समाचार

पशुपतिका सम्पदा बनाइदिने प्रस्ताव

  काठमाडौँ, १३ मङ्सिर । विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रको ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक र धार्मिक महत्व बोकेको विश्वरुपा मन्दिर पुनःनिर्माणका लागि सहयोगको प्रस्ताव आएको छ । भूकम्पले जीर्ण बनेको मन्दिर भदौ ४ गते रातिको वर्षाले भत्किएको थियो । मन्दिर भत्किएपछि पशुपति क्षेत्र विकास कोषले पुनःनिर्माणका लागि सार्वजनिक आह्वान गरेको थियो । आह्वानपछि नेपाल महर्षि […]


तरकारीखेती र बङ्गुरपालनबाट मासिक तीन लाख आम्दानी

  बलेवा (बागलुङ),  मङ्सिर । हटियाका एक युवक व्यावसायिक तरकारीखेती र बङ्गुरपालनबाट मासिक रु तीन लाखभन्दा बढी आम्दानी गर्न सफल भएका छन् । युवा अवस्थाको अमूल्य नौ वर्ष मलेसिया र साउदी अरबमा पसिना बगाएका हटिया–८ चमुवाका ४१ वर्षीय सोमबहादुर सार्कीले गाउँमै तरकारी र बङ्गुरको पाठा बेचेर मासिक रु तीन लाखभन्दा बढी आम्दानी गरिरहनु भएको छ […]


धानले भाउ पाएपछि कृषक उत्साहित

  पाँचथर, । इन्धन अभावको कारण खाद्यान्नको मूल्य बढ्न थालेपछि सुदूरपूर्वी पहाडी जिल्ला पाँचथरका कृषकले उत्पादन गरेको धानले भाउ पाउने भएको छ । विगतका वर्षमा धानले खासै भाउ नपाउँदा निरास बन्ने गरेका कृषक यस वर्ष सीमामा देखिएको समस्याका कारण अधिकांश चामालको मूल्य बढेपछि धानले भाउ पाएको कृषक बताउँछन् । थर्पुका कृषक चन्द्रमणि बाँस्कोटाले भन्नुभयो, “गत […]


सुदूरपश्चिममा पहिलो पटक ग्रेभिटी रोपवे

  बैतडी, १० मङ्सिर । सुदूरपश्चिममा नयाँ प्रविधिको ग्रेभिटी रोपवे पहिलो पटक दार्चुलामा निर्माण गरिएको छ । फिनल्यान्ड सरकारको आर्थिक सहयोगमा सञ्चालित ग्रामीण जलस्रोत परियोजना तथा स्थानीय निकायको सहयोगमा ग्रेभिटी गुड्स रोपवेको नेपालका लागि फिनल्यान्डका राजदूत योर्मा सुवान्तो, डोरिडारका उपमहानिर्देशक राजाराम कर्माचार्य र कृषि विभागका उपमहानिर्देशक सूर्यप्रसाद पौडेलले संयुक्त रुपमा बुधबार उद्घाटन गर्नुभएको हो । […]


दस बिरामीको निःशुल्क ओपन हार्ट सर्जरी

  काठमाडौँ, ९ मङ्सिर । बसुन्धरास्थित ग्रीनसिटी अस्पतालले आर्थिक अवस्था अत्यन्त न्यून रहेका कालीकोट तथा धादिङका १० बिरामीको निःशुल्क ओपन हार्ट सर्जरी गरिदिएको छ । अस्पतालले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी कालीकोट कुमागाउँ–९ का १२ वर्षीया सुनिल दर्जी, भर्ता–१ का ६ वर्षीय सुनिल धिताल, मान्म–९ का ३० वर्षीया अम्बिका पाण्डे, नानीकोट–७ का २४ वर्षीय […]


उपल्लो मुस्ताङमा चीनबाट इन्धन आयात

मुस्ताङ, ९ मङ्सिर । उपल्लो मुस्ताङका यातायात व्यवसायीले चीनको स्वशासित राज्य तिब्बतबाट युरो–४ पेट्रोल र डिजेल आयात गर्न थालेका छन् । आफूलाई आवश्यक पर्ने परिमाणमा इन्धन लिएर उनीहरुले निर्बाध रुपमा सवारीसाधन सञ्चालन गरिरहेका छन् । उपल्लो मुस्ताङका लोमान्थाङ, घमी, सुर्खाङ, छोसेर लगायत क्षेत्रमा चीनबाटै आयात गरिएका इन्धनबाट मोटरसाइकल, जिप तथा मालवाहक ट्रक सञ्चालन भइरहेका छन् […]


मानवीय सङ्कट पैदा भएकोमा मानवअधिकार उच्चायोगको चिन्ता

काठमाडौँ, ८ मङ्सिर । संयुक्त राष्ट्रसङ्घको मानवअधिकार उच्चायोगले नेपाल—भारत सीमा क्षेत्रमा भईरहेको तनावका कारण मानवीय सङ्कट पैदा भएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ । नेपालीले पछिल्लो समयमा भोग्नुपरेको समस्याप्रति गम्भीर चिन्ता व्यक्त गर्दै उच्चायोगले अत्यावश्यकीय सामान आपूर्तिका लागि सुरक्षित मार्ग उपलब्ध गराउन र मानवअधिकारको सम्मान गर्न समेत जोड दिएको छ । उच्चायोगका प्रवक्ता रविना […]


नेपालको पुनर्निर्माण, आर्थिक एवम् सामाजिक विकास इयूको प्राथमिकता

काठमाडौँ, ८ मङ््सिर । युरोपेली सङ्घ (इयू)ले नेपालको पुनर्निर्माण, आर्थिक एवम् सामाजिक विकास आफ्नो पहिलो प्राथमिकता भएको स्पष्ट गर्दै त्यस निम्ति सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । नेपाल¬–युरोपेली सङ¬्घ संयुक्त आयोगको नवौँ बैठकमा भाग लिने सिलसिलामा राजधानीमा रहनुभएका सङ्घका एसिया तथा प्रशान्त क्षेत्रका लागि युरोपेली बाह्य कार्य सेवा विभागका कायममुकायम प्रबन्ध निर्देशक उको […]


औषधि हस्तान्तरण

काठमाडौँ, ८ मङ्सिर । भारतीय नाकाबन्दीका कारण औषधिको अभाव सुरु भएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई गैरआवासीय नेपाली सङ्घले रु ३७ लाख बराबरको औषधि हस्तान्तरण गरेको छ । स्वास्थ्यमन्त्री रामजनम चौधरीलाई सङ्घका अध्यक्ष शेष घले आज यहाँ आयोजित कार्यक्रममा पहिलो चरणमा सो रकम बराबरको औषधि हस्तान्तरण गर्नुभयो । सो अवसरमा स्वास्थ्यमन्त्री चौधरीले सिङ्गो देश समस्यामा रहेका […]


कञ्चनजङ्घा भू–परिधि संरक्षण तथा विकास परियोजना सञ्चालन

इलाम, ८ मङ्सिर । कञ्चनजङ्घा भू–परिधि संरक्षण तथा विकास परियोजना नेपालको सहयोगमा मेची अञ्चलका चार जिल्लाका चार गाविसमा स्थानीयवासीको जीविकोपार्जन र संरक्षण कार्यक्रम सुरु गरिएको छ । कञ्चनजङ्घा भू–परिधि क्षेत्रमा पर्ने झापाको बाहुनडाँगी, इलामको माइपोखरी, पाँचथरको सिदिन र ताप्लेजुङको पापुङ गाविसमा परियोजनाले वन क्षेत्र समन्वय समितिको सहकार्यमा त्यहाँका स्थानीयवासीसँग प्रत्यक्ष जोडिएको जीविकोपार्जनसम्बन्धी कार्यक्रम सुरु गरेको […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter