
काठमाडौँ, माघ ५ गते । प्रधानमन्त्री केपी शर्मा ओली स्वीट्जरल्याण्डको डाभोसमा हुने विश्व आर्थिक मञ्चको ४९ औँ वार्षिक बैठकमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज राति त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ । यही माघ ८ देखि ११ गतेसम्म हुने उक्त वार्षिक बैठकका दुई सत्रलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । स्वीट्जरल्याण्ड […]

काठमाडौँ, माघ ५ गते । प्रारम्भिक बाल विकासका क्षेत्रमा उल्लेखनीय योगदान दिएबापत सेतो गुराँस राष्ट्रिय बाल विकास सेवाका केन्द्रका संस्थापक अध्यक्ष अगाथा पाख्रिन थापा सम्मानित हुनुभएको छ । प्रारम्भिक बाल विकासका लागि सांसदको सहकार्य समन्वय समूहद्वारा आज यहाँ आयोजित कार्यक्रममा सभामुख कृष्णबहादुर महराले संस्थापक अध्यक्ष थापालाई सम्मान गर्दै बालअधिकार संरक्षणमा सबै क्षेत्र गम्भीर बन्नुपर्छ भन्नुभयो […]

काठमाडौँ, माघ ५ गते । पर्याप्त सम्भावना भए पनि उत्पादन हुन नसक्दा चालु आर्थिक वर्षको पहिलो पाँच महीनामा ४२ लाख ८९ हजार ७३८ केजी तयारी मासु तथा माछा आयात भएको छ । भन्सार विभागले प्रस्तुत गरेको चालु आर्थिक वर्षको आयात विवरणमा पाँच महीनामा करीब रु ८५ करोड ५६ लाख दुई हजार मूल्य बराबरको हाडरहित मासु, […]

पर्वत, माघ ५ गते । नेपालमा दिन प्रतिदिन मुटुरोगका बिरामी बढ्दै गइरहेका छन् । कुल जनसङ्ख्याको १० देखि १५ प्रतिशत मुटुरोगी रहेको तथ्याङ्क देखिन्छ । जन्मजात मुटुरोगीको सङ्ख्या एक प्रतिशत रहेको छ । मानिसले सामान्य आफ्नो जीवनशैलीमा लापर्वाही गर्दा पनि मुटुरोगबाट ग्रसित हुने गरेको वरिष्ठ मुटुरोग विशेषज्ञ डा अनिल भट्टराईले बताउनुभयो । उहाँले जीवनशैली र […]

रत्ननगर, माघ ४ गते । नेपाली भूमिमा अमन्दानीको सम्भावना नदेखेर विदेश पलायन हुनेहरूको सङ्ख्या दिन प्रतिदिन बढ्दो छ तर केही यस्ता युवा पनि छन्, जसले विदेशमा सिकेका सीपलाई स्वदेशमा प्रयोग गरेर मनग्य आम्दानी गर्नाका साथै केहीलाई लागि रोजगार पनि बनाउन थालेका छन् । दश वर्षअघि नेपालबाट अष्ट्रेलिया पुग्नुभएका स्याङ्जा निवासी राम केसी र सागर वगालेले […]

हेटौँडा, माघ ४ गते । प्रधानमन्त्री रोजगार कार्यक्रम ३ नं प्रदेशबाट शुरु गर्ने तयारी भइरहेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । सरकारले उक्त कार्यक्रमका लागि रु तीन अर्ब १० करोड चालू आवमा विनियोजन गरेको छ । चालू आवको नीति तथा कार्यक्रम समावेश भएको उक्त कार्यक्रम यसै आवदेखि शुरु गरिने मन्त्रालयद्वारा जारी विवरणमा […]

बेझाड, पाल्पा, माघ ३ गते । रामपुर नगरपालिका–५ सुन्दरटोल बस्ने पार्वती न्यौपानेको आम्दानीको बाटो केही पनि थिएन । तरकारी खेती र कुखुरापालन व्यवसाय गर्ने सोच बनाएर आफन्त, साथीभाइ सबैसँग ऋणका लागि गुहार्नुभयो तर, कसैले पत्याएन । उहाँलाई छोराछोरीको पढाइ खर्च, घरव्यवहार चलाउन निकै कठिन थियो । कमाउने कोही नहुँदा आफन्त साथीभाई सबै टाढिए । गाउँमै […]

विराटनगर, माघ ३ गते । व्यावसायिक स्ट्रेबेरी खेती गर्नका लागि विराटनगरमा शुरु गरिएको अनुसन्धान सफल भएको छ । तराईमा स्ट्रबेरी खेतीको सम्भावना अनुसन्धानका लागि ललितपुर महानगरपालिका १४ नखुडोलका युवा कृषकले गर्नुभएको प्रयोग सफल भएको हो । विराटनगर महानगरपालिका १२ बखरीमा नखुडोलका ३६ वर्र्षीय ससन टेवकोटाले गत कात्तिक २२ गते स्ट्रबेरी खेती थाल्नुभएको थियो । स्थानीय […]

ताप्लेजुङ, माघ ३ गते । अलैँचीको मूल्य बढेर प्रतिमन १ लाख २० हजार रुपैयाँमा कारोबार हुन थालेपछि ताप्लेजुङको सिरिजंघा गाउँपालिका–७ खेवाङका कृषक रनबहादुर सार्की हौसिनुभयो । झण्डै सात लाख रुपैयाँ लगानी थपेर उहाँले अलैँची खेती विस्तार पनि गर्नुभयो । साहुबाट महङ्गो ब्याज दरमा ऋण लिनुभएका सार्कीले ६ लाख रुपैयाँ जति त सिँचाइ पाइप खरिद मै […]

काठमाडौँ, माघ ३ गते । “सम्पूर्ण बैंकिंग तथा बित्तिय समस्याको सामाधान” भन्ने मूल नारा का साथ खुलेको बैंकिंग एंड फाइनान्सियल सोलुशन प्रा. लि. ले मुलत: बित्तिय सँस्था संग सम्बन्धित जुनसुकै समस्याको समाधान गर्न ग्राहकवर्गलाइ मद्दत गर्ने दाबि गरेकोछ। आजको दिनमा जो कोहि लाइ पनि जग्गा जमिन जोड्ने, घर बनाउने, आम्दानि को स्रोत का लागि ब्यबसाय संचालन […]