
काठमाडौं, भदौ ३० गते। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बिपीको कोइरालाको विचारलाई मूर्ति झैँ पूजा गर्नेकुरा बिपीमाथिको ठूलो अन्याय भएको बताउनुभएको छ। शनिबार बिपी कोइरालाको ‘जेल डायरी’ लोकार्पण समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले बिपीलाई महामानव भन्दैगर्दा महामानवको आवरण भित्र गुम्सिएका महाविचार ओझेलमा परेको बताउनुभयो। उहाँले महामानव भनेर बिपीको विचारमा छलफल नै गर्नु […]

काठमाडौं, भदौ २९ गते । न्याय परिषद्को आजको बैठकले उच्च अदालतको न्यायाधीशका लागि २७ जनाको नाम सिफारिस गरेको छ । परिषद्को बैठकले नायब महान्यायाधिवक्ता एवं बेपत्ता छानबिन समितिका सचिव श्यामकुमार भट्टराई, सरकारी वकिल, न्यायप्रशासन र कानुन समूहबाट एक÷एकजना सिफारिस गरिएको परिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिनुभयो । त्यसमध्ये, जिल्ला न्यायाधीशबाट १८ जना छन् भने बाँकी […]

काठमाडौं, भदौ २८ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपत्यकाका विभिन्न सातवटा अस्पतालमा अनुगमन गरेको छ । स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतका अनुसार सरकार मातहत रहेका उपत्यकाका सरकारी अस्पतालमा मन्त्रालयका पदाधिकारी सहितको टोलीले अनुगमन गरेको हो । सरकारी अस्पताल व्यवस्थित गर्नका लागि मन्त्रालयले अनुगमन गरेको मन्त्री बस्नेत बताउनुभयो । उपत्यकाका वीर अस्पताल, कान्तिबाल अस्पताल, शहीद गङ्गालाल हृदय […]

काठमाडौँ, भदौ २७ गते । नेपाल सरकार र विभिन्न राजनीतिक दल वा समूहसँगको सम्झौता अनुसार अदालतमा विचाराधीन मुद्दा फिर्ता लिने केही नेपाल ऐन संशोधन विधेयकको व्यवस्था हटाउन बहुसङ्ख्यक दलहरू एकै स्थानमा उभिएका छन् । नेकपा (माओवादी केन्द्र) बाहेकका अन्य दलले अदालतमा विचाराधीन फौजदारी मुद्दा फिर्ताको व्यवस्था हटाउन संशोधन दर्ता गरेका हुन् । विधेयकको संशोधनको समयसीमामा […]

काठमाडौं, भदौ २७ गते। अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले १२ कक्षा पास गर्ने बित्तिकै विदेश जाने पद्धती रोक्नुपर्ने आवश्यकता देखिएको बताउनुभएको छ। बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अर्थमन्त्री महतले यस्तो बताउनुभएको हो।उहाँले पछिल्लो समय १२ कक्षा पास गर्न नपाउँदै विदेश जाने पद्धतिको विकास भएको भन्दै सरकारले रोक्ने अभियान चालउन आवश्यक रहेको बताउनुभयो। अर्थमन्त्री महतले […]

गोविन्द शर्मा / बाँके, भदौं २७ गते । बाँकेको खजुरामा स्थापना भएको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा उपचारका लागि आउने बिरामीको सङ्ख्या उल्लेख्य मात्रामा बढेको छ । अस्पतालमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट उपचारका लागि आउने क्यान्सरका बिरामीको सङ्ख्या दिन प्रतिदिन बढिरहेको अस्पताल विकास समितिका अध्यक्ष टेकेन्द्र मल्लले जानकारी दिनुभयो । अध्यक्ष मल्लले भन्नुभयो, ‘कर्णालीका […]

काठमाडौं, भदौ २६ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशस्थित नेपाली दूतावासका राजदूतहरूलाई नेपाली श्रमिक तथा कामदारको हितलाई केन्द्रमा राखेर काम गर्न निर्देशन दिनुभएको छ । श्रम आप्रवासन सम्बन्धी समस्या र तिनको समाधान सम्बन्धी दुई दिवसीय अन्तरक्रियामा बोल्नुहुँदै प्रधानमन्त्रीले विदेशमा रहेका नेपाली कामदारहरूले अनेकन् समस्या झेल्नुपरेकोमा ध्यानाकर्षण गराउँदै उक्त निर्देशन दिनुभएको हो । सरकारले पहिलोपटक […]

काठमाडौं, भदौ २६ गते । अर्थमन्त्री डा. प्रकाशशरण महतले निजी क्षेत्र आर्थिक रूपान्तरणको वाहक भएको दाबी गर्नुभएको छ । मङ्गलवार काठमाडौंमा १५ औँ संस्करणको नाडा अटो शो, २०२३ उद्घाटन कार्यक्रममा बोल्नुहुँदै अर्थमन्त्री डा. महतले यस्तो बताउनुभएको हो । उहाँले हरेक नागरिकको क्षमता, सिर्जना, सम्भावना र उद्यमशिलताको पूर्ण उपभोगिताबाट मात्रै मुलुकको आर्थिक वृद्धि सम्भव रहेको भन्दै […]

भीष्मराज ओझा / काठमाडौँ, भदौ २५ गते । नेपाली कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको अन्तर्राष्ट्रिय राजनीतिमा उच्च स्थान र कूटनीतिक क्षेत्रमा सन्तुलित योगदान रहेको विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूले बताउनुभएको छ । कांग्रेसले बिपीको ११०औँ जन्मदिनको अवसरमा आइतबारदेखि सानेपामा आयोजना गरेको ‘बिपी साहित्य सम्मेलन–२०८०’ को दोस्रो दिन ‘अन्तर्राष्ट्रिय राजनीति र कूटनीतिमा बिपी’ […]

विराटनगर, भदौ २५ गते । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैदेशिक रोजगारीमा रहेका लाखौँ युवाहरूको भविष्य खोज्न आफू गम्भीरतापूर्वक लागिरहेको बताउनुभएको छ । सोमबार विराटनगरमा समाजवादी मोर्चा नेपालको प्रदेशस्तरीय सन्देश सभा कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको हो । सन्देश सभामा प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “यो सभामा मोर्चाका […]