समाचार

सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट : काम नगरे पनि भुक्तानी

काठमाडौँ, चैत ३० गते । इम्बोस्ड नम्बर प्लेट जडानसम्बन्धी कार्यमा प्रभावकारी प्रगति हुन नसकेको र एक अन्तर्राष्ट्रिय खरीदकर्तासँग गरिएको सम्झौताले काम नै नगरे पनि भुक्तानी दिनुपर्ने अवस्थामा रहेको पाइएको छ । सरकारले देशभरका पच्चीस लाख सवारी साधनमा त्यस्तो नम्बर प्लेट जडान कार्य २०७४ भदौ ५ देखि शुरु भएको हो । त्यसका लागि सरकारले काम शुरु […]


आज चैतेदशैं र रामनवमी, देशभरका शक्तिपीठमा भक्तजनको भीड

काठमाडौँ, चैत ३० गते । हिन्दू धर्मालम्बीहरुले आज रामनवमी र चैतेदशैं पर्व मनाउँदै छन् । दशैं तथा रामनवमीको अवसरमा शनिबार बिहानैदेखि देशभरका शक्तिपीठमा भक्तजनको भीड लागेको छ । फरक–फरक दिनमा चैतेदशैं र रामनवमी पर्व पर्ने गरेको भए पनि यस वर्ष एकै दिन परेको पञ्चांग निर्णायक समितिले जनाएको छ । अष्टमीलाई पूर्वाह्न र नवमीलाई अपराह्नको समय […]


फेवा नव वर्ष महोत्सवको तयारी पूरा

पोखरा, चैत २९ गते । नयाँ वर्षको अवसरमा पश्चिमाञ्चल होेटल सङ्घले वर्षेनी आयोजना गर्दै आएको यस वर्षको ‘फेवा नव वर्ष महोत्सव २०७६’ को सम्पूर्ण तयारी पूरा भएको छ । आजदेखि पोखराको फेवा किनारस्थित कोमागाने पार्कमा हुने त्रिदिवसीय १६औँ संस्करणमा खाना, संस्कृति र सङ्गीतलाई विशेष जोड दिइएको सङ्घका अध्यक्ष विकल तुलाचनले जानकारी दिनुभयो । उहाँका अनुसार […]


स्कूलमा प्रचीन मुद्रा प्रदर्शन

साँखु, चैत २९ गते । काठमाडौँ कपन चुनिखेलका दुई युवाले सङ्कलन गरेका नेपाली तथा विदेशका प्राचीन मुद्रा विभिन्न स्कूलमा प्रदर्शनी गर्न शुरु गरेका छन् । बूढानीलकण्ठ नगरपालिका–१३ चुनिखेलका युवा सरोज श्रेष्ठ र दिनेश श्रेष्ठले सङ्कलन गरेका नेपाली पुराना मुद्रा र विदेशी मुद्राको प्रदर्शनी शुरु गरेका हुन् । प्राचीन वस्तुलाई जीवन्त बनाऔँ ९लेट अस मेक एन्टिक […]


वनस्पतिको व्यावसायिकखेती आवश्यक : मन्त्री बस्नेत

काठमाडौँ, चैत २९ गते । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले वनस्पतिको व्यावसायिकखेती विस्तार गर्न आवश्यक रहेको बताउनुभएको छ । वनस्पति विभागको ५९औँ वार्षिकोत्सव तथा २०औँ वनस्पति दिवसको अवसरमा उहाँले नेपालमा पछिल्लो समय खेतीयोग्य जमीन खाली रहेकाले ती स्थानमा जडीबुटीको व्यावसायिकरण गर्न जरुरी रहेको बताउनुभयो । “राज्यको एकल प्रयासले मात्र यो अभियान सम्भव हुदैन, निजी क्षेत्र […]


नेपाल टेलिकमको ‘चितुवा वर्ष’

काठमाडौँ, चैत २८ गते । “यस वर्ष नेपाल टेलिकमका लागि ‘चितुवा वर्ष’ हुनुपर्छ”,थान्को लागेर बसेका नौ दश परियोजना यसै साल सञ्चालन गर्ने भनेर जमर्को गरिएको सन्दर्भ कोट्याउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले भन्नुभयो, “जसभित्र तपाईँहरु सबैको कल्याण छ, देशको अनि संस्थाको पनि कल्याण छ ।” नेपाल टेलिकममा क्रियाशील नेपाल दूरसञ्चार कर्मचारी सङ्घ र नेपाल […]


ज्येष्ठ नागरिक र एकल महिला सम्मानित

ललितपुर, चैत २८ गते । गोदावरी, बडिखेलकी ९० वर्षीया टीकादेवी घिमिरे पहिलो पटक सार्वजनिक स्थानमा सम्मानित हुन पाउँदा खुशी देखिनुहुन्थ्यो । उहाँले पहिले त अरुको सामुन्ने आफूलाई मात्र किन मञ्चमा आसन ग्रहण गराएको होला भनेर पत्तोसमेत पाउनुभएन । आफूलाई लगाइदिएको माला र दोसल्ला नियाल्दै उहाँ जीवनमा पहिलो पटक यस्तो क्षण मिलेको भन्दै मख्ख देखिनुहुन्थ्यो । […]


सरकारले बनाएका घरले गाउँकै मुहार फेरियो

डोटी, चैत २७ गते । कुनै बेला घिचिमिची तथा जताततै फोहर देखिने जिल्लाको दिपायल सिलगढी नगरपालिका–४ को पिपल्ला तथा राजपुरस्थित ढोलपडा गाउँ हिजोआज निकै भिलिमिली र सफासुग्घर देखिन थालेको छ । झट्ट हेर्दा पर्यटकीयबस्ती जस्तो देखिने उक्त गाउँमा नेपाल सरकारको जनता आवास कार्यक्रमले स्थानीयवासीका घरनिर्माण गर्दा रमाइला देखिएका हुन् । गाउँभरीमा एकै नासका घर र […]


तीनसय वर्ष पुरानो पोखरीमा भरियो पानी

भक्तपुर, चैत २७ गते । मध्यपुरथिमि नगरपालिका–४ मा रहेको दुई पोखरी केही दिनअघिसम्म खेल मैदान बनेको थियो । धेरै वर्षसम्म झार र घाँसले ढोकेको यी पोखरी सरसफाइपछि केही वर्षयता मङ्सिरमा स्थानीयवासीले धान सुकाउन प्रयोग गर्ने र अन्य समयमा केटाकेटी खेल्ने मैदानको रूपमा परिणत हँुदै आएको थियो । तर निर्वाचनपछि जनप्रतिनिधिको जिम्मेवारी सम्हाल्नुभएको मध्यपुरथिमि नगरपालिकाका नगरप्रमुख […]


भक्तपुरमा आजबाट बिस्केटजात्रा शुरु

भक्तपुर, चैत २७ गते । नयाँवर्षको आगमनसंँगै शुरु हुने तान्त्रिक महत्व बोकेको यहाँको प्रसिद्घ ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेकोे लिच्छवीकालीन बिस्केटजात्रा आजदेखि भव्य रुपमा मनाइँदैछ । आज बिहान भैरबनाथको पूजा भएसँगै शुरु हुने यो जात्रामा दिउँसो स्थानीयवासीको पूजा सकिएर गुठी कार्यालयले ल्याएको सरकारी पूजा सकिएपछि रथ तानेर जात्रा शुरु भएको गुठी संस्थानका प्रमुख हरिप्रसाद सुवेदीले […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter