समाचार

अवहेलना मुद्दामा सर्वोच्चले माग्यो सरकारसँग जवाफ

काठमाडौं, पुस १७ गते । सर्वोच्च अदालतले जलवायु परिवर्तनसम्बन्धी कानुन बनाउन दिएको परमादेश बमोजिम हालसम्म कानुन नबनाएको जिकिर गर्दै दायर गरेको अदालतमा अवहेलनासम्बन्धी मुद्दामा सरकारसँग लिखित जवाफ माग गरेको छ । न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले आज जलवायु परिर्वतनसम्बन्धी कानुन किन नबनाएको भन्ने विषयमा सरकारसँग १५ दिनभित्र लिखित जवाफ माग गरेको हो । अधिवक्ता पदमबहादुर […]


तोरी खेतीमा कृषककाे आकर्षण बढ्दो

लिलाराज झापाली / बिर्तामोड, पुस १६ गते । झापा शिवसताक्षीका किसानमा तोरी खेतीमा आकर्षण बढ्दै गएको छ । सरकारले तोरी खेतीमा अनुदान दिन थालेसँगै यस क्षेत्रका कृषकहरुको दिनानुदिन तोरी खेतीमा आकर्षण बढदै गएको हो । तोरी खेतीलाई प्रवर्द्धन एवम् प्रोत्साहन गर्न स्थानीय तहले समेत अनुदानको कार्यक्रमलाई निरन्तर्ता दिइरहेको शिवसताक्षी नगरपालिकाका प्रमुख रोषन थोप्राले बताउनुभयो । […]


नेपालमै उद्योग व्यवसाय बढाऔँ : अर्थमन्त्री डा.महत

विराटनगर, पुस १६ गते । अर्थमन्त्री डा. प्रकाशशरण महतले उद्योगी व्यवसायीको समस्या समाधान र अप्ठ्यारा फुकाउन अर्थ मन्त्रालयको ढोका सँधै खुला रहेको बताउनुभएको छ । मोरङ ब्यापार सङ्घ एक्स्पोको समापन सभालाई सोमबार सम्बोधन गर्दै मन्त्री डा. महतले भन्नुभयो, ‘‘उद्योगी, व्यवसायीका समस्या लिखित पठाउनुस् वा प्रत्यक्ष भेट्नुस् छलफलबाट समस्या हटाऔँ । नेपालमै उद्योग व्यवसायको माहोल बढाउँ […]


विदेशबाट फर्केर नाम र दाम कमाउँदै युवा कृषक

बोमलाल गिरी / नवलपुर, पुस १५ गते । नवलपुरको बुलिङटार गाउँपालिका–४ देउरालीका ३४ वर्षीय लक्ष्य आले मलेसियामा चार वर्ष, कतारमा तीन वर्ष ९ महिना गरी ७ वर्ष ९ महिना विदेशी भूमिमा पसिना बगाउनुभयो । विदेशको कमाइ पनि राम्रो थियो । चाडपर्वमा विशेषगरी तिहारको भाइटीकामा इष्टमित्र, आफन्त र परिवारले टीका र मालाले उहाँलाई कज्याइ राख्यो । […]


हवाई सुरक्षालाई पहिलो प्राथमिकतामा राख्न आग्रह

काठमाडौं, पुस १५ गते। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले युरोपेली नियोगले नेपालको हवाई सुरक्षामा लगाएको कालोसूचीका सम्बन्धमा उठाइएका प्रश्नको सम्बोधन गरी त्यसको अक्षरशः पालना गर्न नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)लाई निर्देशन दिनुभएको छ। मुलुकको हवाई प्रशासनलाई व्यवस्थित गर्न स्थापित सो प्राधिकरणको २५औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले हवाई सुरक्षालाई पहिलो […]


शिशुलाई ६ महिना नपुग्दै बोतलको दुध खुवाउने बढे

सिर्जना खत्री / काठमाडौं, पुस १४ गते। नेपालमा बालबालिका जन्मिएको ६ महिनाभित्र दुधदानीबाट दुध खुवाउनेको सङ्ख्या बढ्दै गएको छ। परिवार कल्याण महाशाखा अन्तर्गतको पोषण शाखा प्रमुख लीलाविक्रम थापाले जन्मिएको छ महिनाभित्र बोतलबाट दुध खुवाउनेको सङ्ख्या बढ्दै गएको जानकारी दिनुभयो। जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण (एनडीएचएस) को तथ्याङ्कले पनि २००१ मा दुधदानीबाट दुध खुवाउनेको सङ्ख्या पाँच प्रतिशत […]


सरकारलाई संविधान कार्यान्वयनको अल्टिमेटम दिन काठमाडौं आयौं : मुख्यमन्त्री कार्की

काठमाडौं, पुस १४ गते। सातै प्रदेशका मुख्यमन्त्रीले सङ्घीय सरकारलाई संविधानको कार्यान्वयन गर्न अल्टिमेटम दिएका छन्। शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सरकारी निवास बालुवाटारमा पुगेर संविधानको कार्यान्वयन गर्न सङ्घ सरकारलाई अल्टिमेटम दिएका हुन्। प्रधनमन्त्री प्रचण्डलाई भेटेपछि साँझ सञ्चारकर्मीसँग कुरा गर्दै कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संविधान कार्यान्वनको लागि सबै प्रदेशका मुख्यमन्त्री एक भएर प्रधानमन्त्रीलाई अल्टिमेटम दिएको […]


बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछाने दोषी ठहर

काठमाडौं, पुस १३ गते । काठमाडौं जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको छ । शुक्रबार जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले क्रिकेटर लामिछानेलाई दोषी ठहर गरेको हो । अदालतले सन्दीपलाई कति समय जेल सजाय गर्ने भन्ने निर्णय भने गरेको छैन । उक्त निर्णय भने अर्को पेशीमा अदालतले गर्नेछ । इजलासले गौशाला […]


६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य प्राप्त हुने सम्भावना बढ्यो : अर्थमन्त्री

काठमाडौं, पुस १३ गते । अर्थमन्त्री डा. प्रकाशशरण महतले चालु आर्थिक वर्षमा ६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य प्राप्त हुने सम्भावना बढेको बताउनुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय समाजको २० औं साधारण सभालाई सम्बोधन गर्नुहुँदै मन्त्री महतले यस्तो बताउनुभएको हो । उहाँले अर्थतन्त्र विस्तारै लयमा फर्किरहेकाले चालु आर्थिक वर्षमा ६ […]


सुन्तलाखेती मास्दै एभोकाडो लगाउँदै इलामका किसान

इलाम, पुस १२ गते । इलाममा एभोकाडो खेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ । थोरै मिहेनतमा धेरै आम्दानी लिन सकिने भएपछि जिल्लाका किसान यस खेतीतर्फ आकर्षित भएका छन् । माइजोगमाई गाउँपालिका–५ सोयाङका लक्ष्मण खत्रीले १२ रोपनी क्षेत्रफलमा एक सयभन्दा धेरै एभोकाडो लगाउनुभएको छ । “तीन वर्ष भएका बिरुवाले सामान्य उत्पादन दिन सुरु गरेको छ, दुई […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter