छ । प्रत्येक वर्ष घोडेजात्राको अघिल्लो दिन स्थानीय ठनेलाक्षी चोकमा लिङ्गो उठाएपछि जात्रा प्रारम्भ भएको मानिन्छ । यहाँको बिस्केट जात्रा दुई चरणमा मनाइन्छ । लिङ्गो ठडाएपछि तीन दिनसम्म गरिने धार्मिक गतिविधि पहिलो चरणमा पर्छ भने चैत मसान्तदेखि पाँच दिनसम्म गरिने पूजा तथा जात्रालाई […]


रेडियो नेपाल रुपान्तरित हुन्छ – मन्त्री बाँस्कोटा

काठमाडौँ, चैत २० गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले रेडियो नेपाल र नेपाल टेलिभिजनलाई गाभेर सार्वजनिक प्रसारण संस्था (पिएसबी) मा रुपान्तरित हुने भएकाले सोही अनुरुपको मनस्थिति बनाउन सम्बन्धित कर्मचारीलाई आग्रह गर्नुभएको छ । रेडियो नेपालको ६९ औँ वार्षिकोत्सवका अवसरमा आज सिंहदरबारमा आयोजित कार्यक्रममा मन्त्री बाँस्कोटाले प्राविधिकरुपमा आधुनिक र आर्थिकरुपमा सक्षम भई जनताका चाहना […]


महाकालीलाई शैक्षिक नगरी बनाइने

दार्चुला, चैत २० गते । दार्चुलाको महाकाली नगरपालिकालाई शैक्षिक नगरीको रूपमा विकास गरिने भएको छ । जिल्लाको सदरमुकाममा अवस्थित नगरपालिकालाई शैक्षिक केन्द्र रूपमा विकास गर्दै शैक्षिक नगरी बनाइने भएको हो । आगामी शैक्षिक सत्रबाट शैक्षिक नगरपालिकाको रूपमा विकास गर्ने उद्देश्यअनुरुप नगरपालिकाले शिक्षासँग सम्बन्धित सरोकावालासँग छलफल शुरु गरेको छ । नगरपालिकाको नौ वटै वडामा छलफल गरेपछि […]


कर्णाली प्रदेशमा ‘कारागारमा किताब अभियान’

सुर्खेत, चैत १९ गते । कर्णाली प्रदेशका १० जिल्लामा ‘कारागारमा किताब अभियान’ कार्यान्वयन तहमा जाने भएको छ । प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक महेशविक्रम शाहले आज पत्रकार सम्मेलनमार्फत पुस्तक अभियानका बारेमा जानकारी गराउनुभएको हो । हुम्ला र मुगुमा कारागार नभए पनि बाँकी आठ जिल्लाका कारागारका लागि आठ हजार ३८८ पुस्तक सङ्कलन गरिएको शाहले जानकारी […]


जनताको जलविद्युत्’मा रसुवागढी र साञ्जेन : सकारात्मक प्रभावको अपेक्षा

काठमाडौँ, चैत १९ गते ।चिलिमे जलविद्युत् आयोजनाले रसुवावासीको अनुहारमा ल्याएको खुशीले धेरैलाई जलविद्युत्को क्षेत्रमा लगानीका लागि आकर्षित ग¥यो । जलविद्युत्मा लगानी गर्दा फाइदा हुन्छ भन्ने मानक स्थापित गर्न सफल सो कम्पनीको शेयर धितोपत्र बजार ओरालो लाग्दासमेत फाइदा दिने अवस्थामा नै रहेको छ । नेपाली लगानीमा आयोजना निर्माण गर्न सकिन्छ भन्ने आत्मविश्वास जगाउन सफल सोही कम्पनीले […]


जालपादेवी मन्दिर पुर्ननिर्माण क्रममा मुर्ति फेला

काठमाडौँ, चैत १९ गते । की.न.पा. ६ चारघरेमा रहेको जालपादेवी मन्दिरको पुर्ननिर्माण गर्ने क्रममा एउटा मुर्ति भेटिएको छ । जालन्धर पीठ, पिशाचेश्वर महादेव, जालपादेवी मन्दिर गत २०७२ वैशाख १२ को भूकम्पबाट क्षति भएपछि स्थानीयहरुको पहलमा बृहत चारघरे धार्मिक समिति गठन गरी चरणबद्ध रुपमा पुर्ननिर्माण गर्ने निर्णय गरी मिति २०७५ फागुन ९ गतेबाट कार्यको सुरुवात गरिएको […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter