समाचार

फारम भरेको जिल्लाबाट परीक्षा दिन नपाइने; वर्षेनी विज्ञापन गरिने

काठमाडाँै, भदौ २१ गते । शिक्षक सेवा आयोगले यसपटकदेखि फारम भरेको जिल्लाबाट परीक्षा दिन नपाइने व्यवस्था गरेको छ । यही असोज ११ गतेदेखि हुने शिक्षकको परीक्षालाई मर्यादित बनाउन फारम भरेको जिल्लाबाट नभई फरक जिल्लाबाट परीक्षा दिनुपर्ने व्यवस्था गरेको आयोगका उपसचिव दामोदर आचार्यले जानकारी दिनुभयो । “परीक्षालाई विश्वसनीय र मर्यादित बनाउन यस पटकदेखि हामीले ‘होम सेन्टर’ […]


समृद्ध नेपाल, सुखी नेपालका लागि ध्यान दिन सांसदको आग्रह

काठमाडौँ, भदौ २१ गते । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदले कपिलवस्तु जिल्लाको कपिलवस्तुदेखि तौलिहवासम्मको हुलाकी सडक छिटो निर्माण सम्पन्न गर्न, तौलिहवा अस्पताललाई ५० श्यया बनाउन र यातायात क्षेत्रको तेस्रो पक्ष बीमा रकमलाई बढाउन माग गर्नुभयो । सिंहदरबारभित्रको पुरानो गाडी हटाउन, त्यहाँ रहेको सबै कवाडी हटाई सुन्दरता बढाउन, पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता गर्न सरकार […]


अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुखमा घिमिरेको नाम सिफारिश

काठमाडौँ, भदौ २० गते । संवैधानिक परिषद्को आजको बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कार्यवाहक प्रमुख आयुक्त नवीनकुमार घिमिरेलाई प्रमुख आयुक्तमा सिफारिश गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आज बसेको परिषद्को बैठकले आयोगका कावा आयुक्त घिमिरेलाई प्रमुख आयुक्तमा सिफारिश गरेको सभामुख कृष्णबहादुर महराले जानकारी दिनुभयो । प्रमुख आयुक्त दीप बस्न्यातको अवकाशपछि २०७४ साल फागुन २ देखि […]


नेपालकै अग्लो मनाङको झोलुङ्गे पुल

मनाङ, भदौ २० गते । मनाङको नाशोङ गाउँपालिका–२ नाचे गाउँ र वडा नं ५ को थोंचे गाउँ जोड्न ड्रोनाखोलामा निर्माण गरिएको ताम्राङ पुल नेपालकै अग्लो भएको प्राविधिकले दाबी गरेका छन् । खोलाको पानीको सतहदेखि ४१२ मिटर उचाइमा रहेको यस पुलको लम्बाई १३५ मिटर रहेको छ । केही दिनअघि नाशोङ गाउँपालिकाका इञ्जिनीयर सुभास पाण्डेयलगायतका टोलीले नाप […]


सन्दर्भः १२ औँ राष्ट्रिय मानव बेचविखन तथा ओसारविरूद्धको दिवस रोकिएन मानव बेचबिखन र ओसारपसार

सीता शर्मा / काठमाडौँ, भदौ २० गते । नेपालबाट मानव बेचविखन तथा ओसारपसार गर्ने क्रम रोकिएको छैन । बरू महिला र बालबालिका बेचविखन तथा ओसारपसारको क्षेत्र र सख्या वर्सेनि बढ्दो छ । नेपाल प्रहरीमा परेका मानव बेचविखनविरूद्ध दर्ता भएका मुद्दाको संख्या हेर्दा प्रत्येक वर्ष यो क्रम बढेको देखिन्छ । त्यस्तै हरेक वर्ष करीब आठ हजार […]


बिपीलाई ‘नेपालरत्न’, शेरचनलाई ‘महाउज्ज्वल राष्ट्रदीप’

काठमाडौँ, भदौ १९ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले समाजका विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पु¥याउनुभएका विभिन्न व्यक्तित्वलाई आज विभिन्न विभूषण एवं मानपदवीबाट विभूषित गर्नुभएको छ । गत वर्ष २०७४ को गणतन्त्र दिवसका दिन घोषणा भएका विभिन्न दश प्रकारका मानपदवी ३४५ जनालाई आज प्रदान गरिएको हो । राष्ट्रपति कार्यालय शीतल निवासमा आज गृह मन्त्रालयद्वारा आयोजित विशेष समारोहमा […]


पाराग्लाइडिङप्रतिको आर्कषण बढ्दै

पोखरा, भदौ १९ गते । पाराग्लाइडिङ व्यावसायिक र मनोरञ्जनमा सीमित नरही खेलको माध्यमबाट राष्ट्रको मान सम्मान पनि बढाउने भएकाले यसप्रति युवा बढी आकर्षित हुने देखिएको छ । इण्डोनेशियामा हालै सम्पन्न १८ औंँ एशियन खेलमा पहिलोपटक खेलको रुपमा सूचीकृत भएको पाराग्लाइडिङको प्रतिस्पर्धामा नेपालले रजत पदक प्राप्त गरेपछि युवा बढी आकर्षित हुने देखिएको हो । अन्तर्राष्ट्रिय जगतमा […]


लाप्राक पुनः निर्माण छिटो सम्पन्न गर्न प्राधिकरणको आग्रह

काठमाडौँ, भदौ १९ गते । गोरखाको लाप्राकमा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले बनाइरहेको एकीकृत नमूना बस्ती छिटो पुनः निर्माण हुनुपर्नेमा जोड दिइएको छ । लाप्राक बस्ती पुनः निर्माणको पछिल्लो अवस्था तथा त्यहाँ सञ्चालन गर्न सम्भव हुने आयआर्जन कार्यक्रमबारे राष्ट्रिय पुनः निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले आज सङ्घका केन्द्रीय पदाधिकारीसँग छलफल गर्नुभयो । लाप्राकको […]


जातीय भेदभाव तथा छुवाछूत विधेयक स्वीकृत

काठमाडौँ, भदौ १८ गते । प्रतिनिधिसभाको आजको बैठकले ‘जातीय भेदभाव तथा छुवाछूत (कसुर र सजाय) पहिलो संशोधन विधेयक, २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई स्वीकृत गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले प्रस्तुत गर्नुभएको उक्त प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको हो । मन्त्री पण्डितले जातीय भेदभावलाई जरैदेखि अन्त्य गरेर समतामूलक समाज निर्माण गर्ने […]


महिलालाई आर्थिक रुपमा सबल बनाउनुपर्छ – उपराष्ट्रपति

काठमाडौँ, भदौ १८ गते । उपराष्ट्रपति नन्दबहादुर पुनले महिलालाई आर्थिक रुपमा सबल बनाउन सरकारसँगै सरोकारवाला संस्थाको सहयोग आवश्यक रहेको बताउनुभएको छ । दक्षिण एशियाली महिला विकास मञ्चले आज यहाँ आयोजना गरेको महिला उद्यमीको अन्तर्राष्ट्रिय सम्मेलन उद्घाट्न गर्दै उपराष्ट्रपति पुनले समावेशी र दिगो विकासका लागि लैङ्गिक विविधतासहितको सहअस्तित्व अनिवार्य रहेकोमा जोड दिनुभयो । उहाँले नेपालले संविधान […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter