
काठमाडौँ, २१ पुस । काठमाडौँ महानगरपालिकाले आज विभिन्न स्थानमा गरेको अनुगमनका क्रममा ५०० किलोग्राम कुहिएको मासु बरामद गरेको छ । महानगरपालिकाले आज गरेको अनुगमनमा काठमाडौँको सुन्धाराका विभिन्न पसलबाट कुहिएको मासु बरामद गरेको हो । सो क्षेत्रमा रहेका पसलबाट ५०० किलो दुर्गन्ध आइरहेको खान नमिल्ने खसीको मासु बेच्न राखिएको अवस्थाबाट बरामद गरेको महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख […]

बागलुङ, २० पुस । सुन्तलाखेतीको लागि पकेटक्षेत्र मानिने जिल्लाको बिहुँ गाविसबाट यो वर्ष रु पाँच करोड बराबरको सुन्तला बिक्री भएको छ । कुल ४७ हेक्टर क्षेत्रफलमा फलेको ९०० मेट्रिक टनभन्दा बढी सुन्तला बेचेर त्यहाँका किसानले मनग्य आम्दानी भित्र्याएका छन् । जिल्ला कृषि विकास कार्यालयका कृषिप्रसार अधिकृत विप्लबप्रसाद अधिकारीकाअनुसार बिहुँमा रहेका साढे चौध हजार सुन्तलाका […]

भोजपुर, १८ पुस । यतिबेला भोजपुरको षडानन्द नगरपालिका र सदरमुकाम आसपासमा रहेका बजार तथा गाउँमा चीनबाट आएका रुद्राक्ष व्यापारी धेरै देख्न पाइन्छ । रुद्राक्ष नेपालको मध्यपहाडी क्षेत्रमा नगदेबालीका रुपमा किसानले उत्पादन गर्दैआएको एक वनस्पति फल भएकाले गाउँघरमा विशेषत रुद्राक्षलाई दाना भनेर पनि चिन्ने गरिन्छ । विगत वर्षमा भारतीय बजारमा निर्यात हँुदै आए पनि केही […]

काठमाडौँ, १६ पुस । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच नेपाल र भारतबीचको सम्बन्ध सुमधुर बनाउने विषयमा आज टेलिफोन वार्ता भएको छ । प्रधानमन्त्री ओलीले मधेसी मोर्चाका माग सम्बोधन गर्न नेपाल सरकारले संसद्मा प्रस्तुत गरेको संविधान संशोधनको विधेयकलाई भारत सरकारले स्वागत गरेकामा प्रधानमन्त्री मोदीलाई धन्यवाद ज्ञापन गर्नुभयो । करिब २० मिनेट भएको […]

काँकडभिट्टा (झापा), १४ पुस । बङ्गलादेश सरकारले भूकम्पपीडितका लागि आठ महिनाअघि पठाएको चामल खाद्य संस्थान कार्यालय, झापाकै गोदाममा थन्किएर बसेको छ । खाद्य संस्थान कार्यालय मेची अञ्चल प्रमुख मार्कण्डेयप्रसाद उपाध्यायका अनुसार देशको अहसज परिस्थितिका कारण ६१ हजार क्विन्टल चामल गोदाममै थन्काउनुपरेको हो । उहाँले बङ्गलादेश सरकारले भूकम्प प्रभावित क्षेत्रका लागि नेपाललाई प्रदान गरेको […]

काठमाडौँ, १३ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूकम्पपीडितलाई सात दिनभित्र राहत प्रदान गर्न निर्देशन दिएको छ । आयोगले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गृह, सङ्घीय मामिला तथा स्थानीय विकास, स्वास्थ्य, आपूर्ति मन्त्रालय र प्रमुख तीन सुरक्षा अङ्गका प्रमुखलाई बोलाएर राहत प्रदान गर्नका लागि कुनै पनि कसर बाँकी नराख्न आग्रह गरेको हो । चिसोका […]

धनगढी, १२ पुस । धनगढी उपमहानगरपालिका–१७ धुर्जन्ना मुक्तकमैया शिविरकी मुक्त कमैया बिन्द्रादेवी चौधरीले अब माहुरी पालन गरेर आम्दानी गर्ने नयाँ बाटो रोजेकी छन् । कमैया मुक्तिपछिका दिनमा ज्याला मजदुरी वा घरको चुलोचौकामै सीमित रहने बिन्द्रादेवी घरमा बसीबसी आम्दानी गर्न सकिने देखिएपछि आपूm माहुरी पालनमा लागेको बताउनुहुन्छ । “हाम्रो लागि जीविकोपार्जन गर्न ज्याला मजदुरी गर्नु वाहेक […]

काठमाडाँै, ११ पुस । मुलुकको परराष्ट्र नीति प्रभावकारी ढङ्गले सञ्चालन गर्न सरकारले पाकिस्तानको इस्लामावाद, श्रीलङ्काको कोलम्बो र मलेसियाको क्वालालम्पुरमा राजदूतावास भवन निर्माण गर्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत बिहीबार सार्वजनिक गरेको तत्काल सुधार कार्ययोजनाअनुसार आगामी दुई वर्षभित्र ती मुलुकमा राजदूतावास भवन निर्माण हुनेछन् । त्यसैगरी थाइल्यान्डको बैंकक, स्विट्जरल्यान्डको जेनेभा, फ्रान्सको पेरिस […]

काठमाडौँ, १० पुस । नदीमा जलप्रवाह घटेकाले जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन घटेको भन्दै नेपाल विद्युत् प्राधिकरणले विद्युत्भार कटौतीको समयमा वृद्धि गरेको छ । प्राधिकरणको भार प्रेषण केन्द्रकाअनुसार हप्तामा ७० घण्टा विद्युत्भार कटौती हुँदै आएकोमा आजदेखि ७७ घण्टा कटौती गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । मुलुकभित्र चालु रहेका आयोजना नदी प्रवाहमा आधारित रहेका कारण […]

काठमाडौँ, ८ पुस । नेपाल आयल निगमले एलपी ग्यास ढुवानी गर्ने अत्यावश्यक सवारी साधन ‘बुलेट’ खरिद गर्ने प्रक्रिया अघि बढाएको छ । निगमले बुलेट खरिद गर्न चाहने उद्योगीलाई प्रस्ताव लिएर आउन आह्वान गरेपछि निगममा एक हजार ७९ निवेदन परेको छ । निगमले करिब ४५० वटा बुलेट खरिदका लागि अनुमति दिने तयारी गरेपछि देशभरका ५३ वटा […]