
काठमाडौँ, पुस १९ गते । नख्खु कारागारमा निर्माणाधीन मनोसामाजिक अस्पताल छिट्टै सञ्चालनमा आउने भएको छ । कारागारभित्रै खोलिएको यसप्रकारको यो पहिलो अस्पताल हो । अस्पतालको भवन निर्माण सम्पन्न भइसकेको र कारागार व्यवस्था विभागले दरबन्दी स्वीकृत गरिसकेकाले आगामी वैशाखदेखि सञ्चालनमा आउने कारागार प्रशासनले जनाएको छ । कारागारमा मानसिक रोगी कैदीबन्दीको सङ्ख्या बढिरहँदा दुई वर्षदेखि अस्पतालको निर्माण […]

काठमाडौँ, पुस १९ गते । सरकारले निजामती कर्मचारीको समायोजन नमिलाएसम्म लोकसेवा आयोगको काम प्रभावित हुन सक्ने देखिएको छ । लोकसेवा आयोगले समायोजनमा जान नपर्ने कर्मचारीको पदपूर्तिको कामलाई निरन्तरता दिइरहेको आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले बताउनुभयो । उहाँले भन्नुभयो, “समायोजनमा लैजानुपर्ने कर्मचारीको पदपूर्ति कहिले हुने भन्ने सरकारले निर्णय गरेको छैन ।” आयोगको वार्षिक पात्रोअनुसार पुस महीनामा […]

काठमाडौँ, पुस १८ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणका कामले तीव्रता लिने बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) झापाका नेता तथा स्थानीय तहका जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतसँगको भेटमा उहाँले कतिपय विकास निर्माणका योजना सङ्घ वा प्रदेश कसले सञ्चालन गर्ने भन्ने द्विविधाका कारण कामले गति लिन नसके पनि […]

सुर्खेत, पुस १८ गते । बाहिर कठ्याङ्ग्रिँदो ठण्डी । भित्र बाफिलोे गर्मी । लगातार काम गर्दा खल्खल्ती पसिना आउनु स्वभाविकै हो, त्यो भन्दा बढी ज्यानकै जोखिम मोलेर राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना पूरा गर्न प्रविधिज्ञ र मजदूर खटिइरहेका छन् । सुरुङभित्र हरेक दिन दिउँसो १ देखि बिहान ७ बजेसम्म र बिहान ७ देखि […]

भोजपुर, पुस १८ गते । जिल्लाको आमचोक गाउँपालिकाले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र असक्तलाई सवारीसाधनमा छुट गराएको छ । गाउँपालिकाले यातायात व्यावसायीसँग सहकार्य गरेर त्यस्ता व्यक्तिलाई ५० प्रतिशत छुट दिने व्यवस्था गरेको गाउँपालिका अध्यक्ष अशोक राईले जानकारी दिनुभयो । छुटको व्यवस्था कार्यान्वयनका लागि ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा असक्तलाई तत्काल परिचयपत्र दिने गाउँपालिकाले […]

काठमाडौँ, पुस १७ गते । “ नेपाल ट्रष्टमा रहेको तत्कालीन राजा वीरेन्द्रको सम्पति सर्वोच्च अदालतले प्रेरणाको दाइजो भनेर कसरी फैसला ग¥योरु ’’ भन्ने सांसद निरुदेवी पालको सवालमा प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको जवाफ थियोे, “कानून आउनुभन्दा अगाडि नै पूर्व राजा ज्ञानेन्द्र शाहले छोरी प्रेरणालाई उक्त सम्पति दाइजो दिइसक्नुभएको थियो ।” यो सवाल र जवाफ संसदीय सुनुवाइ […]

बेनी, पुस १७ गते । म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना)ले महिला र बालबालिकाको क्षेत्रमा काम गर्ने गरी रु एक करोडको अक्षयकोष स्थापना गरेको छ । जिल्लामा महिला तथा बालबालिकाको हितमा उपयोग गर्ने गरी स्थापना गरिएको सो अक्षयकोषमा अहिलेसम्म करीब रु ९० लाख सङ्कलन भइसकेको मोना अन्तर्राष्ट्रियका अध्यक्ष चक्रबहादुर थापाले जानकारी दिनुभयो । दरबाङमा सम्पन्न मोनाको […]

गोदावरी, पुस १७ गते । नेपालले आगामी वैशाखमा आफ्नै भूउपग्रह प्रक्षेपण गर्ने भएको छ । जापानको क्युटेक विश्वविद्यालयमा स्नातकोत्तर र विद्यावारिधिको शोध गरिरहेका दुई नेपाली इञ्जिनीयरको सहयोगमा पहिलो पटक आफ्नै भूउपग्रह प्रक्षेपण गर्न लागिएको हो । ‘बर्डस थ्री’ नामक भूउपग्रह निर्माण तथा प्रक्षेपण गर्न सरकारले ती विद्यार्थीलाई रु दुई करोड उपलब्ध गराएको नेपाल विज्ञान तथा […]

सिन्धुपाल्चोक, पुस १६ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले अब विद्यालय र कलेजको पाठ्यक्रममा जलवायु परिवर्तन र यसको अनुकूलनका विषय समावेश गर्नुपर्ने बताउनुभएको छ । जिल्ला समन्वय समिति (जिसस) महासङ्घको आयोजना र जिसस सिन्धुपाल्चोकको मुख्य व्यवस्थापनमा आजदेखि सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–९, ज्यामिरे गुफाडाँडामा शुरु भएको ‘राष्ट्रिय जलवायु सम्मेलन–२०७५’ को उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले सो धारणा राख्नुभएको हो […]

लमही, पुस १६ गते । बिहान १० बजेको थियो । अन्य दिनजस्तै आज पनि तुलसीपुर उपमहानगरपालिका–७ मा रहेको मावि कालाखोलाका विद्यार्थी प्रार्थना गरिरहेका थिए । त्यतिबेला प्रदेश नं– ५ का मुख्यमन्त्री शङ्कर पोखरेल, प्रदेशसभा सदस्य उत्तरकुमार वली, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेलगायत अन्य अतिथि विद्यालयमा पुग्नुभयो । विद्यार्थी प्रार्थना गरिरहेकै बेला औपचारिक कार्यक्रमको आयोजना गरियो […]