
म्याग्दी, २७ कात्तिक । पर्यटकीय सम्भावनायुक्त म्याग्दीको हिस्तान गाविस– ६ रिमाअन्तर्गत पर्ने रमणीयस्थल फूलबारी ओझेलमा परेको छ । घना गुराँसे जङ्गलको बीचमा रहेको समथर भागमा अवस्थित फूलबारी पर्यटकको पर्खाइमा छ । त्यहाँबाट ४५ मिनेट उकालो हिँडेपछि पुगिने पुनहिलमा दैनिक सयौँ पर्यटकको चहलपहल भए पनि फूलबारी सुनसान हुने गरेको छ । फूलबारीसम्म पुग्ने व्यवस्थित पदमार्ग नहुनु […]

म्याग्दी, २७ कात्तिक । ‘हातका मैला सुनका थैला के गर्नु धनले । साग र सिस्नो खाएको बेस आनन्दी मनले ।। महाकवि लक्ष्मीप्रसाद देवकोटाको यो पङ्क्ति व्यावहारिक रुपमा नै चरितार्थ भएको छ म्याग्दीका उद्यमीहरुका लागि । गरिबको खाना भनेर चिनिने सिस्नोको परिकार केही वर्षयता धनी मानिसले बसोबास गर्ने देश विदेश र सहर बजारमा लोकप्रिय बन्न थालेपछि […]

प्रशन्न पोखरेल / कात्तिक २६, गोरखा । ‘सानो छ खेत, सानो छ बारी सानै छ जहान, नगरी काम पुग्दैन खान साँझ र बिहान’ महाकवि लक्ष्मीप्रसाद देवकोटाले ‘किसानको रहर’ कवितामा उल्लेख गरेजस्तै पीडा गोरखा भूम्लिचोक–८ हिक्लुङ्गका बुधुराम चेपाङको छाप्रोमा छ । बाख्रा पाल्न बनाएको खोरमा सात महिनादेखि चेपाङको परिवार बस्दै आएको छ । पाँच सदस्यीय उनको परिवार […]

बाँके , २६ कात्तिक । बाँके जिल्लाको चिसापानीका महिला व्यवसायिक तरकारी खेतीतर्फ आकर्षित भएका छन् । मेहनत अनुसारको प्रतिफल पाइने भएपछि उनीहरू तरकारी खेतीतर्फ आकर्षित भएका हुन् । चिसापानीका २५ जना महिलाले कञ्चन कृषक समूह गठन गरी १७ हेक्टर जग्गामा व्यवसायिक तरकारी खेती गरिरहेका छन् । पच्चिस जना महिलाले आफ्नै साढे १२ हेक्टर जग्गा र […]

ललितपुर, २६ कातिक । उपप्रधानमन्त्री एवम् उर्जामन्त्री टोपवहादुर रायमाझीले नियमितरुपमा हुँदै आएको लोडसेडिङमा परिवर्तन गर्दै बिहान र बेलुकाको समयमा लोडसेडिङ मुक्त गराउने सरकारको तयारी रहेको बताउनुभएको छ । रिपोर्टर्स क्लव अफ नेपालको आयोजनामा आज मन्त्री निवास हरिहरभवनमा गरिएको देउसीभैलो कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले उर्जा क्षेत्रको विकासका लागि नीतिगत संरचना ल्याएर प्रभावकारीरुपमा ठूला जलविद्युत आयोजना युद्धस्तरमा […]

काठमाडौँ, २६ कात्तिक । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोवद्र्धन, गोरुको पूजाआजा गरी मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूधजतिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत […]

पर्वत, २६ कात्तिक । पर्वत जिल्लाको पहिलो बाजुङस्थित पातीखोला रेन्बो ट्राउट नेपालकै उत्कृष्ट फार्म घोषित भएको छ । विश्व खाद्य दिवसका अवसरमा मत्स्यपालन फार्मतर्फ पातीखोला रेन्बो ट्राउट फार्म उत्कृष्ट मुलुककै उत्कृष्ट फार्म घोषित भएको हो । मुलुकभर सञ्चालित २९ फार्मलाई पछि पार्दै पातीखोला रेन्बो ट्राउट उत्कृष्ट घोषित भएको जिल्ला कृषि विकास कार्यालय पर्वतले जनाएको छ […]

डोलेन्द्र गौतम / बागलुङ, २५ कात्तिक । सिकार खेल्ने एक महत्वपूर्ण मानिने ठाउँ ढोरपाटन सिकार आरक्षमा पाइने झारलका लागि शिकारीले साढे नौ लाख रुपैयाँ तिर्नु पर्दछ । झारललाई कुनै तस्करको गिरोहले किनेर बेच्ने पनि होइन । न त मासु खाने प्रयोजनको लागि खरिद गरेको हो । सिकार खेल्ने सौखिन विदेशी धनाढ्यले वन क्षेत्रमा छाडिएका घोरललाई गोली […]

काठमाडौँ, २५ कात्तिक । अघोषित नाकाबन्दीको सामना गर्दै आत्मनिर्भर बन्ने उद्देश्यले नेपाल कला परिषद्मा आजदेखि नवीकरणीय ऊर्जा प्रदर्शनी सुरु भएको छ । भोलिसम्म चल्ने प्रदर्शनीमा स्वदेशमा उत्पादित वस्तु तथा वैकल्पिक ऊर्जाका २५ भन्दाबढी कक्ष (स्टल) राखिएका छन् । जिल्ला विकास समितिको आयोजना तथा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट) तथा निजी […]

काठमाडौँ, २५ कात्तिक । कात्तिक कृष्ण औँसीका दिन आज धनधान्य र समृद्धिकी देवी लक्ष्मीको पूजा गरी तिहारको तेस्रो दिन लक्ष्मी पूजा पर्व मनाइँदैछ । आजका दिन घर वरिपरि सरसफाइ गरी सिङ्गारेर बत्तीले झिलिमिली पारी लक्ष्मी पूजा गरेमा लक्ष्मीले सधैँ बास गर्छिन् र ऐश्वर्य प्रदान गर्छिन् भन्ने धार्मिक विश्वास रहिआएको छ । यसै विश्वासका कारण आज […]