समाचार

नमूना खुला चिडियाखाना निर्माणले गति लियो

पोखरा, पुस २६ गते । तालै तालको बगैँचा शहर पोखराको पचभैयामा बन्दै गरेको अन्तर्राष्ट्रियस्तरको खुला चिडियाखानाको निर्माण कार्य अघि बढेको छ । पोखरामा मानव निर्मित खुला चिडियाखाना हुनुपर्छ भन्ने अवधारणासाथ पोखरा युनाइटेड क्लबको सक्रियतामा पोखरा महानगरपालिकाको वडा नं ३०, ३१ र ३२ स्थित पचभैया चापापानी, चिसाकुना र चैनपुर सामुदायिक वन समेटेर निर्माण कार्य बढाइएको हो […]


बोटबाटै सुन्तला बिक्री

बलेवा, पुस २५ गते । बारीभरि लटरम्म फलेको सुन्तला यहाँका किसानको मुख्य आयस्रोत हो । कोदो फल्ने बारी र धान फल्ने खेत मासेर किसानले सुन्तलाको बगान बनाएका छन् । बागलुङ नगरपालिका–८ सिगानाका किसानलाई यतिबेला सुन्तला बेच्न भ्याइनभ्याई छ । सुन्तला बिक्री गर्न किसान हतारमा छन् । समयमै सुन्तला नटिपे नयाँ फुल नलाग्ने र अर्को वर्ष […]


दुवै आँखा नदेख्ने दर्जीको सहारा : लट्ठी र हथौडा

गलेश्वर, पुस २५ गते । म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोट फापरखेतका दुवै आँखा नदेख्ने आइतबहादुर दर्जीको हातमा सधँै एउटा लट्ठी र हथौडा हुन्छ । दृष्टिविहीन दर्जी विगत पाँच वर्षदेखि एकाबिहानै एउटा हातले लट्ठी टेकेर र अर्को हातले हथौडा बोकेर घरबाट निस्कनुहुन्छ । गाउँमा निर्माण हुने विद्यालय भवन र व्यक्तिगत घरको लागि गिट्टी कुटेर गुजारा चलाउनु उहाँको […]


भूकम्पपीडितबाट अनुदान फिर्ता

सोलुखुम्बु, पुस २४ गते । भूकम्पपीडितले लिएको अनुदान रकम धमाधम फिर्ता गर्न थालेका छन् । पीडितले पहिलो किस्ताबापतको अनुदान रकम फिर्ता गरेका हुन् । तत्काल घर निर्माण गर्न नसक्ने भन्दै उनीहरुले प्राधिरणलाइनै अनुदानबापतको रु ५० हजार फिर्ता गरेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला कार्यान्वयन एकाइ सोलुखुम्बुले जनाएको छ । जिल्लाको लिखुपिके गाउँपालिका–९ का जाङ्बु शेर्पाले आइतबार […]


‘बुद्धिष्ट इन्टरनेशनल ट्राभल मार्ट’को तयारी अन्तिम चरणमा

काठमाडौँ, पुस २४ गते । नेपालमा पहिलोपटक हुन लागेको ‘बुद्धिष्ट इन्टरनेशनल ट्राभल मार्ट’को सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आयोजना, नेपाल पर्यटन बोर्डको सहकार्य तथा नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाट्टा)ले कार्यान्वयन गर्ने उक्त मार्टको तयारी अन्तिममा पुगेको हो । लुम्बिनीलाई विश्वकै महत्वपूर्ण पर्यटकीय गन्तव्यका रुपमा […]


तिलौराकोट दरबार क्षेत्रमा उत्खनन्

तौलिहवा, पुस २४ गते । गौतमबुद्धका पिता राजा शुद्धोधनको प्रशासनिक राजदरबार क्षेत्र प्राचीन तिलौराकोटमा उत्खनन् तथा अन्वेषण थालिएको छ । युनेस्कोको आर्थिक सहयोगमा तिलौराकोट दरबार क्षेत्रमा यस वर्षको उत्खनन् कार्यको शुरुआत गरिएको हो । तिलौराकोट दरबार क्षेत्रको पूर्वी द्वार बाहिरको कन्थक स्तुपको उत्खनन् पनि यसै वर्ष सम्पन्न गरिने लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्रेयले जानकारी […]


टेलिकमलाई प्रतिस्पर्धी र व्यावसायिक बनाइने

काठमाडौँ, पुस २३ गते । नेपाल टेलिकमका नवनियुक्त प्रबन्ध निर्देशक डिल्ली अधिकारीले पदभार ग्रहण गर्नुभएको छ । सरकारले हालैमात्र खुला प्रतिस्पर्धाबाट अधिकारीलाई टेलिकमको प्रबन्ध निर्देशकमा नियुक्त गरेको हो । टेलिकमको मुख्यालय भद्रकाली प्लाजामा आज कर्मचारीले उहाँको स्वागत गरेका थिए । पदभार ग्रहणपछि प्रबन्ध निर्देशक अधिकारीले व्यावसायिक संस्थाका रुपमा टेलिकमलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । […]


अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा नेपालको चुनौती

काठमाडौँ, पुस २३ गते । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एशिया प्यासिफिक सम्मेलनमा होली वाइन र क्रिश्चियनसँग आफूलाई जोडेर आएका विषयलाई पुष्टि गर्न चुनौती दिनुभएको छ । प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आजको बैठकमा एशिया प्यासिफिक सम्मेलनमा सरकारको संलग्नता र विदेशमा भएको यसको प्रचारबारे सदस्यले उठाउनुभएको प्रश्नको जवाफ दिँदै उहाँले क्रिश्चियन धर्मको प्रचारक बन्न खोज्यो भन्ने ढङ्गबाट गरिएको […]


‘वल्र्ड रेकर्ड’ कायम गर्न सफल केसी सम्मानित

काठमाडौँ, पुस २३ गते । लगातार ९० घण्टा दुई मिनेट भाषण गरेर ‘गिनिज वल्र्ड रेकर्ड’ कायम गर्न सफल अनन्तराम केसीलाई आज यहाँ सम्मान गरिएको छ । व्यक्तित्व विकास मनोशक्ति जागरण अभियानले आज यहाँ आयोजना गरेको कार्यक्रममा प्रतिनिधिसभाका सांसद हितबहादुर तामाङ र पूर्वपर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले केसीलाई संयुक्त रुपमा सम्मान गर्नुभयो । कार्यक्रममा वल्र्ड […]


युनिभर्सल तथा न्यु समिट कलेजमा रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौँ, पुस २३ गते । काठमाडौँको शान्तिनगरमा रहेको युनिभर्सल तथा न्यु समिट कलेजमा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ । उक्त रक्तदान कार्यक्रमको आयोजना युनिभर्शल तथा न्यु समिट कलेजको कम्युनिटी क्लबले गरेको हो । आज बिहान ९ बजे देखि गर्ने भनिएको कार्यक्रम पानी परेका कारण १ घण्टा पर सरेको थियो । कार्यक्रम कलेजको सभाहलमा भएको […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter