
पाल्पा, असोज २० गते । रैनादेवी छहरा गाउपालिका– ५, मुझुङ्गको कटौजेपानीका युवाले तरबार लडाउने र नचाउने पर्वको संरक्षणमा जुटेको छ । सेनकाली राजाका पालादेखि तरबार लडाउने र नचाउने परम्परा रहेकोमा पछिल्लो समयमा यो लोप हुँदै गएको थियो । तर यसपाली स्थानीय युवाले ५० थान तरबार बोकेर प्रदर्शनीसमेत गरेका हुन । लोपन्मुख अवस्था रहेको यो पर्व […]

जोमसोम, (मुस्ताङ) असोज १९ गते । विश्वकै सबैभन्दा अग्लो स्थानमा रहेको भनी चिनिएको तिलिचो ताल समुद्री सतहदेखि ४,९१९ मिटर अग्लो स्थानमा रहेको छ । सो तालमा जान अब हिमालपारिको जिल्ला मुस्ताङबाट जोमसोमको ठिनी हुँदै ५,१२० मिटर अग्लो मेसोकोन्दो पास( भञ्ज्याङ) भई पुग्न सकिने छोटो पदमार्गको निर्माण भएको छ । उक्त पदमार्ग निर्माण तथा साइन पोस्टिङको […]

काठमाडौँ, असोज १९ गते । सोलुखुम्बुस्थित खुम्बु पासाङल्हमु गाउँपालिकाले पर्यटन शुल्क लिने गरेको निर्णयविरुद्ध सम्पूर्ण पर्यटन व्यवसायी एकताबद्ध भई कानूनी प्रक्रियाबाट यसको टुङ्गो लगाइनुपर्नेमा जोड दिएका छन् । ट्रेकिङ एजेन्सिज एशोशिएशन अफ नेपाल (टान) ले आज यहाँ आयोजना गरेको ‘स्थानीय पर्यटन शुल्क राष्ट्रिय पर्यटनमा असर’ विषयक अन्र्तक्रियामा उनीहरुले सो गाउँपालिकाले प्रतिविदेशी पर्यटक रु दुई हजार […]

धनगढी , असोज १९ गते । सरकारी बेवास्ता र व्यवस्थापन पक्षको लापर्बाहीका कारण लामो समयदेखि बन्द रहेको नेशनल ट्रेडिङ लिमिटेड धनगढीलगायतका कार्यालय पुनः सञ्चालनका लागि पहल थालिएको छ । प्रदेश नं ७ को धनगढीसहित मुलुकका ११ स्थानमा व्यापार व्यवसायमा टेवा पु¥याउने उद्देश्यका साथ शाखा कार्यालय स्थापना गर्ने तयारी भइरहेको नेशनल ट्रेडिङ केन्द्रीय कार्यालयका महाप्रबन्धक लवराज […]

ध्रुवसागर शर्मा, बेनी, म्याग्दी, असोज १८ गते । संसारकै सातौँ अग्लो धौलागिरि हिमाललगायत १६ वटा शिखरको हिमश्रृंखला, म्याग्दी र पर्वतका विभिन्न ३७ वटा गाउँ देखिने म्याग्दीको पर्यटकीय एवं रमणीयस्थल ‘गुफाको डिल’ पर्यटकको पर्खाइमा रहेको छ । म्याग्दीको बेनी नगरपालिका–५ गाजनेमा अवस्थित ऐतिहासिक महत्वको जगन्नाथ मन्दिर नजिकै पर्ने गुफाको डिल धार्मिक तथा पर्यटकीय आकर्षणका रुपमा रहेको […]

काठमाडौँ, असोज १८ गते । वसन्तपुरस्थित कुमारीबाट हालै अवकाश प्राप्त मतिना शाक्यले भेटिवापत ५० लाख रुपियाँ हाराहारीमा आम्दानी गर्नुभएको छ । २०६४ सालमा कुमारीमा नियुक्त हुनुभएकी शाक्यको यो व्यक्तिगत आम्दानी हो । कुमारीका लागि महानगरपालिका, निवृत्तीभरण व्यवस्थापन कार्यालय, गुठी संस्थान, विभिन्न वाणिज्य बैङ्क तथा सङ्घ संस्था र सर्वसाधारणबाट भेटी प्रदान गर्ने गर्छन् । यसरी प्रदान […]

मुस्ताङ , असोज १८ गते । मुस्ताङको थासाङ गाउँपालिका– १ टुकुचेमा १३.६ मेगावाट क्षमताको थापाखोला जलविद्युत् आयोजना निर्माण भएको छ । आयोजनाबाट उत्पादित विद्युत् तिहार अघिनै केन्द्रीय प्रसारण लाइनमा जोड्ने तयारी भइरहेको छ । माउण्ट कैलाश इनर्जी प्रालिले आयोजनाको बाँध, सुरुङ, फोरवे, पेनस्टक, पावरहाउस निर्माण र उपकरण जडान सकिएपछि भदौको पहिलो हप्तादेखि परीक्षण उत्पादन शुरु […]

काठमाडौँ, असोज १७ गते । निर्वाचन आयोगले आगामी मंसिर १० र २१ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा खटिने जनशक्तिलाई अभिमुखीकरण, तालीम र प्रशिक्षण शुरु गरेको छ । सो क्रममा मतपत्र छपाइ अनुगमनकर्ताका लागि सञ्चालित अभिमुखीकरण कार्यक्रमको शुभारम्भ गर्दै प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले निर्वाचनमा मतपत्र छपाइ र व्यवस्थापन सबै ठूलो जिम्मेवारी भएकाले […]

काठमाडौँ, असोज १७ गते । स्वास्थ्य मन्त्रालय र नेपाल चिकित्सक संघबीच भएको सहमतिप्रति असहमति जनाउँदै चिकित्सासित आबद्ध विभिन्न संघसस्थाले विरोध जनाउँदै हातमा कालोपट्टी र टाउकामा हेलमेट लगाई सेवा दिएका छन् । जेल विदआउट विलमा सरकार र संघका बीचमा भएको सहमति स्पष्ट नभएको भन्दै डाक्टर्स सोसाइटी अफ नेपाल, सरकारी चिकित्सक संघ, राष्ट्रिय चिकित्सक संघ, नेपाल डेण्टल […]

सीता शर्मा / काठमाडौँ, असोज १७ गते । श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगारमा गएका नेपाली कामदारले कमाएको विप्रेषण (रेमिट्यान्स) सदुपयोग गर्नेगरी विशेष कोष स्थापना गर्ने प्रस्ताव गरेको छ । वैदेशिक रोजगारीमा गएका कामदारहरूले आवश्यकता अनुसार रकम जम्मा गर्न सक्नेगरी विप्रेषण कोषको स्थापना गर्ने प्रस्ताव गरेको हो । मन्त्रालयले अन्तिम रूप दिइसकेको ऐनको मस्यौदामा सरकारले […]