समाचार

वैदेशिक सहायता बढ्यो, पारदर्शिता सहयोग परिचालनको मूलमन्त्र

काठमाडौँ, माघ २ गते । मुलुकको विकास–निर्माणका निम्ति अन्तर्राष्ट्रिय समुदायबाट निरन्तर सहायता प्राप्त भइरहेको छ भने त्यसको मात्रामा पनि उल्लेख्य वृद्धि भएको छ । नेपालको सामाजिक–आर्थिक विकासका द्विपक्षीय एवं बहुपक्षीय साझेदारले अघिल्लो आर्थिक वर्षमा अधिक सहायता परिचालन गरेका र त्यो आव २०७३/७४ को तुलनामा १६ प्रतिशतले बढेको छ । त्यसैगरी अघिल्लो आवको तुलनामा ऋण सहायतामा […]


बालविवाह विरुद्धको अभियानमा किशोरीहरु

बैतडी, माघ २ गते । पाँच वर्ष अगाडि बैतडी सबैभन्दा बढी बालविवाह हुने पाँच जिल्ला भित्र पर्दथ्यो । बालविवाहका कारण समाजमा विभिन्न समस्या निम्तिन थालेपछि स्वयं किशोरीहरु यस कुरीति विरुद्धको अभियानमा सक्रिय भएर लागेका छन् । बालविवाहका कारण महिलाले थुप्रै किसिमका हिंसाहरु खेप्नुपरेको भन्दै बैतडीका किशोरीहरु बालविवाह विरुद्धको अभियानमा जुटेका हुन् । बालविवाह विरुद्ध आफूहरुले […]


प्रधानमन्त्रीद्वारा सम्पदा पुनःनिर्माणको अवलोकन

ललितपुर, माघ २ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले आज पाटन दरबार क्षेत्रको अवलोकन भ्रमण गरी त्यस क्षेत्रको सम्पदाको पुनःनिर्माणको अवस्थाका बारेमा जानकारी लिनुभएको छ । २१औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनको आग्रहमा विसं २०७२ को भूकम्पले क्षतिग्रस्त बनाएका स्मारकको पुनःनिर्माणको प्रगतिको अवलोकन गर्न प्रधानमन्त्री ओलीले यस स्थानको भ्रमण गर्नुभएको […]


इजरायलले नेपाली कामदारको कोटा बढाउने

काठमाडौँ, माघ १ गते । ठूलो सङ्ख्यामा नेपाली कामदारलाई रोजगारीको अवसर प्रदान गर्न इजरायल सरकार सकारात्मक देखिएको छ । नेपाली कामदार मिहेनती, इमान्दार र अनुशासित भएका कारण नेपाली कामदारको सङ्ख्या बढाउन इजरायल सरकार सकारात्मक भएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टसँग नेपालका लागि इजरायलका राजदूत बेन्नी अमेरले आज गर्नुभएको भेटमा नेपाली कामदारलाई […]


पर्यटनमन्त्री भारतमा ः हवाई मार्गबारे कुराकानी हुने

काठमाडौँ, माघ १ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी भारतको मुम्बईमा आयोजना हुने ‘ग्लोवल एभिएसन समिट–२०१९’ मा सहभागी हुन त्यसतर्फ प्रस्थान गर्नुभएको छ । जनवरी १५ देखि १६ सम्म आयोजना हुने उक्त समिटमा सहभागी हुन मन्त्री अधिकारी सोमबार साँझ भारत जानुभएको उहाँको निजी सचिवालयले जनाएको छ । मन्त्री अधिकारीसहित पर्यटन मन्त्रालयका […]


प्लाष्टिक झोलामुक्त उपमहानगर

तुलसीपुर,माघ १ गते । तुलसीपुर उपमहानगरपालिकालाई आजदेखि प्लाष्टिक झोलामुक्त उपमहानगर घोषणा गरिएको छ । उपमहानगरलाई वातावरणमैत्री नगर बनाउन यस्तो घोषणा गरिएको नगरप्रमुख घनश्याम पाण्डेले जानकारी दिनुभयो । “प्लाष्टिकले वातावरण प्रदूषण हुनुका साथै मानव स्वास्थ्यमा पनि गम्भीर असर पार्ने भएकाले यस्तो घोषणा गरिएको हो”, उहाँले भन्नुभयो । त्यस्तै प्लाष्टिकका गिलास, थाल, प्लेट र कचौरा समेतमा बन्देज […]


ऋणको विवरण उपलब्ध गराउन राष्ट्र बैंकको निर्देशन

काठमाडौँ, पुस ३० गते । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई आफूले स्वीकृत गरेको सम्पूर्ण ऋण तथा सुविधाका बारेमा विवरण पठाउन निर्देशन दिएको छ । बैंकले आज एक सूचनामार्फत ‘क’ ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई ९० दिनभन्दा बढीले भाखा नाघेका सम्पूर्ण कर्जाका बारेमा समेत जानकारी दिन आग्रह गरेको छ । प्रत्येक […]


चाकु व्यवसायीलार्ई भ्याइनभ्याइ

बनेपा, पुस ३० गते । काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका– ४ लामीडाँडाका चाकु व्यापारीलाई हिजोआज चाकु बनाउन भ्याइनभ्याइ भएको छ । माघेसङ्क्रान्ति नजिकिँदै गर्दा बजारमा यसको माग बढी हुने भएकाले यतिखेर चाकु व्यवसायी निकै ब्यस्त रहेको देखिन्छ । विगत १५ वर्षदेखि सो व्यवसाय गर्दै आएका पाँचखाल नगरपालिका–४ लामीडाँडाका विष्णुपुकार श्रेष्ठले दैनिक १०० किलोदेखि १५० किलोसम्म चाकु बिक्री […]


विसं २०७६ का पात्रो माघ १५ सम्म प्रकाशन हुने

काठमाडौँ, पुस ३० गते । विसं २०७६ का पात्रो (पञ्चाङ्ग) माघ १५ गतेभित्र प्रकाशित भई बजारमा आउने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । विभिन्न चाड पर्व, विवाह, व्रतबन्ध जस्ता धार्मिक कर्म गर्ने मुहूर्त पात्रोमा दिइने भएकाले आम मानिसले छिटो बजारमा ल्याउनुपर्ने माग गर्ने गरेका छन् । समितिको बैठकले यस वर्ष जस्तै आगामी वर्षमा पनि […]


न्यायालय प्रति जनताको विश्वास बढ्ने छ : कानूनमन्त्री ढकाल

विराटनगर, पुस २९ गते । कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले न्यायालयमा देखापरेका विकृति हटाउन सरकार योजनाका साथ अघि बढेको बताउनुभएको छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयद्वारा आज यहाँ आयोजित मुलुकी देवानी संहिता र मुलुकी अपराध संहितासम्बन्धी अन्तरक्रिया शुभारम्भका क्रममा उहाँले व्यक्तिको स्वतन्त्रताको हकलाई सुरक्षित पार्न सरकार सचेत भइ संविधानबमोजिम मौलिक हकलगायत […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter