
काठमाडौँ, वैशाख ११ गते । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले संस्थागत (निजी) विद्यालयले आफूखुशी लिइरहेको शुल्क नियन्त्रण गर्न काठमाडौँ उपत्यकाका स्थानीय तहका जनप्रतिनिधिलाई आग्रह गर्नुभएको छ । जनप्रतिनिधिसहित मन्त्रालयमा आयोजित छलफल कार्यक्रममा मन्त्री पोखरेलले संस्थागत विद्यालय शुल्क निर्देशिका, २०७२ को सीमामा रहेरमात्र निजी विद्यालयले शुल्क लिनुपर्नेमा त्यसको सीमा उल्लङ्घन भएको पाइएकाले आवश्यक कारवाही गर्न […]

काठमाडौँ, वैशाख १० गते । बहुप्रतिक्षित राष्ट्रिय गौरवको आयोजना ‘काठमाडौँ तराई÷मधेश द्रुतमार्ग’ को निर्माण कार्य प्रभावकारी बनाई समयमै सक्न नेपाल सरकारले समन्वय र अनुगमनको संयन्त्र बनाउने भएको छ । रक्षामन्त्री ईश्वर पोखरेलले राज्यको प्राथमिकता र समृद्धिसँग जोडिएको सोे आयोजनामा नेपाली सेनालाई सघाउन उक्त संयन्त्र शुरुमै बन्नुपर्नेमा त्यस्तो हुन नसकेकाले मन्त्रिपरिषद्मा सोबारे आवश्यक निर्णय गर्न प्रस्ताव […]

काठमाडौं, १० बैशाख । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले बससँगै अब ट्याक्सीको समेत सिण्डिकेट तोड्ने उद्धघोष गरेका छन् । सोमबार राजधानीमा अायाेजित साक्षात्कारमा बोल्दै मन्त्री महासेठले भने,‘बसको त सिण्डिकेट धेरै पहिले नै खारेज गरेको हो, हामीले नौलो काम गरेकै होईन नि, हामीले त कार्यान्वयन गराएका हौं, सम्मानित सर्वोच्च अदालतले आजभन्दा १८ वर्ष पहिल्यै नै […]

महेन्द्रनगर, धनुषा, वैशाख १० गते । प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले धार्मिक पर्यटकीय विकास प्रदेश सरकारको पहिलो प्राथमिकता रहेको बताउनु्भएको छ । जानकी नवमीका अवसरमा रामायण सर्किटले जनकपुरधाममा आज आयोजना गरेको रामायण मेलाको उद्घाटन समारोहमा उहाँले भन्नुभयो, “यो प्रदेश विकासको प्रमुख आधार धार्मिक पर्यटन रहेकाले यसको विकास तथा विस्तारका लागि सरकार प्रतिबद्ध छ […]

मधुसुधन तिमल्सिना / काभ्रे, वैशाख ९ गते । काभ्रे पलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका–११, जैसीथोकस्थित राम्चेबेसीका कृषकको जनजीवन तरकारीखेतीबाट फेरिएको छ । यहाँका करिब दुई सय कृषक पछिल्ला दिनमा व्यावसायिक तरकारी खेतीतर्फ लागेकै कारण वार्षिक एक करोड रुपियाँभन्दा बढी आम्दानी गर्न सफल भएका छन् । परम्परागत रूपमा गरिने कृषि प्रणालीबाट लगानी बढी र फाइदा कम हुन […]

बैतडी, वैशाख ९ गते । जिल्लामा चालू आर्थिक वर्षको अहिलेसम्म मात्रै २६ जनाले आत्महत्या गरेको प्रहरीको तथ्याँक छ । यसमा महिला १२ र पुरुष १४ जना छन् । झुण्डिएर देहत्याग गर्नेको संख्या अधिक छ । यो अवधिमा २० जनाले झुण्डिएर र ६ जनाले विष सेवन गरेर देशत्याग गरेको प्रहरी तथ्याँकमा उल्लेख छ । आत्महत्या गर्ने […]

प्रकाश सिलवाल, काठमाडौँ, वैशाख ८ गते । औपचारिक एकता घोषणा नभए पनि नेपाल कम्युनिष्ट पार्टी स्थापनाका दिन आइतबार दुई ठूला कम्युनिष्ट पार्टीका शीर्ष नेताले आफूहरु चाँडै एकीकृत हुने ठोस् सन्देश दिने भएका छन् । सरकारको नेतृत्व गरिरहेको नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) सकेसम्म वैशाख ९ गते नै एकता गर्न करीब सहमत भए पनि केही […]

बर्दिवास, वैशाख ८ गते । यहाँका अधिकांश युवा वैदेशिक रोजगारतर्फ आकर्षित भइरहेका वेला महोत्तरी बर्दिवास नगरपालिका–१ का जनकबहादुर विश्वकर्माको परिवार आफ्नै पुख्र्यौली पेशाले धान्न पाएपछि दंग छन् । परम्परागत रुपमा बाबुबाजेले अपनाउँदै आएका आरन पेशाबाट मनग्गे आम्दानी लिन सफल भएसंगै आफ्नो उत्पादनले राम्रो चर्चा पाउन थालेपछि विश्वकर्मा परिवारमा खुशी छाएको हो । कृषि कार्यका लागि […]

ताप्लेजुङ, वैशाख ७ गते । ताप्लेजुङको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले गत शनिबार पदयात्रा महोत्सव आयोजना गरियो । ताप्लेजुङ सरोकार केन्द्रले आयोजना गरेको सप्ताहव्यापी उक्त महोत्सव पाँचथरको वसन्तपुरबाट प्रारम्भ भई ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरामा पुगेर टुंगिएको थियो । सरोकार केन्द्रले पाँचथरबाट पदमार्गको विकास गरी ती ठाउँको प्रचार गर्ने उद्देश्यले महोत्सवको आयोजना गरेको पदयात्राका संयोजक चित्रगुप्त सावाले […]

रुकुम, वैशाख ७ गते । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाका जनप्रतिनिधिले कम्प्युटर सिक्न शुरु गरेका छन् । गाउँपालिका तथा वडाबाट हुने सिफारिस, निवेदनलगायतका काम कम्प्युटरबाट गर्नुपर्ने भएपछि वडाध्यक्षहरु, गाउँपालिकामा गठन भएका छ वटा विषयगत समितिका संयोजक र गाउँपालिका उपाध्यक्षले कम्प्युटर सिक्न थालेका हुन् । कम्प्युटर प्रयोग गर्न नआउँदा समस्या हुने भएपछि जनप्रतिनिधिले तालीमको आयोजना गरेर सिक्न […]