
काठमाडौँ, ७ पुस । सरकारले नगरपालिका तथा नगरउन्मुख क्षेत्रमा सौर्य प्रणालीमार्फत ऊर्जा उपलब्ध गराउने योजनालाई कडाइपूर्वक कार्यान्वयन गर्ने भएको छ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले तयार पारेको कार्ययोजनाअनुसार नयाँ भवन तथा घर निर्माण गर्दा अनिवार्य रुपमा सौर्य प्रणाली जडान गर्नुपर्नेछ । मुलुकमा जारी ऊर्जा सङ्कटलाई समाधान गर्ने उद्देश्यका साथ ऊर्जाको सहज […]

जाजरकोट, ६ पुस । यस वर्ष जाजरकोटको ढिमे गाविस–१ दम्दालामा रु ५० लाख मूल्य बराबरको सुन्तला फलेको छ । सुन्तलाखेती र यो वर्षको उत्पादनबारे स्थलगत रुपमा अनुगमन गर्न दम्दाला पुगेका जिल्लाका सरकारी अधिकारी, पत्रकार र राजनीतिक दलका नेताहरुलाई किसानले सुन्तलाखेतीको पकेट क्षेत्र दम्दालामा १०० हेक्टर जमिनमा रु ५० लाखको सुन्तला फलेको जानकारी गराएका थिए । […]

सुरुङ्गा (झापा), ५ पुस । मुस्लिम धर्मअनुसार गर्भपतन गर्न नहुने धार्मिक परम्पराको मर्यादालाई कायम राख्दै दक्षिणी झापाको चकचकीका मुस्लिम समुदायका अधिकांश महिलाले परिवार नियोजनको अस्थायी साधन प्रयोग गरी दुई सन्तानमात्र जन्माउन थालेका छन् । सुरक्षित गर्भपतन सेवा कानुनी भए पनि यो समुदायमा गर्भपतन धार्मिक अपराध हो भन्ने मानसिकता अझै कायम छ । सोही मानसिकताअनुसार धार्मिक […]

काठमाडौँ, ४ पुस । लोक सेवा आयोगले हुम्ला र डोल्पा जिल्लामा परीक्षा केन्द्र कायम गर्ने भएको छ । कर्णाली अञ्चल दुर्गम र पिछडिएको क्षेत्र भएकाले सो क्षेत्रबाट बढीभन्दा बढी सरकारी सेवामा प्रवेश गरुन् भन्ने उद्देश्यले ती दुई जिल्लामा परीक्षा केन्द्र कायम गर्न लागेको हो । आयोगको सुर्खेत कार्यालयले परीक्षा केन्द्र कायम गरी खरिदार […]

बेलौरी (कञ्चनपुर), २ पुस । कञ्चनपुरका दृष्टिविहीन महिलाका लागि क्रिकेट प्रतियोगिता आयोजना गरिएको छ । दृष्टिविहीन क्रिकेट सङ्घ र सुदूरपश्चिम सामुदायिक दृष्टिविहीन सङ्घ नेपालको आयोजनामा आजदेखि कञ्चनपुरको महेन्द्रनगरमा क्रिकेट प्रतियोगिता सुरु भएको हो । उक्त प्रतियोगिताको उद्घाटन सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति डा भूषण श्रेष्ठले गर्नुभयो । सुदूरपश्चिम सामुदायिक दृष्टिविहीन सङ्घ नेपालका अध्यक्ष बलराम पन्तले […]

फलेवास (पर्वत), २९ मङ्सिर । मङ्सिर महिना बिहेको मौसम । हरेक दिन विवाहको भोज भइरहेको हुन्छ र यस्ता भोजमा लाखौँ रुपैया खर्च पनि हुन्छ । तर पर्वतका युवाले विवाहमा भोज खुवाउने चलन त्याग्दै बिहे भोजको खर्च सामाजिक काममा लगाउन थालेका छन् । पर्वतको कुस्मामा क्रियाशील ‘रोट्याक्ट क्लब’ अफ पर्वतका युवाले बिहे भोजको रकम […]

(कालिका खड्का) काठमाडौँ, २८ मङ्सिर । सरकारले देशभरिको पर्यटन क्षेत्रका बारेमा सहज रुपमा जानकारी लिनका लागि मोबाइल एप्सको प्रविधि विकास गर्ने भएको छ । नेपालमा पर्यटकीय गन्तव्य कहाँ÷कहाँ छन ?, त्यहाँको सेवा सुविधा के–कस्तो छ ? त्यहाँको हावापानी कस्तो छ ? पर्यटकीय गन्तव्यसम्म कसरी जान सकिन्छ ? भन्ने विषयमा सम्पूर्ण जानकारीका लागि सरकारले मोबाइल एप्स […]

भक्तपुर, २७ मङ्सिर । भक्तपुर पूर्ण साक्षर जिल्ला घोषित भएको छ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले अनौपचारिक शिक्षा समिति भक्तपुरले आज दरबारस्क्वायरमा आयोजना गरेको समारोहमा जिल्लालाई २० आँै पूर्ण साक्षर जिल्ला घोषणा गर्नुभएको हो । कार्यक्रममा मन्त्री पोखरेलले साक्षर जिल्ला घोषणा भएको अवसरमा जिल्ला शिक्षा कार्यालय भक्तपुरलाई रु पाँच लाख पुरस्कार प्रदान गर्नुभयो । सो […]

काठमाडौँ, २६ मङ्सिर । आँखामा आँसु नली बन्द भएमा गरिने उपचार प्लास्टिक शल्यक्रियासम्बन्धी दुईदिने कार्यशाला यहाँ सुरु भएको छ । तीलगङ्गा आँखा प्रतिष्ठानको आयोजनामा नयाँ प्रविधिबाट दक्ष जनशक्ति उत्पादन गर्नका लागि देशका विभिन्न स्थानका दश र प्रतिष्ठानकै आँखा चिकित्सक कार्यशालामा सहभागी छन् । लगातार आँसु आइरहने समस्याको बाहिरी घाउ नबनाई नाकभित्रबाट उपचार गरिने […]

काठमाडौँ, २५ मङ्सिर । काठमाडौँ उपत्यकामा व्यवस्थित आवास निर्माणका लागि जग्गा विकास, संयुक्त आवास र सामूहिक आवास गरी २२३ योजनालाई अनुमति दिइएको छ । उपत्यकामा अव्यवस्थित बसोबास रोकी व्यवस्थित सहर निर्माण गर्न दिन काठमाडौँ उपत्यका विकास प्राधिकरणले यस्तो अनुमति दिएको हो । काठमाडौँ जिल्लामा जग्गा विकास ३७, संयुक्त आवास ७५ र सामूहिक आवास ३३ […]