समाचार

विश्वव्यापी बन्दै वातावरणीय चुनौती

काठमाडौं, पुस १३ गते । बढ्दो जनसंख्या, औद्योगीकरण र जैविक इन्धन स्रोतको प्रयोगका कारण कार्बन उत्सर्जनमा वृद्धिले शताब्दीको अन्त्यसम्ममा विश्व ठूलो वातावरणीय जोखीमको अवस्थामा धकेलिने खतरा बढ्दै गएको छ । कार्बन उत्सर्जन तथा अन्य हरित ग्यास उत्सर्जनलाई घटाउन नसके पृथ्वीको वाष्फीकरण बढ्न गई जलवायु परिवर्तनको समस्या जटिल बनी अनेक चुनौती थपिनेछ । हरित गृह ग्यास […]


दोगडाकेदारमा बैतडीकै पहिलो होमस्टे सञ्चालनमा

बैतडी, पुस १३ गते । स्थानीय कला, भाषा, संस्कृति तथा खानाका परिकारको प्रचारप्रसार गरी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यले बैतडी जिल्लामै पहिलो होमस्टे (घरबास) दोगडाकेदारमा सञ्चालनमा आएको छ । दोगडाकेदार गाउँपालिका–६ सित्तडमा सञ्चालनमा रहेको उक्त होमस्टेमा स्थानीय कला, संस्कृति, पुरानो रीतिरिवाज, वेषभूषा, रहनसहन र यहाँको स्थानीय खानाका परिकार रहेका होमस्टे सञ्चालन सुशीला मडैले जानकारी […]


विवादपछि रानीपोखरी पुनःनिर्माणको काम अघि बढ्न सकेन

काठमाडौँ, पुस १२ गते । आपसी विवादपछि काठमाडौँ महानगरपालिकाले रानीपोखरी पुनःनिर्माणको काम मंगलबारदेखि अघि बढाउन सकेको छैन । विवादको विषयमा थप छलफल भइ सहमति भएपछि मात्र काम अघि बढाइने निर्माणका लागि जिम्मा पाएको ठेकेदार कम्पनी वल्र्डवाइड कँडेल केएन केजीजेभीका निर्देशक अर्जुन कँडेलले जानकारी गराउनुभयो । गत मंगलबार पुरातात्विक महत्व कायम गर्दै निर्माण कार्य कसरी बढाउने […]


नाका खुलाउन चीनद्वारा सुरक्षा योजना माग

चित्र मिजार / सिन्धुपाल्चोक, पुस १२ गते । चार वर्ष अघिदेखि पूर्णरूपमा बन्द तातोपानी नाका खुल्ने सङ्केत चिनियाँ अधिकारीले दिएका छन् । नेपाल र चीन बीचका सुरक्षाकर्मीबीच चीनको खासामा भएको बैठकमा चिनियाँ अधिकारीले नाका खुल्ने संकेत दिएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले जानकारी दिनुभएको छ । ज्वाइन्ट कमाण्ड मेकानिजम एग्रिमेन्ट नेपालले […]


माओवादी केन्द्र र मधेशी दलसहितको सरकार बनाउन एमालेको पहल

काठमाडौँ, पुस १२ गते । नेकपा (एमाले)ले आफ्नो नेतृत्वमा नेकपा (माओवादी केन्द्र) सहित मधेशकेन्द्रित दललाई समेटेर नयाँ सरकार गठनको पहल गरेको छ । एउटै कम्युनिष्ट पार्टी निर्माणको घोषणासहित निर्वाचनमा तालमेल गरेका दुई वाम पार्टीका शीर्ष नेताहरु सरकार गठन र पार्टी एकतामा अनौपचारिक छलफलमा जुटिरहेका बेला एमाले नेतृत्वले अन्य दललाई पनि समेट्न गृहकार्य गरेको हो । […]


संविधान, विधि र प्रक्रियाबाटै सहमति खोज्न कानूनविद्को सुझाव

काठमाडौँ, पुस ११ गते । विधि र प्रक्रियाका आधारमा असल संस्कार स्थापित गर्दै विद्यमान राजनीतिक र संवैधानिक अड्चनको निकास खोज्न सरकार र प्रमुख राजनीतिक दललाई सुझाव दिइएको छ । संघीय व्यवस्थापिका–संसद्द्वारा आज यहाँ आयोजित ‘शान्ति प्रक्रिया र संविधान कार्यान्वयनको अवस्था’ विषयक अन्तक्र्रियामा सहभागी वक्ताले उक्त सुझाव दिएका हुन् । वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीले निर्वाचनको नतिजा […]


नयाँ प्रविधिबाट नेपाली कागज

बागलुङ, पुस ११ गते । उद्यमीले घरेलु प्रविधिको सट्टा आधुनिक यन्त्र प्रयोग गरेर नेपाली हाते कागज उत्पादन गर्न थालेका छन् । जिल्लाको पहिचान भनेर चिनिने नेपाली हाते कागजलाई आधुनिकीकरण गरिएको हो । ताराखोला गाउँपालिका–५ मा यन्त्रको प्रयोगबाट कागज बनाउन प्रयोग हुने लोक्ता प्रशोधन र उत्पादन हुने गरेको छ । यसअघि जंगलबाट ल्याएको लोक्तालाई काठको मुङ्ग्रोले […]


ढाका बुन्नका लागि साझा सुविधा केन्द्र

तेह्रथुम, पुस ११ गते । तेह्रथुमको म्याङलुङमा ढाका बुन्नका लागि दश थान तान सेटसहितको साझा सुविधा केन्द्र स्थापना भएको छ । केन्द्रको स्थापनाले ढाका बुनेर जीविकोपार्जन गर्न सक्ने तर लगानी अभावका कारण आफैँ तान राखेर ढाका बुन्न नसक्ने विपन्न समुदायका महिलालाई सहज भएको छ । गरिबी निवारण कोषअन्तर्गत जापान सामाजिक विकास कोषको आर्थिक सहयोग तथा […]


गुल्मीमा होमस्टे महोत्सव

गुल्मी, पुस १० गते । मुसिकोट नगरपालिका– ६ कुर्घामा ‘होमस्टे महोत्सव’ शुरु भएको छ । कुर्घा स्वाँरामा गुरुङ समुदायले होमस्टे महोत्सवको आयोजना गरेको उद्योग वाणिज्य संघका सदस्य ज्ञानहरि सापकोटाले जानकारी दिनुभयो । होमस्टेको प्रचारप्रसार गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो । समुद्री सतहदेखि एक हजार ५२० मिटरको उचाइमा रहेको उक्त स्थानमा गुरुङहरुको मात्र बस्ती रहेको […]


विदेशी लगानीमा उत्साह

विश्वास रेग्मी / काठमाडौँ, पुष १० गते । चालु आर्थिक वर्षको पहिलो चार महिनामै नेपालले विदेशी लगानीकर्ताबाट उच्च लगानी प्राप्त गरेको छ । गत आर्थिक वर्षभरिमा कुल १३ अर्ब लगानी प्राप्त भएकोमा चालु आवको चार महिनाभित्रै दस अर्ब बढी प्रत्यक्ष विदेशी लगानी नेपाल भित्रिसकेको राष्ट्र बैङ्कले जनाएको छ । यस अवधिमा नेपालले कुल १० अर्ब […]




TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter