एक्सक्लुसिभ समाचार

आधुनिक तरिकाले उखु खेती गर्दा तीन गुणा बढी आम्दानी

कञ्चनपुर, असार १६ गते । आधुनिक तरिकाबाट उखुखेती गर्न थालेपछि कञ्चनपुर बेलौरी नगरपालिका–६ हात्तीबोझाका असारेराम वडायकको आम्दानी तीन गुणाले बढेको छ । इन्टरनेटको माध्यमबाट आधुनिक तरिकाले उखु रोप्न सिकेपछि उहाँको आम्दानी तीन गुणाले बढेको हो । आधुनिक प्रविधिको प्रयोग गरी रोपेको उखुखेतीबाट उहाँले प्रति बिगहा रु छ लाखभन्दा बढी आम्दानी गर्न सफल हुनुभएको छ । […]


धेरैले स्वास्थ्य बीमाको नवीकरण नगर्दा बोर्डलाई चुनौती

काठमाडौँ, असार १५ गते । स्वास्थ्य बीमाको कुरा गर्ने हो भने अहिले धेरै जसो सुनिने एउटै कुरा हो – कार्यक्रम त रामो हो तर, प्रभावकारी सेवा प्रवाह हुन सकेको छैन । जुन उत्साहका साथ तीन वर्ष अघि स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको थियो सोही अनुरुप सेवामा प्रभावकारिता नहुँदा जनतामा निराशा छाएको देखिएको छ । एक […]


निगमको वाइड बडी विमान ‘अन्नपूर्ण’ आइपुग्यो

सिवी अधिकारी / काठमाडौँ, असार १४ गते । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी विमान ‘अन्नपूर्ण’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । वाइड बडी ए ३३०–२०० सिरिजको उक्त विमान निर्माण भएका फ्रान्सको तुलुज शहरबाट नौ घण्टाको उडानपछि काठमाडौँ आइपुगेको हो । सरकारको ग्यारेन्टीमा कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषबाट […]


असार २८ गते एक जोडी गैँडा चीन पठाइने

चितवन, असार १४ गते । नेपाल सरकारले चीन सरकारलाई उपहार दिने दुई जोडी गैँडामध्ये एक जोडी यही असार २८ गते चीन पठाइने भएको छ । चिनिया साइटिस टोली गैँडाको अवस्था बुझ्न आज चितवन आइपुगेको छ । सो टोलीले राष्ट्रिय निकुञ्ज विभागका अधिकारीहरुसँग छलफल भएको थियो । राष्ट्रिय निकुञ्ज विभागका उपमहानिर्देशक गोपाल भट्टराईका अनुसार जुलाई १२ […]


खसेको पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा

चितवन, असार १३ गते । नारायणगढ–मुग्लिन सडकखण्डको चारकिलोमा खसेको पहिरो पन्छाएपछि आज ११ः५० बजेबाट सवारी आवागमन सञ्चालनमा आएको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी शिव खनालका अनुसार दुई लोडर र एक एक्साभेटरको सहायताबाट पहिरो पन्छाइएको हो । बिहान ६ः३० बजे सो ठाउँमा पहिरो खसेको थियो । पहिरो खसेको ठाउँको भित्तामा खुकुलो गेग्र्यान रहेकाले रोकथाम […]


पर्यटकीयस्थल ठमेलमा खाल्डैखाल्डो, हिड्न पनि समस्या

काठमाडौँ, असार १२ गते । मुलुककै प्रमुख पर्यटकीय क्षेत्रको रुपमा रहेको ठमेल यतिखेर खाल्डैखाल्डो भएको छ । दैनिक हजारौँ स्वदेशी तथा विदेशी पर्यटक आवतजावत गर्ने कामनपा वडा नं २६ मा पर्ने ठमेल क्षेत्र बर्खा लागेसँगै बाटोमा परेको पानीका कारण कुरुप बन्दै गएको हो । एक दशकदेखि ठमेलको क्वावहालमा मालाको व्यवसाय गर्दै आउनुभएका ओखलढुङ्गाका भेषबहादुर गुरुङ […]


टेलिकममै मिदास ई-क्लास

नेपाल टेलिकमले मिदास एजुकेसन प्रालिसँग सहकार्यमा मिदास ई–क्लास (MiDas eCLASS)  सेवा दिन थालेको छ । विद्यालय तहमा पढाइने पाठ्यक्रम विद्यार्थीहरुलाई मोबाइल फोन, ट्याब्लेट र कम्प्युटर माध्यमबाट उपलब्ध गराई सिक्न सघाउने यो एक प्लेटफर्म हो । उक्त प्लेटफर्मको माध्यमबाट उपलब्ध गराइने शैक्षिक सामग्रीहरु श्रब्य, दृश्य माध्यममा हुने भएकाले बालबालिकालाई रुचिपूर्ण र बुझ्न तथा सम्झन सहज हुने […]


एसईईको नतिजा सार्वजनिक

काठमाडौं, असार ९, २०७५ माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा शनिबार सार्वजनिक गरेको हो । कार्यालयले गत चैत पहिलो साता लिएको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा ग्रेडिङ प्रणालीअनुसार सार्वजनिक गरेको हो। परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका अनुसार यसवर्षको परीक्षामा नियमित धारतर्फ चार […]


चतराको जेटबोट दोलालघाटसम्म सञ्चालन हुने

गाईघाट, उदयपुर, असार ९ गते । सुनसरीको चतरा र उदयपुरको बेलका बीच सप्तकोशीमा सञ्चालन हुँदै आएको जेटबोटलाई अब एक वर्षभित्र संखुवासभाको तुम्लिङटारदेखि काभ्रेको दोलालघाटसम्म सञ्चालन गरिने भएको छ । हाल बेलुकाको डुम्रीबोट, चतरा हुँदै भोजपुरको हतुवा र धनकुटाको तमोरसम्म सञ्चालन हुँदै आएको जेटबोटलाई अब एक वर्षभित्र विस्तार गर्न लागिएको चतरा बेलका पर्यटन जेटबोट प्रालिका संयोजक […]


नेपालको वायु सेवालाई खतराको सूचीबाट हटाइयोः मन्त्री अधिकारी

काठमाडौँ, असार ८ गते । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनले नेपालको वायु सेवालाई खतराको सूचीबाट हटाउन सफल भएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा उडान सम्बन्धी समसामयिक विषयमा उठेका जिज्ञासाका सम्बन्धमा उहाँले नेपालको वायु सेवालाई सन् २०१३ मा गम्भीर सुरक्षा खतराको सूचीमा राखेकोमा हाल त्यसलाई हटाइएको जानकारी सदनलाई दिनुभयो […]




TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter