
काठमाडौँ, माघ १८ गते । राजधानीभित्र नै संगठितरुपमा विद्युत् चोरी भइरहेको तथ्य खुलेको छ । नेपाल विद्युत् प्राधिकरणले गरेको स्थलगत अध्ययनको क्रममा ललितपुरका करिब एक दर्जन बढी स्थानमा विद्युत् चोरी हुने गरेको पाइएको हो । ललितपुरको गोदावरीतर्फ विद्युत् आपूर्ति हुने फिडरमा अत्यधिक मात्रामा विद्युत् चोरी हुने गरेको तथ्य फेला परेको हो । प्राधिकरण केन्द्रीय कार्यालयका […]

काठमाडौं । दुईदिने भ्रमणका लागि नेपाल आएकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजले आफ्नो कुनै एजेण्डा नभएको बताएकी छिन् । स्वराज भारतीय वायुसेनाको विशेष विमानबाट अपराह्न ४ बजे काठमाडौंस्थित त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा ओर्लिएकी हुन्। काठमाडौं ओर्लिए लगत्तै स्वराजले नेपाल नेपाल भारतको असाल मित्रराष्ट्र भएको बताउँदै आफु दुई देशबिचको सम्बन्ध सुमधुर बनाउन आएको बताईन् । ‘नेपाल मित्रराष्ट्र हो, […]

काठमाडौँ, माघ १८ गते । आयोडिनयुक्त नूनको थप प्रवद्र्धन गर्दै यसको कमीबाट हुने रोगलाई निवारण गर्ने ध्येयले साल्ट ट्रेडिङ कर्पाेरेशनले भोलि शुक्रबारदेखि एक महिनासम्मअर्थात फेब्रुअरी महिनालाई आयोडिन महिनाका रुपमा मनाउने भएको छ । सन् १९९८ देखि सो महिनालाई आयोडिन महिनाका रुपमा मनाउँदै आइएको छ । चिकित्सकका अनुसार खासगरी आयोडिनको कमीले गलगाड हुने गर्दछ । लामो […]

रत्ननगर, चितवन, माघ १८ गते । सरसफाइ अभियानमा सक्रिय सामाजिक संस्था ‘वे ग्रुप’ चितवनले विकट चेपाङ बस्तीमा खाद्यान्न तथा लत्ताकपडा सहयोग गरेको छ । चितवनको नारायणगढका विभिन्न संघसंस्था तथा व्यवसायीबाट सहयोग संकलन गरी चेपाङ गाउँमै पुगेर सहयोग गरिएको हो । राप्ती नगरपालिका–१० स्थित चौकीडाँडाका महेन्द्र चेपाङले जाडोले कठ्याङ्ग्रिएका चेपाङलाई लत्ताकपडा उपलब्ध गराएको भन्दै संस्थाको कामको […]

काठमाडौँ, माघ १७ गते । सामान्य प्रशासन मन्त्रालयले प्रदेशसभा र प्रदेश सरकार सञ्चालनका लागि आवश्यक कर्मचारी खटाउने कार्य जारी राखेको छ । सातैवटै प्रदेशमा प्रदेशसभाको बैठक बस्न थालेकाले आवश्यक कर्मचारी खटाउन थालिएको हो । मन्त्रालयले अहिलेसम्म करिब पाँच सय कर्मचारी खटाइसकेको मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानले जानकारी दिनुभयो । खटिएकामध्ये चार सय प्रशासन र सय जना […]

काठमाडौं, माघ १७ गते । ज्यान मार्ने धम्की दिएको आरोप लागेपछि प्रधानन्यायाधीश गोपाल पराजुलीमाथि महानगरीय प्रहरी परिसर, काठमाडौंले अनुसन्धान प्रक्रिया सुरु गरेको छ । अधिवक्ता डा. सुरेन्द्र भण्डारीले बुधबार प्रधानन्यायाधीश पराजुलीले आफूलाई ज्यान मार्ने धम्की दिएको भन्दै जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा निवेदन दिएपछि पराजुलीमाथि अनुसन्धान सुरु भउको हो । निवेदन प्राप्त भएलगत्तै जिल्ला प्रशासन कार्यालयले […]

बर्दिवास, माघ १७ गते । महोत्तरीको उत्तरी क्षेत्रका किसान प्रांगारिक खेतीतर्फ आकर्षित भएका छन् । सघन तरकारीखेती गरिने बर्दिवास, गौशाला, भंगाहा, औरही र लोहारपट्टी नगरपालिकाका किसान प्रांगारिक खेतीतर्फ आकर्षित भएका हुन् । तरकारी, तेलहन, उखुलगायत नगदेबाली लगाउँदै आएका यहाँका किसानले प्रांगारिक मलको प्रयोगबाट पर्याप्त मात्रामा उत्पादन गर्दैआएका छन् । गाईवस्तुको गोबर तथा बाख्राको बड्कुला भकारोमा […]

मनाङ, माघ १७ गते । मनाङवासी अझै परम्परागत पानी घट्टमा कुटनीपिसानी गरेर जीविकोपार्जन गर्न बाध्य छन् । जिल्लाका अधिकांश वस्तीमा बिजुली बत्ती, मोटर बाटोको सुविधा पुगे पनि दैनिक जीवनको लागि अति आवश्यक पर्ने कुटानीपिसनी आधुनिक मिल भने छैन । यस जिल्लामा धान खेती भने हुँदैन । यस जिल्लाको मुख्य बाली फापर गहु करु र आलु […]

काठमाडौं, १६ माघ । एमालेले यही माघ २४ गते हुने राष्ट्रियसभाको निर्वाचनका लागि मतदातालाई अभिमुखीकरण तालीम सञ्चालन गर्ने भएको छ । पार्टी कार्यालय धूम्रबाराहीमा आज बसेको स्थायी कमिटी बैठकले निर्वाचनमा मतदान कसरी गर्ने भन्नेबारेमा सिकाउनका लागि अभिमुखीकरण तालीम सञ्चालन गर्ने निर्णय गरिएको स्थायी कमिटी सदस्य शंकर पोखरेलले जानकारी दिए । उनका अनुसार यही माघ २१ […]

काठमाडौँ, १६ माघ । माघ शुक्ल पूर्णिमाका दिन बुधबार बेलुकी खग्रास चन्द्रग्रहण लाग्ने भएको छ । यही माघ १७ गते बेलुकी ५ बजेर ५५ मिनेटमा चन्द्रमा उदाउने र बेलुकी ६ बजेर ३६ मिनेटमा इशान कोणबाट ग्रहणले छुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । ग्रहणको मध्यकाल ७ बजेर १७ मिनेटमा हुनेछ । आठ बजेर ५७ […]