
काठमाडौँ, चैत १ गते । चीनसँग जोडिएको तातोपानी भन्सार नाकाको पुनःनिर्माणका लागि चीनले गर्ने सहयोग सम्झौतामा हस्ताक्षर भएको छ । नेपालको भूकम्पपछिको पुनःनिर्माणमा चिनियाँ सहयोगअन्तर्गत आज तातोपानी भन्सार नाका, सिन्धुपाल्चोक अस्पताल र सिन्धुपाल्चोककै जिरी माध्यमिक विद्यालयको पुनःनिर्माण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा उक्त सम्झौतामा नेपालका तर्फबाट अर्थसचिव शंकरप्रसाद अधिकारी र चीनका […]

काठमाडौँ, फागुन ३० गते । नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष समारोहमा उहाँले प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीबाट पद तथा गोपनीयताको शपथ लिनुभएको हो । सो अवसरमा नेपाली सेनाको एक ब्यान्डले राष्ट्रपतिको सम्मानमा सलामी अर्पण गरेको थियो । शपथलगत्तै उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा […]

काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश गोपाल पराजुली पदमुक्त भएका छन् । न्यायाधीशले नै बेञ्च बहिस्कार गरेपछि पराजुली नैतिक संकटमा परेका थिए । नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीलाई शपथग्रहण गराउन शीतल निवास पुगेका पराजुलीलाई न्याय परिषद्ले पदमा नरहेको पत्र दिएको हो । न्याय परिषद सचिवालयका अनुसार ६५ वर्षे उमेर हदका कारण पराजुलीले २१ साउनमै अवकास पाएका थिए […]

काठमाडौँ, फागुन ३० गते । गृहमन्त्री रामबहादुर थापासँग नेपाल भ्रमणमा रहनुभएका बंगलादेशका नागरिक उड्डयन तथा पर्यटनमन्त्री एके एम शाजहान कमलले आज भेट वार्ता गर्नुभएको छ । गृहमन्त्रालयमा भएको वार्तामा मन्त्री थापाले सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको युएस–बंगला एअरलाइन्सको विमान दुर्घटना र त्यसमा परी भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै त्यसका लागि एक समिति गठन गरिएको […]

काठमाडौँ, फागुन २९ गते । नेपालमा हवाई दुर्घटनापछि गठन गरिएका छानबिन समितिले दिएका प्रतिवेदन कार्यान्वयन हुन नसक्दा समस्या दोहोरिने गरेको पाइएको छ । सरकारले हवाई दुर्घटनालगत्तै अनुसन्धानका लागि पटक÷पटक उच्चस्तरीय छानबिन समिति बनाउने, प्रतिवेदन तयार पार्ने र कार्यान्वयनका लागि सिफारिश गर्ने गरेको छ । तर प्रतिवेदन कार्यान्वयन गर्ने तर्फ ध्यान दिन नसक्दा समस्या दोहोरिने गरेको […]

मोरङ, फागुन २९ गते । उर्लाबारी नगरपालिका–६ का ३८ वर्षीय मूर्तिकार मञ्जुल बराइली ‘मितेरी’ले विश्वप्रसिद्ध व्यक्तिको ढुंगाका एक हजार मूर्ति निर्माण सकेर राष्ट्रलाई उपहार दिने फलामे सपनाको घोषणा गर्नुभएको थियो । विंस २०६१ मा १० वर्षभित्र ती मूर्ति राष्ट्रलाई दिने घोषणा गर्नुभएका बराइलीले २०७१ सालसम्म १५० को हाराहारीमा मात्र मूर्ति निर्माण गर्न सक्नुभयो । निर्मित […]

गौशाला, फागुन २९ गते । महोत्तरीको दक्षिण पश्चिमवर्ती आधा दर्जन गाउँमा एकैसाथ १०० भन्दा बढी नीलगाई फेला परेका छन् । भारतसँग सीमा जोडिएको महोत्तरीको मनरा, एकडारा, इटहर्वाकट्टी, भोलही, पोखरभिण्डा, सम्सीलगायतका गाउँमा दुर्लभ वन्यजन्तुका रुपमा रहेको नीलगाई १०० भन्दा बढीको संख्यामा देखिएको स्थानीय बासिन्दाले बताएका छन् । स्थानीयवासीले यसअघि कहिले नदेखिएको गाईजस्तो तर निलो रंगका ती […]

बाबियाचौर, म्याग्दी, फागुन २८ गते । बेनी नगरपालिका ५ डडुवाकी कौशिला परियार आँगनमै रहेको धारामा नियमित खानेपानी आउन थालेपछि दंग पर्नुभएको छ । “डेढ–दुई घण्टा लगाएर गाग्री, ग्यालिन, ड्रम, बोतलमा पानी ओसार्नुपर्ने वर्षौदेखिका दुःखका दिन गए,” साठी वर्षीया परियारले भन्नुभयो – “अहिले आँगनको धारामा नियमित पानी आउन थालेपछि सुविधा भयो ।” घरमा उपभोग गर्ने र […]

चन्द्र पन्दाक / ताप्लेजुङ, फागुन २८ गते । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले ताप्लेजुङस्थित तमोर नदीमा निर्माण गर्न लागेको मध्य तमोर जलविद्युत् आयोजनाको क्षेमता वृद्धि हुने भएको छ । आयोजनाबाट ७३ मेगावाट क्षमताको विद्युत् उत्पादन हुने भएको हो । सुरुमा ५४ मेगावाट विद्युत् उत्पादन गर्नेगरी सुरु गरिएको आयोजनाको मुहान् स्थल (हेडवक्र्स) केही परिवर्तन गरेसँगै उत्पादन […]

काठमाडौँ, फागुन २६ गते । नवनिर्वाचित सभामुख कृष्णबहादुर महराले जनताले निर्माण गरेको संविधान कार्यान्वयनलाई मुख्य केन्द्रमा राखेर आफूले जिम्मेवारी बहन गर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकले उहाँ सभामुखमा निर्वाचित भएको औपचारिक घोषणापछि पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले संविधान कार्यान्वयनका लागि आवश्यकपर्ने कानून निर्माणमा लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो । सभामुख महराले भन्नुभयो, “सबै राजनीतिक […]