
काठमाडौँ, चैत २६ गते । साझा यातायातले शुरु गरेको ‘इ–टिकेटिङ’ प्रयोग गर्न चाहने यात्रुको सङ्ख्या बढिरहेको छ । ‘इ–टिकेटिङ’ बुझेका यात्रु सो सेवाप्रति आकर्षित भइरहेको साझाले जनाएको छ । परीक्षणका रूपमा साझाले दुई साता पहिले इ–टिकेटिङ शुरु गरेको थियो । भाडाका लागि दैनिक रकम तिर्नुका साटो कार्ड खरीद गरेर भाडा तिर्न सजिलो हुने साझाले जनाएको […]

काठमाडौँ, चैत २६ गते । अर्थमन्त्री डा युवराज खतिवडाले मुलुकमा राजनीतिक स्थिरता कायम भएकाले वैदेशिक लगानीकर्तालाई ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घले आज यहाँ आयोजना गरेको नेपाल र फ्रान्सका उद्यमीबीच छलफल कार्यक्रममा उहाँले देश औद्योगिकरणतर्फ उन्मुख गराउन सरकारले लगानीमैत्री नीति अवलम्बन गरेका कारण वैदेशिक लगानीकर्ताको लगानीलाई आवश्यक सुरक्षा दिने […]

काठमाडौँ, चैत २६ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले जीवन र धर्तीलाई अुनकूल हुने गरी एकीकृत वातावरणमैत्री बस्ती विकास योजना बनाई प्रभावकारी कार्यान्वयन गर्न सरकारलाई सुझाव दिनुभएको छ । ‘कोप २४’ मा नेपालको सहभागिता र उपलब्धिबारे आज वन तथा वातावरण मन्त्रालयले राष्ट्रपति भवन, शीतल निवामा आयोजना गरेको समीक्षा कार्यक्रममा उहाँले जलवायु अनुकूलनका लागि व्यापक दायरामा राखेर […]

भजनी, चैत २५ गते । कैलालीमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना समुदायस्तरमा प्रभावकारी बन्दै गएको छ । कैलालीको घोडाघोडी नगरपालिका, भजनी नगरपालिका, जानकी गाउँपालिका र जोशीपुर गाउँपालिकाको केही वडामा सञ्चालन भइरहेको सो परियोजनाको तेलहनबाली एकाइ जोनबाट किसानले लाभ लिइरहेका छन् । तेलहनबाली जोनअन्तर्गत तोरी र सूर्यमुखीको तेलहन खेतीमा परियोजनाले सहयोग गरिरहेको छ । परियोजना शाखा प्रमुख […]

हेटौँडा, चैत २५ गते । सङ्घीय सरकारले सफलतापूर्वक लगानी सम्मेलन सम्पन्न गरेको एक महीनाभित्रै प्रदेश नं ३ सरकारले पनि देशभित्रकै लगानीकर्तालाई आकर्षित गर्न सोही प्रकृतिको कार्यक्रम गर्ने भएको छ । लगानीकर्तालाई प्रदेशका विभिन्न क्षेत्रमा लगानी गर्न प्रेरित गर्ने भन्दै सरकारले निजी क्षेत्रका व्यवसायीलाई भेला पारेर लगानीका लागि अनुरोध गर्ने भएको हो । एक सय देखि […]

काठमाडाँै, चैत २५ गते । उपराष्ट्रपति नन्दबहादुर पुनले व्यापार घाटा न्यूनीकरण गर्दैै फालाम तथा स्टीलजन्य सामग्रीमा आत्मनिर्भर बन्न स्वदेशमै फालम र स्टीलको उत्पादन गर्नुपर्नमा जोड दिनुभएको छ । ग्रील तथा स्टील व्यवासयी महासङ्घ नेपालको आज राजधानीमा भएको २५ औँ वार्षिक साधारणसभा तथा आठौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उहाँले अपार सम्भावना रहेको फलाम खानीको उत्खनन् गरेर […]

काठमाडौँ, चैत २३ गते । ट्राफिक प्रहरीले उपत्यकाको ट्राफिक सुधारका लागि विभिन्न निकायको सहकार्यमा उपत्यकाभित्रका सडकको फुटपाथ अतिक्रमण हटाउने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले भर्खरै लागू गरेको ‘ट्राफिक व्यवस्थापन तथा प्रदूषण नियन्त्रण सुधार कार्ययोजना–२०७५’ अन्तर्गत जथाभावी हुने सडक फुटपाथ अतिक्रमण हटाउने भएको हो । महाशाखाले विभिन्न निकायको सहकार्यमा उपत्यकाको पुरानो वानेश्वरदेखि सिनामङ्गलसम्म, पिङ्गलास्थानदेखि […]

काठमाडौँ, चैत २३ गते । यस वर्षको वसन्त ऋतुको हिमाल आरोहणका लागि हालसम्म ४६ आरोही समूहले आरोहण अनुमति लिएका छन् । छयालीस आरोही समूहका १९३ आरोहीबाट आजसम्म रु २५ करोड ५६ लाख २८ हजार ८३७ रोयल्टी जम्मा भएको पर्यटन विभागले जनाएको छ । सो मध्ये सर्वोच्च शिखर सगरमाथाबाट मात्रै रु २३ करोड ९२ लाख ५७५ […]

यलु जोशी / काठमाडौँ, चैत २३ गते । तपाईंका बच्चाहरुको व्यवहारमा फरक पाउनुभएको छ ? यदि छ भने सावधान हुनुहोस् उनीहरूलाई मानसिक समस्या ‘मुड स्विङ्ग’ हुनसक्छ । ‘मुड स्विंग’ बच्चाको मानसिकतासँग जोडिएको समस्या हो । अभिभावकलाई आफ्नो बच्चाको यस्तो मनोवृत्तिबारे थाहा छ । तर, के भएको, उपचार के छ ? यसबारे भने थाहा नभएको कारण […]

लमजुङ, चैत २२ गते । लमजुङको मस्र्याङदी गाउँपालिका ३ खुदीबजारमा कृषि उपज संकलन केन्द्र र हाटबजार सञ्चालनमा आएपछि किसान खुसी भएका छन् । मस्र्याङ्दी बहुउद्देश्य कृषि सहकारी संस्थाले कृषि उपज संकलन केन्द्र तथा हाटबजार सञ्चालनमा ल्याएको हो । उक्त केन्द्रमा गाउँको पाखोबारीमा पाइने निउरो, सिस्नो, कुरिलोलगायत विभिन्न साग तथा बारीमा लगाएका काउली, बन्दा, गोलभेडा, मुला, […]