
काठमाडौँ, माघ २४ गते । यही माघ २६ देखि फागुन ११ गतेसम्म धनगढीमा हुने तेस्रो संस्करणको धनगढी प्रिमियर लिग ९डिपिएल० क्रिकेट प्रतियोगिताको विजेताले रु ३० लाख पाउने भएको छ । आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले विगतका संस्करणझैँ यसपटक पुरस्कार सर्वाधिक धनराशिको रहने जानकारी दिनुभयो । उहाँले प्रतियोगिताको पुरस्कार राशिमा २० प्रतिशत बढाइएको बताउँदै […]

नवलपरासी, माघ २४ गते । लुम्बिनीमा रहेका गौतमबुद्धसम्बन्धी पश्चिम नवलपरासीमा रहेका विभिन्न ऐतिहासिकस्थलमा पूर्वाधारको अभाव देखिएको छ । यी स्थलमा आवश्यक पर्ने भौतिक पूर्वाधारसहित सडक, होटल, यातायात प्राकृतिक सुन्दरताको व्यवस्थापनमा ध्यान पुग्न नसक्दा आएका पर्यटकलाई बसोबासमा ठूलो समस्या देखापरेको छ । पश्चिम नवलपरासीमा गौतमबुद्धको अष्टधातु रहेको रामग्राम स्तुप, गौतमबुद्धको मावलीस्थल पण्डितपुर र बौद्धकालीन ताललगायतका स्थल […]

काठमाडौँ, माघ २३ गते । सुन्दै अचम्म लाग्छ, एक दिवसीय र टि–२० अन्तर्राष्ट्रिय क्रिकेटमा शृङ्खला नै जितिसकेको नेपालमा एक दिवसीय शृङ्खला खेलाउने मैदान छैन भन्दा । एक दिवसीय मान्यता पाएको करिब एक वर्षको अवधिमा नेपाली क्रिकेटले दुईवटा अन्तर्राष्ट्रिय एक दिवसीय शृङ्खला खेल्यो, पहिलो शृङ्खला बराबरीमा सकियो तर दोस्रोमा नेपालले ऐतिहासिक जित नै दर्ता गरायो । […]

काठमाडौँ, माघ २३ गते । प्रतिनिधिसभाको बैठकमा सांसद र मन्त्रीबीच प्रश्नोत्तर गर्ने पाउने नयाँ अभ्यास शुरु भएको छ । सांसदहरुले जनजीविका र जनसरोकारका विषयमा सम्बन्धित मन्त्रीलाई प्रश्न गर्न पाउने सङ्घीय संसद् कार्यसञ्चालन नियमावलीले गरेको व्यवस्था कार्यान्वयनमा आएको हो । संसद् सचिवालयमा लिखितरुपमा प्रश्न राखेपछि सचिवालयले आवश्यकताका आधारमा मन्त्री र सांसदबीच प्रश्नोत्तर गराउने अभ्यास शुरु गरेको […]

परासी । पतञ्जली आयुर्वेद हरिद्वार भारतका अध्यक्ष तथा प्रबन्ध निर्देशक आयुर्वेद शिरोमणि आचार्य बालकृष्णले पश्चिम नवलपरासीको सुनवलस्थित बाबा बर्दगोरिया धाम क्षेत्रमा ‘आचार्यकुलम’ स्थापना गर्नुहुने भएको छ । साथै जडीबुटी उत्पादन प्रशोधन तथा आयुर्वेदिक केन्द्र, योग ग्राम स्थापना तथा वैदिक कृषिलगायतका कार्यक्रम सञ्चालनका लागि मङ्गलबार उहाँले बर्दगोरिया क्षेत्रको स्थलगत अध्ययन अवलोकन गर्नुभयो । आचार्यकुलम, गुरुकूल शिक्षाका […]

दार्चुला, माघ २१ गते । लेकम गाउँपालिका ३ का प्रेमराम पार्की (खलासी) बिहान ७ बजे उठी आफ्नो ट्युब बोकेर महाकाली किनार धाउनुहुन्छ । उहाँले महाकाली नदी किनार धाउन थाल्नुभएको डेढ वर्ष भन्दा बढी भयो । उहाँको दैनिकी महाकाली किनारमा गिट्टी कुट्नुसँगै नेपाल–भारत जाने यात्रुलाई ट्युबबाट वारपार गराउनु हो । ट्युबको सहारामा वारिपारि यात्रुलाई ओसारे वापत […]

रत्ननगर, माघ २१ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले मानवीय जीवन पद्धतिलाई समृद्ध पार्न शिक्षाले ठूलो भूमिका खेलेको बताउनुभएको छ । चितवनको नारायणगढस्थित आदिकवि भानुभक्त माध्यमिक विद्यालयको स्वर्ण महोत्सव समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले ‘‘मानवीय जीवन पद्धतिलाई समृद्ध पार्न शिक्षाले ठूलो भूमिका खेलेको छ” भन्नुभयो । “शिक्षाले ज्ञान र सामाजिक चेतना प्रवाह गर्दै भातृत्व, सामाजिक सद्भाव र […]

पर्वत, माघ २१ गते । बाबुको मृत्युपछि आफ्ना नाबालक छोराछोरीलाई छाडेर आमाले नै दोस्रो विवाह गर्दा बिचल्लीमा परेका यहाँका तीन बालकलाई पाँच आना घडेरी प्रदान गरिएको छ । पर्वतका प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले तीन बालकलाई विभिन्न सहयोगी खोजेर घडेरी पास गरिदिनुभएको हो । बालक विचल्ली भएको समाचार गत पुस १९ गते राष्ट्रिय समाचार समितिमा […]

इलाम, माघ २१ गते । चिया विषयमा पढाइ हुने भएपछि इलामवासी उत्साहित भएका छन । इलाम सूर्योदय नगरपालिकाले माध्यमिक तहमा चिया विषयलाई पाठ्यक्रमको रूपमा लागू गर्ने योजना अघि बढाएसँगै यस विषयमा पढाइ हुनेभएको छ । इलाम चियाको केन्द्रका रुपमा मानिन्छ । इलाममा १५५ वर्षअघि चिया रोपेको र सोहि वेलादेखि यहाँ चिया खेती हुने गरेको छ […]

मधुसुधन तिमल्सिना / काभ्रे, माघ २० गते । राष्ट्रिय किसान आयोगका सदस्यहरू काभ्रेका किसानको समस्या बुझ्न खेतबारीमै पुगेका छन् । पाँचखाल नगरपालिकाका किसानले केही हप्ता अगाडि इँटा र प्लाइ उद्योगका कारण हरियो तरकारीले बजार नपाएको भन्दै सडकमा फ्याकेर विरोध प्रर्दशन गरेपछि राष्ट्रिय किसानका आयोगका सदस्य (कृषि विज्ञ) उदयचन्द्र ठाकुर र मीना तामाङ कृषकको खेतबारीमै पुग्नुभएको […]