समाचार

वार्षिक रु दस अर्बको अलैँची निर्यात

    काँकडभिट्टा (झापा), ३० पुस । नेपालको पूर्वी पहाडमा उत्पादन भएको अलैँचीले वार्षिक रु दस अर्ब विदेशी मुद्रा भित्र्याउन सफल भएको छ । नेपालमा विदेशी मुद्रा भित्र्याउनेमा विप्रेषणपछि अलैँची दोस्रो स्थानमा रहेको छ । नेपाल अलैँची व्यवसायी महासङ्घका अध्यक्ष राजेन्द्र घिमिरेले नेपालमा वार्षिक ५० लाख किलो अलैँची उत्पादन हुने गरेको र त्यो सोझै भारत […]


करिब छ लाख परिवारलाई न्यानो कपडाका लागि रकम वितरण

  काठमाडौँ, ३० पुस । गृह मन्त्रालयले भूकम्प प्रभावित पाँच लाख ८५ हजार ६०० परिवारलाई न्यानो कपडा खरिदका लागि रु १० हजारका दरले रकम वितरण गरिसकेको छ । मन्त्रालयमा आज आयोजित पत्रकार सम्मलेनमा भूकम्प अतिप्रभावित १४ र प्रभावित नौ जिल्लामा न्यानो कपडाका लागि रु पाँच अर्ब ८५ करोड ६० लाख वितरण भइसकेको विपद् व्यवस्थापन महाशाखाका […]


हुचिल तस्करीमा वृद्धि

गाईघाट (उदयपुर) । पूर्वी क्षेत्रका रामपुर, चौदण्डी तथा बबला र मैनामैनी क्षेत्रबाट दिनानुदिन लोप हुँदै गइरहेको दुर्लभ पन्छी हुचिलको तस्करी बढ्दै गएको छ । विशेष गरेर वन तथा खोला इलाका क्षेत्रमा लाटोकोसेरोका अनुहारको ठूलो चरो हुचिल पन्छी पाइन्छ । यिनले लाटोकोसेरो जस्तै राति आँखा देख्छन् । हुचिल तस्करीमा केही स्थानीयवासी र सुनसरी, मोरङ तथा सप्तरी […]


सहरको सुविधा छाडेर गाउँमा कृषि व्यवसाय

  खोटाङ, २८ पुस । सेवाबाट अवकाश प्राप्त भएपछि धेरैको सपना हुन्छ, सुविधा सम्पन्न ठाउँमा जाने अनि परिवारसँग सुखसयलका साथ बाँकी जीवन बिताउने । तर, जिल्लाको चिप्रिङ–१ का चतुरमान राईले गाउँ रोज्नुभयो । सो¥ह वर्षसम्म सेवा गरेर विसं २०३९ मा बेलायती सेनाबाट अवकाश प्राप्त राई इटहरी छाडी गाउँमै फर्किएर कृषि पेसामा लाग्नुभएको छ । अहिले […]


लब्धाङ्कपत्रको सट्टा ग्रेडसिट तयार

    काठमाडौँ, २७ पुस । यही वर्षदेखि प्रवेशिका परीक्षामा अक्षराङ्कन प्रणाली लागू गरेको सरकारले सो परीक्षामा विगतमा जस्तो मार्कसिट (लब्धाङ्कपत्र) नदिई अबदेखि ग्रेडसिट दिने भएको छ । शिक्षा सचिव विश्वप्रकाश पण्डितको अध्यक्षतामा आज बसेको माध्यमिक शिक्षा परीक्षा समितिको बैठकले सो ग्रेडसिटको नमुना पारित गरेको हो । परीक्षा नियन्त्रक खगेन्द्र नेपालले ग्रेडसिटमा ‘ए प्लस’दखि ‘एन’सम्मको […]


३ करोड १७ लाखमा नौवटा पुल बन्ने

इलाम, २६ पुस । इलाममा रु तीन करोड १७ लाख ३४ हजारको लागतमा नौवटा पुल निर्माण हुने भएका छन् । समुदाय, जिविस, गाविस÷नगरपालिका, स्वाप, ट्रेल ब्रिज सपोर्ट युनिट (टिबिएसयु)को आर्थिक साझेदारीमा पुल निर्माण हुन लागेका हुन् । सोह्र महिनामा निर्माण सम्पन्न गर्ने गरी सातवटा झोलुङ्गे पुल तथा दुईवटा ट्रस ब्रिजको उपभोक्तासँग एकसाताअघि सम्झौता भइसकेको जिविसका […]


चिनियाँलाई निःशुल्क प्रवेशाज्ञाःचीनबाट पर्यटक बढ्ने अपेक्षा

    (सिबी अधिकारी) काठमाडौँ, २५ पुस । भूकम्प र अघोषित नाकाबन्दीबाट थलिएको मुलुकको पर्यटन प्रवद्र्धन गर्न सरकारले चिनियाँ पर्यटकलाई निःशुल्क प्रवेशाज्ञाको व्यवस्था गरेसँगै चीनबाट नेपाल आउने पाहुनाको सङ्ख्या बढ्ने अपेक्षा गरिएको छ । पर्यटन प्रवद्र्धनात्मक कार्यलाई तीव्रताका साथ अघि बढाएको सरकारले नेपाल सुरक्षित रहेको सन्देश अन्तर्राष्ट्रिय क्षेत्रमा प्रवाह गर्र्नाका साथै राष्ट्रियस्तरमा पर्यटन प्रवद्र्धनका लागि […]


प्याक्टद्वारा साताव्यापी तालिम आयोजना

काठमाण्डौं । २५ पुस : व्यवसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट) ले मध्यमाञ्चल विकास क्षेत्रका १९ जिल्लाका जिल्ला कृषि विकास कार्याल तथा जिल्ला पशुसेवा कार्यालयमा कार्यरत आफ्ना सम्पर्क व्यक्ति (फोकल पर्सन) हरुका लागि ६ दिने तालिम आयोजना गरेको छ । तालिम पुस २४ गते सम्पन्न भएको आयोजनाले जनाएको छ । तालिम आयोजनाको क्षेत्रीय कार्यालय आयोजना […]


हुम्लामा लोपोन्मुख चौँरीगाई र तिब्बतीयन लार्क चरा भेटियो

    (अच्युत रेग्मी) काठमाडौँ, २४ पुस । कर्णालीको विकट हिमाली जिल्ला हुम्लामा लोपोन्मुख चौँरीगाई र तिब्बतीयन लार्क चरा भेटिएको छ । समुद्री सतहदेखि सबैभन्दा उच्च स्थानमा रहेको हुम्लामा धेरै प्रजातिका जङ्गली जनावर र औषधिजन्यसहितका दुर्लभ वनस्पतिहरु रहेका छन् । ‘प्रकृतिका साथीहरु’ नामक संस्थाले विगत तीन वर्षदेखि हुम्लाको वन्यजन्तु र वनस्पतिकोे बारेमा अध्ययन गर्दै आइरहेको […]


सेवा प्रवाहमा जनतालाई सहज अनुभूत गराउन गृह मन्त्रालयका २९ बुँदे योजना

  काठमाडौँ, २२ पुस । गृहमन्त्रालयले सेवा प्रवाहमा जनताले तत्काल अनुभूत गर्नसक्ने गरी २९ बुँदे सोच प्राथमिकता तर्जुमा गरी सार्वजनिक गरेको छ । मन्त्रालयले आज आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री शक्तिबहादुर बस्नेतले सोच प्राथमिकता सार्वजनिक गर्नुभएको हो । राष्ट्रिय सुरक्षा नीतिअन्तर्गत रही आन्तरिक सुरक्षा नीति निर्माण गरिने विषयलाई प्राथमिकतापत्रमा महत्व दिने उल्लेख छ । “उनानतीस […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter