
काठमाडौँं, १७ कात्तिक । भूकम्पपछि विश्वका पर्यटकका लागि नेपाल घुमघाम गर्न सुरक्षित छ भन्ने सन्देश दिन कोरियाली फोटोग्राफर एसोसियसनमा आबद्ध फोटोग्राफर आठदिने भ्रमणमा नेपाल आइपुगेका छन् । ‘खुसी बाँडौँ’ भन्ने अवधारणा लिएको सुखवती प्रतिष्ठान र पदयात्रामा संलग्न फ्रेन्ड्स टिम प्रालिको निम्तोमा यहाँ आइपुगेको ४० कोरियाली फोटोग्राफरको समूहले काठमाडौँं, भक्तपुर, पाटन, नगरकोट जस्ता काठमाडौँ उपत्यकाका मुख्य […]

काठमाडौँ, १७ कात्तिक । प्रेस काउन्सिल नेपालले प्रायोजित र बनावटी समाचार सामग्रीहरू प्रकाशन प्रसारण नगर्न एफएम रेडियोहरूलाई सचेत गराएको छ । प्रेस काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्कीले आज पर्सा, वीरगन्जका रेडियो तराई (१०७ मेगाहर्ज), रेडियो बिन्दास (९४.८ मेगाहर्ज), रेडियो वीरगन्ज (९९), नारायणी एफएम, भोजपुरिया एफएम, आकाश एफएम (१०१.९ मेगाहर्ज)लाई पत्रमार्फत सचेत गराउनुभएको हो । ती एफएमहरूमा […]

रसुवा, १७ कात्तिक । काठमाडौँबाट रसुवाको चिलिमेतर्फ आउँदै गरेको ना३ख ५७०६ नंको बस आज दुर्घटना हुँदा ज्यान गुमाउनेको सङ्ख्या ३० पुगेको छ । ज्यान गुमाउनेमा १७ पुरुष, १२ महिला र एक बालक छन् । दुर्घटनामा ४५ यात्रु घाइते भएका छन् । मृतकको सङ्ख्या अझै बढ्न सक्ने प्रजिअ शिवराम गेलालले जानकारी दिनुभयो । पसााङल्हामु सडकखण्डको राम्चे […]

म्याग्दी, १७ कात्तिक । म्याग्दीको पर्यटकीय घोरेपानीका स्थानीयवासीले भम्रणमा आउने पर्यटकलाई पानी बेचेर सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन गरेका छन् । घार–१ मा पर्ने घोरेपानी क्षेत्रको भम्रणमा आउने पर्यटक र स्थानीयवासीको स्वास्थ्य उपचार सेवा उपलब्ध गराउनका लागि प्रशोधन गरिएको खानेपानी बिक्री गरेर भएको आम्दानीबाट स्वास्थ्य केन्द्र सञ्चालन गरिएको स्थानीय टेकसर बुद्धुजा पुनले बताउनुभयो । स्थानीय पर्यटन […]

काठमाडौँ, १६ कात्तिक । विपद् जोखिम न्यूनीकरणमा परम्परागत, रैथाने तथा स्थानीय ज्ञान र प्रयासको प्रयोगबारे चेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिइएको छ । अन्तर्राष्ट्रिय विपद् न्यूनीकरण दिवस, २०७२ का अवसरमा सामुदायिक प्रकोप व्यवस्थापन समितिको राष्ट्रिय सञ्जाल–नेपालले आज आयोजना गरेको कार्यशालामा वक्ताले कुनै पनि बेला हुन सक्ने विपद्को समयमा पहिलो उद्धारकर्मी समुदाय नै हुने भएकाले उनीहरूले प्राप्त […]

काठमाडौँ, १६ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीलाई युवा सङ्घ नेपालले आज बधाई दिएको छ । सङ्घका पूर्व इन्चार्च तथा पदाधिकारीसहितको प्रतिनिधि मण्डलले शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा भेट गरी उहाँको कार्यकालको सफलताको कामना गर्दै शुभकामना दिएको हो । नेकपा (एमाले)का पोलिटब्युरो सदस्य भानुभक्त ढकाल, पार्टीका केन्द्रीय सदस्य शेरधन राई, सङ्घका अध्यक्ष राजिव पहारी तथा पूर्वअध्यक्ष निरु पालसहितको […]

म्याग्दी, १६ कात्तिक । दरवाङ र देवीस्थान गाविसको सिमानामा पर्ने म्याग्दी नदीमा पक्की मोटरेबल पुल बनेपछि जिल्लाको पश्चिमी क्षेत्रका नौ गाविस सिधा सडक सञ्जालसँग जोडिएका छन् । म्याग्दी नदीमा पुल नहुँदा दरवाङ माथिका गाविसमा यसअघि सडक निर्माण भए पनि यातायात सुविधा थिएन । सडक डिभिजन कार्यालय बागलुङले रु छ करोडको लागतमा निर्माण गरेको पुल आइतबारदेखि […]

नुवाकोट, १५ कात्तिक । चीनका लागि नेपाली राजदूत डा महेश मास्केले नुवाकोट र रसुवाका सुरक्षा निकायका प्रमुखसँग चीनबाट तेल आपूर्ति गर्न सम्भावित उपायका बारेमा छलफल गर्नुभएको छ । राजदूत मास्केले आज नुवाकोटका प्रमुख जिल्ला अधिकारीलगायत सुरक्षा प्रमुखसँग तेल आपूर्ति र सुरक्षाको विषयमा छलफल गर्नुभएको हो । चीनले नेपाललाई अनुदानको तेल उपलब्ध गराउने भएपछि बेइजिङबाट रसुवागढी […]

काठमाडौँ, १५ कात्तिक । नेपालको पर्वतीय पर्यटन विकासमा महत्वपूर्ण भूमिका खेल्दै आएको नेपाल पर्वतारोहण सङ्घ (एनएमए) ले आज आफ्नो ४२औँ वार्षिकोत्सव एक कार्यक्रम गरी मनाएको छ । नागपोखरीस्थित सङ्घको कार्यालय परिसरमा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव दिनेशकुमार थपलिया, पर्यटन विभागका महानिर्देशक गोविन्दबहादुर कार्की तथा आरोही र पर्यटन क्षेत्रका व्यक्तित्वको सहभागिता थियो […]

काठमाडौँ, १५ कात्तिक । भारतले अघोषित रूपमा गरेको नाकाबन्दीका कारण जनताको दैनिक उपभोग्य वस्तुमा अत्यधिक कालोबजारी हुँदासमेत सम्बन्धित निकायले अनुगमन नगरेको भन्दै सर्वसाधारणले गुनासो गरेका छन् । दाल, चामल, चिनी, नुन, खाने तेल, चाउचाउ, बिस्कुटलगायत दैनिक उपभोग्य वस्तुमा पसलवालाले मनपरी दोब्बर, तेब्बर मूल्य लिँदा पनि अनुगमन गर्ने निकायले कुनै चासो नदेखाएको सर्वसाधारणको भनाइ छ । […]