
काठमाडौँ, माघ २१ गते । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले आयोजना प्रभावित र सर्वसाधारणका लागि रु दुई अर्ब ६३ करोड ८५ लाख बराबरको साधारण शेयर (आइपिओ) जारी गर्ने भएको छ । सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा राखेको यो आयोजनाले पहिलो चरणमा आयोजना प्रभावित दोलखा जिल्लावासी र सर्वसाधारणका लागि साधारण शेयर बिक्री गर्न लागेको हो । माथिल्लो […]

जाजरकोट, माघ २१ गते । जाजरकोटको सदरमुकाम खलंगामा केन्द्रीय प्रसारणको विद्युत् लाइन जडान गरिएको छ । विगत लामो समयदेखि अँध्यारोमा बस्दै आएका यहाँका बासिन्दा घरमा विद्युत् लाइन पुगेपछि खुशी भएका छन् । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्रले पहिलो चरणमा भेरी नगरपालिका–४ बोहरागाउँ, मूलपानीबाट विद्युत् जडानको काम शुरु गरेको हो । सदरमुकाम खलङ्गामा हालसम्म ३५० जनाको […]

काठमाडौँ, माघ २१ गते । झट्ट हेर्दा जो कोहीलाई पनि लाग्न सक्छ जनसंख्या र सवारी साधनको अत्यधिक घनत्व भएको काठमाडौँ उपत्यकाका मुलुकमै सबभन्दा बढी प्रदूषित सहर होला । वातावरणीय प्रदूषण मापन तथ्यांकका आधारमा भने लुम्बिनी काठमाडौँभन्दा पनि बढी प्रदूषित देखिएको छ । वायु गुणस्तर मापन तथा अनुगमन प्रणालीबाट प्राप्त तथ्यांकअनुसार काठमाडौँभन्दा लुम्बिनी डेढ गुणा बढी […]

धनगढी, माघ २० गते । उमाकुमारी वादी सांसद बन्नेछिन् भन्नेमा कसैलार्ई पत्यार थिएन । तर राजनीतिमा आएको परिवर्तनसँगै नेपालकोे संविधान बमोजिम गरिएको राज्य पुनःसंरचनाले संघर्षशील महिला नेत्री उमाकुमारी वादीलाई प्रदेशसभामा जनताको प्रतिनिधिको रुपमा प्रतिनिधित्व गर्ने सफलता मिलेको छ । कुनै समयमा नेपाली समाजले वादी समुदायका व्यक्तिलाई तल्लो दर्जाको रुपमा हेर्ने गरिन्थ्यो । कतिपय ठाउँमा अझै […]

रत्ननगर, चितवन, माघ २० गते । चितवनको मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिको विभिन्न वन क्षेत्रमा पारिस्थितिक प्रणालीका लागि महत्वपूर्ण मानिने सिमसार क्षेत्रको विस्तार कार्यक्रम सञ्चालन भएको छ । चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र मृगकुञ्ज उपभोक्ता समिति चितवनले यहाँको विभिन्न क्षेत्रमा सिमसारको व्यवस्थापन तथा विस्तारको कार्यक्रम शुरु गरेको अध्यक्ष वासु ढुंगानाले जानकारी दिनुभयो । पछिल्लो समयमा सिमसार […]

मकवानपुर, माघ २० गते । नेपाली सेनाले काठमाडौँ–तराई–मधेश द्रुतमार्ग निर्माणलाई चार वर्षभित्र पूरा गर्न आफ्नो कामलाई तीव्रता दिएको छ । काठमाडौँ उपत्यकालाई तराईसँग सडक सञ्जालमा जोड्ने सबैभन्दा छोटो ७६ किमी दूरीको मुलुकको आर्थिक विकासको मेरुदण्ड मानिएको दु्रतमार्ग निर्माण आयोजनालाई नेपाली सेनाले इतिहास रच्ने ठूलो अवसरका रुपमा लिएको छ । पाँच स्थानबाट एकैसाथ काम अघि बढाइसकिएको […]

इलाम, माघ २० गते । नेपालमा चिया खेती शुरु भएको झण्डै १५४ वर्षपछि नेपाली अर्थाेडक्स चियाले आफ्नै पहिचान पाएको छ । चिया तथा कफी विकास बोर्ड, चिया उत्पादनसँग सम्बन्धित संघसंस्था र चियाविज्ञको लामो प्रयासपछि नेपाली अर्थोडक्स चियाले आफ्नो लोगो (ट्रेडमार्क) पाएको हो । हिमालको आकृतिसँगै ‘नेपाली टी क्वालिटी फ्रम दी हिमालय’ लेखिएको लोगो नेपाली चियाले […]

काठमाडौँ । राजनीतिक परिवर्तनमा फोटो पत्रकारको अग्रणी भूमिका रहेको उपराष्ट्रपति नन्दबहादुर पुनले बताएका छन् । आज भृकुटीमण्डपमा नेपाल फोटो पत्रकार समूह(एनएफपिजे)द्वारा आयोजित अन्तरराष्ट्रिय प्रिन्टिङ एण्ड फोटोग्राफी एक्स्पोको उद्घाटनका क्रममा हजार शब्दभन्दा एउटा तस्वीरको महत्व सयौँ गुण बढी हुने बताउँदै सत्यतथ्य समाचार सम्प्रेषणमा फोटो पत्रकारले राष्ट्रका लागि पु¥याएको योगदान प्रशंसा गरे । कार्यक्रममा रक्षामन्त्री भीमसेनदास प्रधानले […]

लहान, माघ १९ गते । अबदेखि सिरहाको कल्याणपुर नगरपालिकाको तीनवटा वडामा मदिरा बिक्री वितरण र भोजपुरी भाषाका अश्लील खालका गीत बजाए सम्बन्धित वडा कार्यालयले जरिवाना गर्ने भएको छ । साथै, बालबालिकाको मोबाइल र मोटरसाइकलमा बढ्दो प्रभावलाई निरुत्साहित गर्न बालबालिकालाई मोबाइल प्रयोगमा रोक लगाउनेसमेत निर्णय गरेको छ । कल्याणपुर नगरपालिका–५ का वडाध्यक्ष दीपेन्द्र यादवको अध्यक्षतामा बिहीबार […]

हेटौँडा, माघ १९ गते । प्रदेश नं ३ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तत्कालीन जिल्ला समन्वय समिति मकवानपुरको नयाँ भवनमा आज स्थापना गरिएको छ । सरकारले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रमुख सचिवमा नियुक्त गरेका रेश्मीराज पाण्डेले आजै पदवहाली गर्नुभयो । पद बहालीपछि आयोजित कार्यक्रममा उहाँले प्रदेश नं ३ मा मन्त्रिपरिषद्सहित सात वटा मन्त्रालय रहने जानकारी […]