विचार / अन्तर्वार्ता

भू–समाधि चुनौती होइन, अनुसन्धान गर्ने बाटोः कृष्णदास

  पथरी (मोरङ), ९ वैशाख । सिद्धबाबा कृष्णदासजी महाराजले हालैको आफ्नो नौ दिनको भू–समाधिले चिकित्सा विज्ञानलाई थप अनुसन्धान गर्ने बाटो देखाएको बताउनुभएको छ । पोखरामा नौ दिनसम्मको लामो समाधि सकेर बुधबार विराटनगर आइपुग्नुभएका कृष्णदासजी महाराजले सञ्चारकर्मीसँग कुरा गर्दै भन्नुभयो, “मैले चिकित्सा विज्ञानलाई चुनौती दिएको हैन, थप अनुसन्धानको बाटो देखाइदिएको हुँ, कृष्णदास महाराज सुनसरीको बराहक्षेत्र धाम […]


पुनःनिर्माणसँगै अस्थायी बसोबासको व्यवस्था गरिन्छ ः गृहमन्त्री बस्नेत

काठमाडौँ, ६ वैशाख । गृहमन्त्री शक्तिबहादुर बस्नेतले ढिलै भए पनि भूकम्पपीडितका लागि पुनः निर्माण महाअभियानको कार्यक्रमसँगै चाँडै अस्थायी बसोबासको व्यवस्था गरिने बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँले पुनः निर्माणको कार्यक्रम सम्पन्न गर्न चार वर्षसम्म लाग्ने भएकाले बर्सात सुरु हुनुअगावै अस्थायी बसोबासको व्यवस्था गरिने जानकारी दिनुभएको हो । वर्तमान […]


बिचल्लीमा छन् जुरेका पहिरो पीडित (आलेख)

अच्युत रेग्मी (सिन्धुपाल्चोक), ५ वैशाख । ‘हाम्रो घर कहिले बन्छ ?’ जुरे अवलोकन गर्न आइपुगेका पत्रकारलाई स्थानीयवासी बुद्ध तामाङले सोध्नुभएको प्रश्न हो यो । तामाङ २० महिना पहिले २०७१ साउन १७ गते २ बजे राति सिन्धुपाल्चोकको जुरे र माङ्खा गाविसको सिमानामा गएको पहिरोका एक पीडित हुनुहुन्छ । त्यतिखेर झण्डै एक हजार ५०० मिटर उचाइ र […]


संविधानबारेको अनावश्यक टिप्पणी स्वीकार्य छैन – सञ्चारमन्त्री राई

काठमाडौँ, ४ वैशाख । सूचना तथा सञ्चार मन्त्री शेरधन राईले नेपालको संविधानको विषयमा मुलुकभित्र कुनै पनि अन्योलता नभएकाले विदेशीले अनावश्यक चासो राख्नु उचित नभएको बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा मन्त्री राईले संविधानमा असहमति जनाएका तराई मधेस केन्द्रित राजनीतिक दलसमेत राजनीतिक प्रक्रियामा सहभागी भइसकेको र संविधानलाई स्वीकार गरिसकेकाले अनावश्यक टिप्पणी […]


२०७२ साल शून्य गैँडा चोरी सिकार वर्ष

नारायण अधिकारी / चितवन, १ वैशाख । सशस्त्र द्वन्द्वको समयमा एकै वर्षमा ३८ वटासम्म गैँडा चोरी सिकारीले मारेपछि बनाइएको संरक्षण रणनीतिको प्रभावस्वरुप २०७२ साल शून्य एकसिङ्गे गैँडा सिकार वर्ष भएको छ । विसं २०७१ को वैशाख १९ गते राष्ट्रिय निकुञ्जको ध्रुव पोष्ट क्षेत्रमा पछिल्लो पटक सिकारीले एउटा गैँडा मारेका थिए । त्यसयता कालगतिले बाहेक गैँडा […]


विसं २०७२ : वैदेशिक रोजगारीको क्षेत्रमा विवादास्पद वर्ष

किरण भट्टराई । काठमाडौँ, १ वैशाख । विसं २०७२ वैदेशिक रोजगारीको क्षेत्रमा विवादास्पद वर्ष बन्यो । निःशुल्क प्रवेशाज्ञा र हवाई टिकटको व्यवस्था, वैदेशिक रोजगार व्यवसायी सङ्घको आन्दोलन, प्रहरी, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राजस्व अनुसन्धान विभाग र वैदेशिक रोजगार विभागले म्यानपावर कार्यालयमा हानेको छापाका कारण वर्षभरी वैदेशिक रोजगारको क्षेत्र चर्चाको केन्द्रमा रहिरह्रयो । स्वास्थ्य परीक्षणमा बायोमेट्रिक प्रणाली […]


पत्रकारिताः गुण, दोष, चरित्र र चुनौतीहरु

– अयोध्या प्रसाद श्रीवास्तव नेपोलियनले एक पटक भनेका थिए “ दुनियामा दुइटा शक्ति मात्र छन् – यौटा तरबार र अर्को कलम । अन्तमा तरबारमाथि कलमको विजय हुने गर्दछ ।” तरबारको भरमा सैनिकदेखि सम्राट्सम्मको यात्रा गरेको नेपोलियन, जसले विश्वविजयको सपना देखेको थियो, त्यस्तो बाहुबलको धनी व्यक्तिले कलमको शक्तिलाई सर्वोच्च स्थान दिएकोले यो शक्तिको महत्वबोध सहजै हुन्छ […]


कृषकलाई निवृत्त दिइने ः कृषि मन्त्री गजुरेल

    भद्रपुर, २८ चैत । कृषि विकास मन्त्री हरिबोलप्रसाद गजुरेलले कृषकको भविष्यलाई सुरक्षित पार्न २० वर्षसम्म लगातार कृषि पेसा अँगाल्ने कृषकलाई राज्यबाट निवृत्त दिने व्यवस्था ल्याउन लागेको बताउनुभएको छ । कृषि विकास कार्यालयद्वारा आयोजित फार्म मेसिनरी हस्तान्तरण समारोहलाई आज सम्बोधन गर्दै मन्त्री गजुरेलले जनतालाई खाद्यान्नमा सुनिश्चितता गर्न सरकारले २७बुँदे कार्यनीति कार्यक्रम ल्याएको र यसबाट […]


राष्ट्रिय स्वाधीनताका लागि सबैको सहयोग जरुरी– अध्यक्ष दाहाल

  काठमाडौँ, २५ चैत । एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रको स्वतन्त्रता, सार्वभौमसत्ता, अखण्डतालाई सुदृढीकरण गर्ने कार्यमा सबैको सार्थक सहयोगको जरुरी रहेको बताउनुभएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज पार्टीका दिवङ्गत नेता पोष्टबहादुर बोगटीको सम्मानमा स्थापना गरिएको ‘पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठान’को प्रारम्भिक साधारणसभालाई सम्बोधन गर्दै उहाँले पछिल्लो दिनमा नेपालको सार्वभौमसत्ता र अखण्ताविरुद्ध विभिन्न कोणबाट […]


संविधानमा नब्बे प्रतिशतको जनमत कहीँ छैन – नेम्बाङ

    काठमाडौँ, २० चैत । पूर्वसभामुख सुवास नेम्बाङले नेपालको संविधान विश्वकै समावेशी र उत्कृष्ट भएको बताउनुभएको छ । यहाँ आज थारु पत्रकार सङ्घको पाँचौँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उहाँले नेपालको संविधान विश्वमै उदाहरणीय बनेको बताउँदै संविधानसभाका सबै समिति समावेशी भएकाले समावेशी संविधानसभाले समावेशी संविधान बनाएको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो– “विश्वमा ९० प्रतिशत […]




TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter