
काठमाडौं, पुस १२ गते । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ट्रंक र डेडिकेटेड लाइनको महसुल नतिर्ने उद्योगको लाइन सामूहिक निर्णयबाट काटिएको दाबी गर्नुभएको छ । बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्नुहुँदै कार्यकारी निर्देशक घिसिङले सरकार, अदालत र संसदीय समितिको निर्णय र निर्देशनमा काटेको महसुल नतिर्नेहरूको लाइन काटेको बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘‘२०७७ चैत्र […]

प्रयास श्रेष्ठ / काठमाडौँ । सन् २०२३ को पर्यटन आगमनको सरकारी लक्ष्य पुरा भएको छ । सरकारले यस वर्ष १० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य राखेको थियो । डिसेम्बर अन्तिम साता आइपुग्दा १० लाख पर्यटक भित्र्याएर सरकारले आफ्नो लक्ष्य पुरा गरेको हो । पर्यटन बोर्डका अनुसार डिसेम्बर २७, २०२३ बिहानसम्म ९ लाख ९९ हजार १०९ […]

विष्णुप्रसाद पोखरेल / दमक, पुस ११ गते। झापाको दमक नगरपालिकाले आफ्नो नगर भित्र जीवित रहेका सबैभन्दा ज्येष्ठ नागरिकलाई ‘नगर पिता’ को उपाधि दिन सुरु गरेको छ। ज्येष्ठ नागरिकको सम्मान स्वरूप यो उपाधि दिइएको हो। दमक नगर प्रमुख रामकुमार थापाका अनुसार बुधबार तेस्रो राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसर पारेर दमक नगरपालिका वडा नम्बर १ का १०७ […]

अविनाश चौधरी / धनगढी, पुस १० गते । थारु समुदायमा प्रचलित खानाका परिकारबाट राम्रो आम्दानी हुन थालेको छ । होटल व्यवसाय गर्नेहरूले परम्परागत थारु खानाबाट गतिलो आयआर्जन गर्न थालेका हुन् । ढिक्री, घोङ्घी, गँगटा, झिङ्गे माछा, बङ्गुरको मासु, अन्दिक भात लगायतका परिकार थारु समुदायको मौलिक परिकार हो । मेला, महोत्सवमा यस्तो परिकार गजबले बिक्नेगरेको छ […]

जयकृष्ण यादव / इनरुवा, पुस १० गते । सुनसरीको सदरमुकाम इनरुवामा महिलाहरुका लागि धूप बनाउने तालिम सम्पन्न भएको छ । हाम्रो सहयात्रा मञ्च सुनसरीको सहकार्य तथा विन्दवासनि दाहाल दिदीबहिनी समूहको आयोजनामा धूप बनाउनेसम्बन्धी एकदिने तालिम सम्पन्न भएको हो । संस्थाका अध्यक्ष विनीता दाहालका अनुसार इनरुवा नगरपालिका–३ र ५ नम्बर वडाका दाहाल गृहिणी दिदीबहिनी महिलाहरुलाई व्यावसायिक […]

नवलपुर, पुस ९ गते । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको नारायणगढ-बुटवल खण्ड विस्तारमा ढिलाइ भएको भन्दै ध्यानाकर्षण गराउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दबाब यात्रा सुरु गरेको छ । पार्टी सभापति रवि लामिछानेको नेतृत्वमा आज नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को गैँडाकोटस्थित भृकुटीचोकबाट दबाबमूलक पदयात्राको सुरुवात गरिएको हो । दबाब यात्रा सुरु हुनु अगाडि आयोजित पत्रकार सम्मेलनमा सभापति लामिछानेले […]

इलाम / पुस ९ गते । फाकफोकथुम गाउँपालिका-४ इलामका पूर्णकुमार राई (दिपेन) ले छ वर्ष दुबईमा बसेर फर्केपछि फाकफोकथुम-४ लुम्देस्थित फावाखोला डाँडामा व्यावसायिक बाख्रापलन व्यवसाय सञ्चालन गर्नुभयो । वडा कार्यालय र घरेलु तथा साना उद्योग कार्यालय इलाममा वि.सं.२०७५ मा ‘जुरीथुम्का बाख्रापालन’ फार्म दर्ता गरेर उहाँले व्यावसायिक बाख्रापलन गर्न थाल्नुभएको हो । “तत्कालीन नेपाल कम्युनिष्ट पार्टी […]

काठमाडौँ, पुस ८ गते । नेपालले द्विपक्षीय हवाई सेवा सम्झौता गरेका मुलुकको सङ्ख्या ४१ पुगेको छ । हालै रुवान्डासँग सातामा १४ उडान गर्ने गरी सम्झौता भएसँगै उक्त देशमा बिनारोकतोक नेपाली वायु सेवा कम्पनीले उडान भर्न पाउने छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार आगामी माघ तेस्रो सातासम्म थप दुई मुलुकसँग द्विपक्षीय हवाई सम्झौताका लागि प्रक्रिया […]

काठमाडौं, पुस ८ गते। सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई टुङ्ग्याउने सन्दर्भमा प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूले छलफल गरेका छन्। प्रतिनिधि सभाको कानुन, न्याय तथा मानव अधिकार समितिमा विचाराधीन रहेको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकलाई अघि बढाउने सन्दर्भमा नेताहरूको छलफल भएको हो। आइतबार प्रधानमन्त्री निवास […]

काठमाडौं, पुस ७ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार बनेको एक वर्ष पुग्दैछ । यो सरकारले आफ्नो जिम्मेवारी सम्हाल्दै गर्दा मुलुकको आर्थिक अवस्था सही लयमा थिएन । कोभिड–१९ महामारीको असर, रुस–युक्रेन युद्धलगायतका कारण अर्थतन्त्रको आन्तरिक र बाह्य क्षेत्र निकै चापमा थियो । वर्षौंदेखिका समस्या थपिँदै र गहिरिँदै जाँदा सरकारले चाहेजस्तो सुधार र परिवर्तन […]