समाचार

जलवायु परिवर्तन असरका विषयलाई प्राथमिकता

काठमाडौँ, मङ्सिर १२ गते । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धिको पक्ष राष्ट्रको २४औँ सम्मेलन ९कोप–२४० मा जलवायु परिवर्तनका असर बारेका विषयलाई प्राथमिकताका साथ उठाइने बताउनुभएको छ । संयुक्त अधिराज्य बेलायतको अन्तर्राष्ट्रिय विकास विभाग ९डिएफआइडी० को प्रतिनिधिमण्डलसँग आज मन्त्रालयमा भएको भेटमा उहाँले जलवायु परिवर्तनमा बढी योगदान रहेका राष्ट्रहरु, नेपालजस्ता […]


‘राष्ट्रप्रमुखको सुरक्षाका लागि सवारी साधन खरीद गर्न लागिएको हो’

काठमाडौँ, मङ्सिर १२ गते । राष्ट्रपति, उपराष्ट्रपतिजस्ता सम्मानित पदमा नेपाली जनताका छोराछोरी जो कोही पनि पुग्न सक्छन् । यस्ता संस्था लोकतान्त्रिक गणतन्त्रका आधार स्तम्भ हुन् । जनताको त्याग, बलिदानबाट प्राप्त संस्थालाई संस्थागत गराउनु सरकार र नागरिकको दायित्वसमेत हो । सोही दायित्वलाई पूरा गर्ने लक्ष्यका साथ सरकारले चार थान सवारी साधन खरीद गर्न लागिएको सरकारले दावी […]


सिन्धुलीको जुनार– यात्रुको मुख्य कोसेली बन्दै

खनियाँखर्क, सिन्धुली, मङ्सिर ११ गते । यहाँ महाभारत क्षेत्रका किसानलाई जुनार टिपेर बजारमा पु¥याउन अहिले भ्याइनभ्याइ छ । यस क्षेत्रका गाउँबस्तीका बारी र बगैँचा अहिले जुनार पाकेर पहेँलपुर देखिएको छ । किसानका अधिकांश बगैँचामा अहिले जुनार लटरम्म देखिन्छन् । अघिल्लो वर्ष जिल्लामा आठ हजार ६१३ मेट्रिक टन जुनार उत्पादन भएकामा अनुकूल हावापानीका कारण यो वर्ष […]


कोटेश्वर–कलङ्की सडक निर्माण सम्पन्न

सञ्चिता धिमिरे / काठमाडौँ, मङ्सिर ११ गते । कोटेश्वर–कलङ्की सडकको निर्माण कार्य सकिएको छ । सडक निर्माणको काम पूरै सकिएको काठमाडौँ चक्रपथ सुधार योजनाका इञ्जिनीयर निरञ्जन शर्मा अर्यालले बताउनुभयो । दश दशमलव चार किलोमिटर लामो यो सडक निर्माणको काम चिनियाँ सरकारको सहयोगमा चिनियाँ निर्माण कम्पनी सङ्घाई कन्सट्रक्सन गु्रपले गरेको हो । “सडक निर्माण कार्य सकिएपछि […]


प्रतिष्ठानको दीर्घकालिन विकासमा जोड दिन्छौं ः उपराष्ट्रपति पुन

सुर्खेत, मङ्सिर ११ गते । उपराष्ट्रपति नन्दबहादुर पुनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको दीर्घकालीन विकासमा जोड दिने बताउनुभएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको नर्सिङ् डिन अफ स्कूलअन्तर्गत स्नातक तह ‘मिडवाइफेरी’ कार्यक्रमको उद्घाटन गर्न जुम्ला पुग्नुभएका उपराष्ट्रपति पुनले हिमाली क्षेत्रमा नेपालकै मोडेल स्वास्थ्य विश्वविद्यालयका रुपमा प्रतिष्ठानलाई स्थापित गरिने बताउनुभयो । “हिमाली क्षेत्रमा अपेक्षा गरेभन्दा […]


२० खर्ब ३३ अर्बको लगानी;  विदेशी लगानी रु. दुई खर्ब ६८ अर्ब

  काठमाडौँ, मङ्सिर १० गते । नेपालको उद्योग क्षेत्रमा रु. २० खर्ब ३३ अर्ब लगानी भएको उद्योग विभागले जनाएको छ । दर्ता भएका कुल तीन लाख ४५ हजार ३९३ उद्योगमा भएको रु. २० खर्ब ३३ अर्ब लगानीमध्ये ५५ प्रतिशत बढी रकम ऊर्जाजन्य उद्योगमा लगानी रहेको विभागका महानिर्देशक विनोदप्रकाश सिंहले जानकारी दिनुभयो । विभागका अनुसार नेपालका एक हजार […]


त्रिचालीस हजारलाई स्मार्ट लाइसेन्स

कैलाली, मङ्सिर १० गते । आर्थिक वर्ष २०७४÷७५ को साउन महीनादेखि वितरण शुरु गरेको सेती अञ्चल यातायात व्यवस्था कार्यालय धनगढीले हालसम्म झण्डै ४३ हजार जनालाई स्मार्ट लाइसेन्स वितरण गरेको छ । सेती अञ्चल यातायात व्यवस्था कार्यालयका प्रमुख विसनसिङ थापाले चालु आव २०७५÷७६ को कात्तिक मसान्तसम्म स्मार्ट लाइसेन्सका लागि करीब ६७ हजार जनाले आवेदन दिएका थिए […]


हटेन लैङ्गिक विभेद

काठमाडौँ, मङ्सिर १० गते । बर्दियाकी प्रतिनिधिसभा सदस्य विमला विक पुरुषले जस्तै मोटरसाइकल चलाउनुहुन्छ । छोटो कपाल काट्नुहुन्छ । पाइन्ट र सर्ट लगाउनुहुन्छ । उहाँ पुरुष नेता जस्तै भाषण गर्दा धक नमानी खुलेरै आफ्ना कुरा राख्न सक्नुहुन्छ । गाउँका मान्छे उहाँका अभिभावकलाई ‘तपाईकी छोरी छोराजस्तै छिन्’ भन्छन् । विक भने आफूलाई छोराजस्तो होइन छोरीजस्तै भनेको […]


खिम्तीमा तीन जलविद्युत् आयोजना निर्माणमा

काठमाडौँ, मङ्सिर ८ गते । पछिल्ला दिनमा ऊर्जा नदीको रूपमा परिणत भइरहेको खिम्ती खोलामा हाल तीन जलविद्युत् आयोजना निर्माणको क्रममा रहेका छन् । हिमालयन ऊर्जा विकास कम्पनीले १९ मेगावाट क्षमताका दुई आयोजना निर्माण गरिरहेको छ । यस्तै पिपल्स इनर्जीले ४८. ८ मेगावाट क्षमताको खिम्ती दोस्रो आयोजना निर्माण गरिरहेको छ । हिमालयन ऊर्जा विकास कम्पनीले ती […]


किसानको गाइगोठमा मन्त्री ः किसान दङ्ग

काठमाडौँ, मङ्सिर ८ गते । कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणी खनाल अकस्मात रुपमा आज धुलिखेल नगरपालिकास्थित पात्लेखेतका रामबहादुर गौतमको गाईगोठ निरीक्षण गर्न पुग्नुभयो । मन्त्री खनाल त्यहाँ पुग्दा गौतम आप्mनो कृषि कर्ममा तल्लिन थिए । यद्यपि मन्त्रीलाई अकस्मात गोठमा देखेपछि उहाँ अचम्मित र खुशी हुनुभयो । कृषिमा युवाको चासो बढाउन मन्त्री खनालले किसानको घर गोठमा […]




TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter