
काठमाडौँ, भदौ १८ गते । नेपाली सेना र ‘यूएस इण्डो–प्यासिफिक कमाण्ड डाइरेक्टोरेट अफ इन्टेलिजेन्स’ को संयुक्त आयोजनामा एशिया प्रशान्त क्षेत्रमा पर्ने राष्ट्रका उच्च सैनिक अधिकृतको सम्मेलन यहाँ शुरु भएको छ । आजदेखि शुरु भएको सो ११ औँ ‘एशिया प्यासिफिक इन्टेलिजेन्स चिफ्स कन्फेरेन्स’ को कामु प्रधानसेनापति पूर्णचन्द्र थापाले उद्घाटन गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको […]

काठमाडौँ, भदौ १७ गते । एशिया कप छनोटअन्तर्गत आज भएको चौथो खेलमा नेपालले सिङ्गापुरलाई चार विकेटले पराजित गरेको छ । जितका लागि पाएको १५२ रनको लक्ष्य नेपालले २८ दशमलव १ ओभरमा ६ विकेट गुमाएर पुरा ग¥यो । नेपालका लागि अनिलकुमार साहले ४३, दीपेन्द्रसिंह ऐरीले ३३, ज्ञानेन्द्र मल्लले २९, सुवाश खकुरेल र सागर पुनले १४÷१४ तथा […]

काठमाडौँ, भदौ १७ गते । कुनै समय बैङ्क तथा वित्तीय संस्थाको शेयर खरिद गर्नुलाई ठूलो प्रतिष्ठाको विषय मानिन्थ्यो । सर्वसाधारण घण्टौँ लाइन लागेर भएपनि शेयर खरिद गर्न आतुर हुन्थे । पछिल्लो समय निरन्तर ओरालो लागेको शेयर बजारका कारण ‘क’ वर्गका बैङ्क तथा वित्तीय संस्थाको शेयरसमेत घटेको छ । यसबाट पूराना लगानीकर्तालाई समस्यामा पारेको भएपनि नयाँ […]

भैरहवा, भदौ १७ गते । तिते करेलाको व्यावसायिक खेतीबाट रूपन्देहीका किसानले लाखौँ आम्दानी गरेका छन् । बर्सेनि अर्बौं रुपियाँको तरकारी भारतबाट आयात भइरहेको अवस्थामा रूपन्देहीको शुद्धोदन गाउँपालिका–३ सियाभारका लक्ष्मण अधिकारी र सोही गाउँका प्रकाश खनालले तरकारीमा स्वदेशमै आत्मनिर्भर बन्न सकिने नमुनासमेत प्रस्तुत गर्नुभएको छ । खनालले तीन बिघामा र अधिकारीले एक बिघामा छुट््टाछुट्टै गरी चार […]

काठमाडौँ, भदौ १६ गते । “सरकारले बुढीगण्डकी जलविद्युत् आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाको रूपमा राखेको छ । मुआब्जा वितरण प्रक्रिया एकदमै ढिला भयो, कहिलेसम्म आयोजना प्रभावितले रकम पाउँछन् त मन्त्रीज्यू ?” यो भनाइ हो गोरखा आरुघाटका सुनिल श्रेष्ठको । नागरिकका गुनासा सुन्न र समस्या समाधानका लागि आवश्यक निर्देशन दिने उद्देश्यले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले हरेक […]

बुटवल, भदौ १६ गते । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौंथो शिखर सम्मेलनमा भाग लिन नेपाल आउनुभएका श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले आज गौतम बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गर्नुभयो । भ्रमणका अवसरमा राष्ट्रपति सिरिसेनाले लुम्बिनीस्थित मायादेवी मन्दिरमा पूजाआजा गर्नुका साथै त्यहाँ रहेको बुद्धपद्चाप चिन्ह (मार्कर स्टोन) बुद्धको जन्म स्मारक शिला, अशोक […]

काठमाडौँ, भदौ १६ गते । ‘देश र परिवेश’ डा. सुरेन्द्र सिटौलाको कविता–सङ्ग्रह हो । देश, समाज, इतिहास, राजनीति, शिक्षा, दर्शन जस्ता विभिन्न विषय र समकालीन नेपालको अवस्थालाई समेट्ने ५२ वटा कविताहरू यस सङ्ग्रहमा रहेका छन् । सङ्ग्रहमा समावेश भएका कविताहरूले नेपालको इतिहासदेखि वर्तमानसम्मका विभिन्न सवालहरूलाई समेटेका छन् । सबै कविताहरूको केन्द्रविन्दुमा देश र समाजको चित्र […]

काठमाडौं । सर्वोच्च अदालतले परीक्षा दिइसकेका अस्थायी शिक्षकहरुको परीक्षा रद्द नगर्न अन्तरिम आदेश जारी गरेको छ । शिक्षक सेवा आयोगले १६ साउनमा निमावि तहमा स्थायी नियुक्ति लिएका शिक्षकहरु समेत मावि तहमा अस्थायी शिक्षकहरु मात्रै प्रतिस्पर्धा गर्न पाउने परीक्षामा सहभागी भएका भन्दै त्यस्ता शिक्षकहरुको परीक्षा रद्द गर्ने निर्णय गरेको थियो । यस्ता शिक्षक मुलुकभर ८३ जना […]

काठमाडौँ, भदौ १५ गते । ललितपुरको सातदोबाटोका प्राडा जगदीश वैद्यले बैङ्कबाट रकम झिक्ने क्रममा बैङ्कले बढी दिएको रकम फिर्ता गर्नुभएको छ । वैद्यले बुधबार जावलाखेलस्थित मेगा बैङ्कबाट चेकमार्फत रकम झिक्ने क्रममा बैङ्कका कर्मचारीले रु ५० हजार बढी दिएपछि फिर्ता गर्नुभएको हो । उहाँले आफूले इमान्दारिताका साथ बैङ्कले बढी दिएको रकम फिर्ता दिएको बताउनुभयो । उहाँले […]

दैलेख, भदौ १५ गते । बाइसे चौबीसे राज्यको इतिहास बोक्ने दुल्लु दरबार भग्नावशेष मात्र देखिएको छ । अहिलेको दुल्लू बजार त्यसबेला सिंगो राज्यको केन्द्र थियो । यसको वरपर इतिहास जोडिएका पुरातात्विक महत्वका दरबार, शिलालेख र शिलास्तम्भ प्रशस्त छन् तर नेपाली भाषाको पहिलो शिलालेखको दुर्दशा देख्दा मनै कुँडिने दुल्लूका इतिहासविद् भूपालविक्रम शाह बताउनुहुन्छ । नेपाली भाषामा […]