समाचार

उपभोक्ता संरक्षण विधेयक स्वीकृत; निवृत्तिभरण कोष विधेयक स्वीकृत

काठमाडौँ, साउन ३० गते । प्रतिनिधिसभाको आजको बैठकले ‘उपभोक्ता संरक्षण विधेयक, २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । बैठकमा वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले उक्त विधेयकमाथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । उक्त विधेयकको सैद्धान्तिक पक्षमा धारणा राख्दै सांसदहरूले ठूला कालाबजारी भेट्टाउन नसकेको, उद्योगी व्यापारीमा परिणत भएका, उपभोक्ता अदालत […]


मुलुकी देवानी संहिता भदौ १ देखि लागू

काठमाडौँ, साउन ३० गते । तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले १९१० सालमा निर्माण गरेको ‘मुलुकी ऐन’ लाई प्रतिस्थापन गरी आगामी भदौ १ गतेदेखि ‘मुलुकी देवानी (संहिता), २०७४ कार्यान्वयनमा ल्याइने भएको छ । राणा शासन ताका प्रचलित धर्म, परम्परा, प्रथा, प्रचलन र रीतिथितिलाई आधार बनाएर निर्माण गरिएको मुलुकी ऐन १६५ वर्षसम्म कायम रह्यो । यो ऐन २०२० […]


‘कर्णाली उत्कृष्ट पर्यटकीय गन्तव्य’; पर्यटक लोभ्याउन बुद्धपार्क निर्माण

सुर्खेत, साउन २९ गते । कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले कर्णाली उत्कृष्ट पर्यटकीय गन्तव्य भएको बताउनुभएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा सोमबार आयोजित ‘व्यावसायिक तथा प्राविधिक शिक्षा नीति निर्माणार्थ सुझाव संकलन’ कार्यक्रममा मन्त्री रावलले कर्णाली प्रदेश जलविद्युत्, जडीबुटी, कृषिका साथै पर्या–पर्यटनका लागि महत्वपूर्ण गन्तव्य भएको बताउनुभयो । उहाँले प्राविधिक तथा व्यावसायिक […]


रोजगारी सृजना गरिन्छ : प्रधानमन्त्री

काठमाडौँ, साउन २९ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँनयाँ उद्योगको स्थापना गरी देशभर रोजगारी सृजना गरिने बताउनुभएको छ । सार्क चेम्बर अफ कमर्सको प्रतिनिधि मण्डलसँग आज सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री ओलीले उद्योगको स्थापना मार्फत गरिबी, पछौटेपन र बेरोजगारीको समस्या हटाइने उल्लेख गर्नुभयो । प्रधानमन्त्रीले भन्नुभयो, “गरिबी र पछौटेपनबाट अब दक्षिण एशियालाई नै मुक्त गर्नु […]


भारतीय प्रमको चौथो नेपाल भ्रमणबाट सम्बन्ध फराकिलो हुने विश्वास

काठमाडौँ, साउन २९ गते । नेपालका लागि भारतीय राजदूत मञ्जीवसिँह पुरीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चौथो पटक हुन लागेको नेपाल भ्रमणबाट भारत–नेपालबीचको सहयोगात्मक सम्बन्ध थप फराकिलो हुने विश्वास व्यक्त गर्नुभएको छ । यहाँ आज आयोजित साक्षात्कारमा उहाँले नेपालको गण्डकदेखि भारतको गङ्गासम्म तथा नेपालमा रेल्वे अघि बढाउनेजस्ता क्षेत्रमा दुवै मुलुकबीच सहकार्य हुन सक्ने बताउनुभयो । भारतीय […]


रघुगंगा आयोजना बन्ने सुरसारमा; मुख्यमन्त्रीको निर्देशन

म्याग्दी, साउन २८ गते । एक दशकसम्म प्रक्रियामै अल्झिएर बसेको बहुप्रतिक्षीत रघुगंगा जलविद्युत् आयोजना अघि बढाउने सुरसार भएको छ । पूर्व निर्धारित कार्यतालिकाअनुसार निर्माण सकिएर विद्युत् उत्पादन शुरु गरिसक्नुपर्ने यो आयोजनाको निर्माण कार्य अघि बढाउन सिभिल ठेकेदार परिचालन भएको हो । नेपाल विद्युत् प्राधिकरणको शत प्रतिशत लगानी रहेको रघुगंगा हाइड्रोपावर लिमिटेडले बनाउन लागेको ४० मेगावाट […]


सरकारी कार्यालयले सामाजिक सञ्जाल प्रयोग गर्नुपर्ने

काठमाडौँ, साउन २८ गते । अबदेखि सबै सरकारी कार्यालयले अनिवार्य रूपमा सेवाग्राहीलाई सूचना प्रदान गर्न सामाजिक सञ्जाल प्रयोग गर्नुपर्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आज ‘सरकारी निकायद्वारा सामाजिक सञ्जाल प्रयोग गर्ने कार्यविधि–२०७५’ स्वीकृत गरेपछि सो व्यवस्था भएको प्रमुख प्रद्युम्नप्रसाद उपाध्यायले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यविधि स्वीकृत भएपछि सेवाग्राहीलाई सूचना दिन स्बै कार्यालयले […]


वैदेशिक सहायता ढाँचा परिवर्तनको तयारी

काठमाडौँ, साउन २७ गते । सरकारले वैदेशिक सहायताको ढाँचा परिवर्तन गर्ने तयारी गरेको छ । प्रतिनिधिसभा, अर्थ समितिको आजको बैठकमा अर्थमन्त्रालयका सचिव राजन खनालले सरकार वैदेशिक सहायताको ढाँचा परिवर्तन गर्ने सोचमा रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “एकीकृत कोषका आधारमा वैदेशिक सहायता लिनुपर्छ भन्ने सोच अघि बढाइएको छ, दाताबाट एउटा परिमाणको सहयोगको घोषणा हुन्छ, सम्झौतासम्म […]


नेपाल टेलिकमको आम्दानीमा सुधार

काठमाडौँ, साउन २७ गते । नेपाल टेलिकम (NTC) को गत आर्थिक वर्षको कूल ४५ अर्ब ५६ करोड ५८ लाख रूपैयाँ आम्दानी गरेको छ । कम्पनीको आम्दानी अघिल्लो आवको तुलनामा गत आवमा टेलिकमको आम्दानी दुई दशमलव १९ प्रतिशतले वृद्धि भएको हो । गत आवको अवधिमा टेलिकमले १५ अर्ब ६६ करोड ७५ लाख नाफा कमाएको प्रवक्ता प्रतिभा […]


मालपोतको सेवा अनलाइनमार्फत

नुवाकोट, साउन २७ गते । जिल्ला मालपोत कार्यालयले आजदेखि अनलाइनमार्फत सेवा दिन शुरु गरेको छ । कार्यालयबाट हुने गरेका सबै किसिमको कामलाई छिटोछरितो र सहज रुपमा सञ्चालन गर्न अनलाइन सेवा थालिएको हो । सेवा आरम्भ गर्दै भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक मुक्ति आचार्यले अनलाइनमार्फत सेवा प्रवाह गर्दा छिटोछरितोका साथै दोहोरो नपर्ने, जग्गा किनबेचको करमा […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter