
घोराही, भदौ २५ गते । सरकारले २०५७ सालमा कमैयालाई मुक्त घोषणा गरेयता उनीहरुलाई बासस्थानका लागि जग्गा र घर बनाउन काठ उपलब्ध गराउँदै आएको छ । जिल्ला भूमि सुधार कार्यालयका कमैया वृत्तिविकास तथा बसोबास शाखाका प्रमुख हरिप्रसाद चौधरीका अनुसार लगत लिएर परिचयपत्र वितरण गरिएका मुक्त कमैया परिवारको सङ्ख्या एक हजार ४२६ रहेको छ । हालसम्म ७०५ […]

काठमाडौँ, भदौ २४ गते । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले असल मित्र तथा नजीकका छिमेकीे नेपाल र चीनको सम्बन्धलाई औंपचारिक राजनीतिक सम्बन्धका आधारमा मात्र नभई जनस्तरको सम्बन्धका आधारमा पनि हेर्नुपर्ने बताउनुभएको छ । यहाँस्थित चिनियाँ दूतावासले चिनियाँ भाषा, कला र संस्कृतिमा आयोजना गरेको प्रतियोगिताका विजयीलाई आज पुरस्कार वितरण गर्दै मन्त्री ज्ञवालीले दुई देशबीच भौगोलिक सन्निकटता, सांस्कृतिक–धार्मिक समानता […]

वसन्त पराजुली / भरतपुर, भदौ २४ गते । देशकै तेस्रो पर्यटकीय गन्तव्य सौराहा रहेको चितवनमा पछिल्ला समय पर्यटकीय होटल खुल्ने क्रम बढेको छ । एकै वर्षमा बीसवटा नयाँ होटल सञ्चालन गर्ने तयारी चितवनमा भइरहेको छ । “पर्यटकीय होटल स्थापनाको होड बढेको छ”, पर्यटन विकास समिति चितवनका महासचिव विश्वराज सुवेदीले भन्नुभयो, “एक वर्षभित्र चितवनका विभिन्न स्थानमा […]

काठमाडौँ, भदौ २४ गते । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले नापी विभागले आधिकारिक रुपमा प्रमाणित गरेका नक्शा सरकार मातहतका कार्यालय तथा गैरसरकारी कार्यालयलाई अनिवार्य रुपमा प्रयोग गर्न आग्रह गर्नुभएको छ । मन्त्रालयले आज यहाँ आयोजना गरेको नक्शासम्बन्धी छलफलमा मन्त्री अर्यालले मुलुकको समग्र भूभाग र क्षेत्रफललाई समेटेको आधिकारिक नक्शाको प्रयोगले मात्र देशको राष्ट्रियता […]

काठमाडौँ, भदौ २३ गते । गोरखाको सामागाउँबाट यात्रु लिएर काठमाडौँ फर्कदै गरेको अल्टिच्युड एयरलाइन्सको हेलिकोप्टर आज नुवाकोटको मेघाङ गाउँपालिकामा दुर्घटना भएको छ । सो हेलिकोप्टर दुर्घटनामा पाइलटसहित ६ जनाको मृत्यु भएको छ भने १ जना जीवितै भेटिएकी छन्। नुवाकोटको मेघाङ गाउँपालिकाको मैलुङ भन्ने स्थानमा दुर्घटनाग्रस्त हेलिकप्टर भेटिएको प्रहरीले जनाएको छ। रामेछापका ४० वर्षीय दिल्ली बहादुर […]

काठमाडौँ, भदौ २३ गते । देशमा सङ्घीयता स्थापनासँगै सङ्घीय सरकार ‘सहकारिता, सहअस्तित्व र समन्यवय’ वर्तमान अवस्थाको आवश्यकता रहेको बताइएको छ । नेपाल सहभागीमूलक कार्य समूह (नेपान)को ‘सङ्घीयता कार्यान्वयनका लागि नागरिकको सहभागिता ः सवाल, कमजोर पक्ष एवं चुनौती र सम्भावना’ विषयक अन्तक्र्रिया कार्यक्रममा बोल्दै नेपाल सरकारका पूर्वसचिव बालानन्द पौडेलले संविधानले निर्देशित सिद्धान्तको आधारमा जनसहभागितामूलक कार्यलाई अगाडि […]

काठमाडौँ, भदौ २२ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार अहिले सुशासन र आर्थिक विकासमा केन्द्रित भएर अघि बढेको बताउनुभएको छ । इन्टरनेशनल फेडरेशन अफ यादव चेम्बर्श अफ कमर्शद्वारा आज यहाँ आयोजित नेपाल–भारत व्यापार सम्मेलनको उद्घाटन गर्दै उहाँले अब ‘समृद्ध नेपाल र सुखी नेपाली’को उद्देश्य पूरा गर्न ढिलाइ गर्दैनौ भन्नुभयो । लामो संक्रमणपछि देश राजनैतिक […]

पोखरा, भदौ २२ गते । प्रदेशका मुख्यमन्त्रीको प्रथम भेला आठबुँदे घोषणापत्रसहित पोखरामा सम्पन्न भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको संयोजनमा भएको भेला अन्तर प्रदेश समन्वय परिषद्को आसन्न बैठकलाई लक्षित गरी साझा कार्यसूची तय गर्न आयोजना गरिएको थियो । भेलामा शिक्षा, स्वास्थ्य, कृषि, प्राकृतिक स्रोत साधन, शान्ति सुरक्षा, मानवस्रोतको व्यवस्थापन अझै प्रदेश सरकारको […]

धनगढी, भदौ २२ गते । धनगढी–काठमाडौँ हवाई रुटको हवाई भाडा निरन्तर घट्न थालेको छ । गत असारसम्म सबैभन्दा कम पाँच हजार पाँच सय रुपियाँ रहेकोमा साउनदेखि कहिले चार हजार त कहिले तीन हजार तीन सय रुपियाँसम्ममा हवाई भाडा झरेको छ । बुद्ध एयर धनगढीका प्रमुख बुधराम माझीले वर्षात्को समय हुनु र धेरै जहाज कम्पनी खुल्नुले […]

बागलुङ, भदौ २१ गते । गलकोट नगरपालिका–३ हटियास्थित सहस्रधारा झरनामा साहसिक खेल ‘क्यानोनिङ’ (छाँगावरोहण) व्यावसायिक रुपमा शुरु गरिने भएको छ । गत फागनुमा गरिएको परीक्षण सफल भएपछि खेल नियमित सञ्चालन गर्न पूर्वाधार निर्माणको काम अघि बढाइएको हो । यही वर्षभित्रमा ‘क्यानोनिङ’ व्यावसायिक रुपमा शुरु हुने वडा नं ३ का अध्यक्ष वीरजञ्ग भण्डारीले बताउनुभयो । “विस्तृत […]