
काठमाडौं, पुस ७ गते । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा विचाराधीन विद्यालय शिक्षा ऐन नेपाल सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुभएको छ । शनिबार दिउँसो काठमाडौँको सीतापाइलामा एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनले आयोजना गरेको कार्यक्रममा बोल्नुहुँदै प्रधानमन्त्रीले सो जानकारी दिनुभएको हो । कार्यक्रममा प्रधानमन्त्रीले भन्नुभयो, ‘‘तपाईँहरू धेरैलाई सङ्घीय शिक्षा ऐन के हुन्छ […]

बेलबारी (मोरङ), पुस ६ गते । मोरङमा तोरी खेतीप्रति किसानको आकर्षण बढेको छ । जिल्लामा गत वर्षभन्दा पाँच हजार हेक्टरभन्दा धेरै जमिनमा तोरी लगाइएको कृषि ज्ञान केन्दले जनाएको छ । जिल्लामा कूल खेतीयोग्य जमिन एक लाख ११ हजार छ सय ९५ हेक्टर क्षेत्रफल छ । गत वर्ष ११ हजार पाँच सय हेक्टर जमिनमा किसानले तोरी […]

चन्द्र पन्दाक / ताप्लेजुङ, पुस ६ गते। पाथीभरा (मुक्कुमलुङ) दर्शन केबलकार प्रालिका अध्यक्ष चन्द्र ढकालले केबलकार निर्माणको काम सुरु गरेको तेह्र महिनाभित्र सम्पन्न गरिने बताउनुभएको छ। ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा प्रस्ताव गरिएको केबलकार निर्माणको काम सुरु गरेको १३ महिनाभित्र सम्पन्न गरी केबलकार सञ्चालनमा ल्याइने अध्यक्ष ढकालले बताउनुभएको हो। सदरमुकाम फुङ्लिङमा सरोकारवालाको सहभागितामा शुक्रबार आयोजित अन्तरक्रियामा […]

धर्बेन्द्र झा / जनकपुरधाम, पुस ५ गते। नेपाली कांग्रेसका उपसभापति, सरकारका उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले सङ्घीय ऐन हिउँदे अधिवेशनबाट पारित गर्ने प्रतिबद्धता जनाउनुभएको छ। बिहीबार पार्टीको मधेश प्रदेश अधिवेशनलाई जनकपुरधाममा सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो। उहाँले वर्तमान सरकार सङ्घीय ऐन तत्काल निर्माण गर्ने तयारीमा रहेको उल्लेख गर्नुभयो। सङ्घीय निजामती सेवा ऐन, सङ्घीय प्रहरी […]

काठमाडौं, पुस ५ गते। सरकारले सामाजिक समितिबाट पेस भएको राष्ट्रिय बालबालिका नीति, २०७९ स्वीकृत गरेको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका अनुसार बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त नीति स्वीकृत गर्ने निर्णय गरेको हो। उहाँका अनुसार सरकारले राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा २ को खण्ड (ख) को प्रयोजनका लागि राष्ट्रिय जनगणना, २०७८ […]

लक्ष्मी सापकोटा / काठमाडौँ, पुस ३ गते । मुलुकमा सबैभन्दा धेरै साना उद्योगमा विदेशी लगानी प्रतिबद्धता (एफडिआई) आउने गरेको छ । उद्योग विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको पाँच महिनामा १८९ साना उद्योगमा १४ अर्ब १६ करोड ९५ लाख १५ हजार रुपियाँ प्रतिबद्धता आएको छ । तीन ठुला उद्योगमा तीन अर्ब ६६ करोड ५२ लाख […]

बोमलाल गिरी / नवलपुर, पुस ३ गते। नवलपुरको पहाडी क्षेत्रका किसानका लागि नगदेबालीको रूपमा रहेको अदुवा आम्दानीको मुख्य स्रोत भएको छ। विगतका वर्षमा भन्दा यो पटक अदुवाले गाउँमै राम्रो भाउ पाएपछि किसान पनि मक्ख परेका छन्। नवलपुर बुलिङटार वडा नम्बर ४ देउरालीका तिलबहादुर पुलामी विदेशको राम्रो कमाई छोडेर स्वदेश फर्किएर अदुवा खेती गर्न थाल्नु भयो। […]

काठमाडौं, पुस ३ गते। मंसिर महिनामा ७१ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीका लागि बिदेसिएका छन् । वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार पुनः श्रम स्वीकृतिसहित ७१ हजार २७६ जनाले श्रम स्वीकृति लिएका छन् । जसमा ३६ हजार ८० जनाले पहिलो पटक श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागको तथ्यांकमा उल्लेख छ । मंसिर महिनामा संसारका १०८ देशमा […]

काठमाडौं, पुस ३ गते। सर्वोच्च अदालतले डा सन्तोष पौडेललाई वीर अस्पतालको निर्देशकबाट हटाउने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ । न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले आज डा पौडेललाई निर्देशक पदबाट हटाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको हो । सो मन्त्रालयले गत मङ्सिर १४ गते डा […]

काठमाडौं, पुस २ गते । काठमाडौँ महानगरपालिकाले ‘पुस्तकविहीन शुक्रबार’ मा प्रयोगात्मक शैक्षिक क्रियाकलाप सञ्चालनका लागि इच्छुक सङ्घसंस्थालाई सूचीकृत हुन आव्हान गरेको छ । शिक्षा विभागका प्रमुख सीताराम कोइरालाले यसरी सञ्चालन हुने कार्यक्रमका लागि छुट्टै बजेटको व्यवस्था गरिएको बताउनुभयो । कोइरालाले भन्नुभयो, “यो बजेट हामी विद्यालयमा पठाउँछौँ । विद्यालयहरूले आफैँ कार्यक्रम सञ्चालन गर्ने छन् । पुस्तकरहित […]