
पर्वत, ३ मङ्सिर । यहाँका तीन कृषकलाई राष्ट्रपति जिल्लास्तरीय कृषक पुरस्कारबाट बुधबार पुरस्कृत गरिएको छ । जिल्ला कृषि विकास कार्यालय र जिल्ला पशु सेवा कार्यालयलेपुरस्कृत गरेकामा शालिजा गाविसका सुन्तला उत्पादक नरु पाइजा, कुस्मा नगरपालिकाका बङ्गुरपालक प्रेमबहादुर गुरुङ र कार्कीनेटा गाविसका कफी उत्पादक भवानीप्रसाद शर्मा रहनुभएको छ । पुरस्कृत कृषकलाई जनही रु १० हजार, प्रमाणपत्र र […]

काठमाडौँ, २ मङ्सिर । पाँच वर्षदेखि एकल आमाको सम्पत्तिको अधिकार प्राप्तिमा सक्रिय अधिकारकर्मी शर्मिला थापा यस वर्षको ‘एन पिस अवार्ड’ बाट सम्मानित हुनु भएको छ । नेपाल पत्रकार मञ्चले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै समिदा महिला विकास मञ्चको अध्यक्षसमेत रहनुभएकी थापाले महिला अधिकारका लागि निरन्तर सक्रियरूपमा लागेको भन्दै कात्तिक ६ गते संयुक्त राष्ट्रसङ्घीय […]

काठमाडौँ, २ मङ्सिर । भारतको अघोषित नाकाबन्दीले इन्धन आपूर्ति सहज नभएका कारण निजी विद्यालयका बसहरु चल्न छाडेपछि अभिभावक आफैँले आफ्ना छोराछोरीलाई विद्यालय पु¥याउन थालेका छन् । दसैँ, तिहारलगत्तै विद्यालय खुल्न थालेपनि इन्धनको समस्याका कारण विद्यार्थी विद्यालय नआइरहेको अवस्थामा अहिले अभिभावक आफैँ आफ्ना छोराछोरीलाई विद्यालयसम्म पु¥याउन तम्सिएका हुन् । अभिभावक सङ्घ नेपालका अध्यक्ष सुप्रभात भण्डारीले भन्नुभयो, […]

बर्दिवास, २ मङ्सिर । महोत्तरीसहितका मिथिला क्षेत्रमा आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिँदै यस वर्षको छठ पर्व समापन गरिएको छ । कात्तिक शुक्ल चौथीका दिन गत आइतबार नुहाइधुवाइ गरेर सात्विक भोजन गर्दै व्रतको सङ्कल्प गरेका व्रतालुले आज पवित्र जलाशयमा बनाइएका घाटमा नुहाएर सूर्यलाई अघ्र्य दिए । यसअघि पर्वको दोस्रो दिन पञ्चमीका दिन व्रतालुले दिनभरि निर्जला […]
काठमाडौँ, १ मङ्सिर । युवा तथा खेलकुद मन्त्री सत्यनारायण मण्डलले फुटबलमा भएका विकृति र विसङ्गतिले देशको स्वाभिमानमा ठेस पु¥याएको बताउनुभएको छ । रिपोर्टर्स क्लबले आज यहाँ गरेको साक्षात्कार कार्यक्रममा उहाँले पछिल्लो समयमा फुटबलमा देखिएका भ्रष्टाचार, म्याच फिक्सिङ (खेल मिलेमतो) मात्र नभएर धेरै अनैतिक कार्य रहेको बताउँदै सुधारका लागि सबै लाग्नुपर्नेमा जोड दिनुभयो । विश्व फुटबल […]

(कल्पना पौडेल) काठमाडौँ, १ मङ्सिर । अधिकांश औषधि वीरगन्ज नाकामा अड्किएकाले त्यसलाई रानी र सुनौली भन्सार नाकाबाट नेपाल ल्याउने तयारी भइरहेको औषधि व्यवस्था सहजताका लागि बनेको सरकारी कार्यदलले जनाएको छ । दुई महिनादेखि जारी नाकाबन्दीका कारण औषधिका कच्चा पदार्थलगायत विभिन्न औषधि नाकामै रहेका कारण नेपालमा औषधिको अभाव भएको छ । कार्यदलले सामान्य अवस्थामा […]

वीरगन्ज, १ मङ्सिर । वीरगन्जस्थित सुक्खा बन्दरगाहले आयातित मालसामानको गोदाम र कन्टेनरको पार्किङ शुल्क मिनाहा गरेको छ । मधेस केन्द्रित दलहरुको आह्वानमा अनिश्चितकालीन लगातारको बन्द र हडतालका कारण आयातकर्ताले समयमा ढुवानी गर्न नसकेको भन्दै बन्दरगाह सञ्चालक हिमालियन टर्मिनल्सले ४० दिनको शुल्क मिनाहा गरेको जनाएको छ । टर्मिनल्सले गत असोज ३ गतेदेखि कात्तिक १२ गतेसम्मको गोदाम […]

काठमाडौँ, ३० कात्तिक । राष्ट्रिय मानवअधिकार आयोग र राष्ट्रिय मानवअधिकार समिति कतारबीच नेपाली आप्रवासी कामदारको अधिकार संरक्षणका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । समितिको आमन्त्रणमा आयोगका अध्यक्ष अनुपराज शर्माको नेतृत्वमा अधिकृतद्वय कमल थापा क्षेत्री र कल्पना झासहितको तीन सदस्यीय टोली यही कात्तिक २८ गते कतार पुगेको थियो । सोही अवसरमा आज उक्त सम्झौता भएको हो […]

तुलसीपुर (दाङ), ३० कात्तिक । राप्ती अञ्चल अस्पताल तुलसीपुरको परिसरमा तुलसीपुर–५ निवासी समाजसेवी वामदेव शर्माले रक्तसञ्चार केन्द्र भवनको निर्माण गर्न लाग्नुभएको छ । उहाँले आफ्नी श्रीमती स्वर्गीय कालिकादेवी आचार्यको स्मृतिमा त्यहाँ रक्तसञ्चार केन्द्र निर्माण गर्न सुरु गर्नुभएको हो । विभिन्न सातवटा कोठा रहने गरी ६० लाख रुपैयाँ लागतमा( स्टिमेट ) गरेर काम अगाडि बढाइएको हालसम्म […]

मोरङ, ३० कात्तिक । मोरङ कारागारमा रहेका कैदी बन्दीले आयआर्जनका लागि अगरबत्ती र ढाका टोपी बुन्ने काममा सक्रिय भएका छन् । कारागार प्रशासनका अनुसार कैदीबन्दीलाई सीपमूलक काममा सहयोग गर्ने उद्देश्यले टोपी बुन्ने तानको व्यवस्था गरिएको छ । कारागारमा १२५ वटा तानमा १२५ कैदीबन्दी टोपी बुन्ने पेसामा संलग्न छन् । टोपी मोरङ र सुनसरीका व्यवसायीले खरिद […]