समाचार

विश्व बैंकको रु २४ अर्ब सहुलियतपूर्ण ऋण स्वीकार गरिनेः परराष्ट्र नीति स्वीकृत

काठमाडौँ, असोज ६ गते। सरकारले विश्व बैंक समूहको अन्तरराष्ट्रिय विकास संस्थाबाट बजेटरी सहायताका रूपमा प्राप्त हुने २०० मिलियन अमेरिकी डलर (करीब रु २४ अर्ब) बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ । सरकारले अन्तरराष्ट्रिय श्रम संगठनको विधान अनुमोदनका लागि संघीय संसद्समक्ष पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय पनि गरेको छ । विद्युत् नियमन आयोगको […]


चार चरणमा छ हजार शय्याको हाइ डिपेन्डेन्सी यूनिट बनाइँदै

इश्वरचन्द्र झा / काठमाडौं, कात्तिक ६ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशैभरिका अस्पतालमा छ हजार हाइ डिपेन्डेन्सी यूनिट(एचडीयू) छिट्टै सञ्चालन गर्न लागेको छ । सो कार्य चार चरणमा हुने छ । सामान्यतया यस्ता युनिटहरूमा अङ्ग प्रत्यारोपण वा प्रमुख अङ्गको शल्यक्रिया गराएका बिरामीलाई अक्सिजनको सुबिधासहितको ब्यवस्था गरिएको हुन्छ । हाल देशमा कोराेना सङ्क्रमण बढ्दै गएका […]


दुई महिनामा एक खर्ब ६५ अर्ब विप्रेषण भित्रियो

काठमाडौँ, कात्तिक ५ गते। चालू आर्थिक वर्षको दोस्रो महिनासम्ममा कूल रु एक खर्ब ६५ अर्ब ७३ करोड विप्रेषण आप्रवाह भएको छ । गत साउनमा रु ९२ अर्ब ७० करोड विप्रेषण आप्रवाह भएको थियो । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालू आर्थिक वर्षको दोस्रो महिनाको आर्थिक विवरण अनुसार अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.६ […]


कर्णाली प्रतिष्ठानमा आगामी वर्षमा एमबीबीएसदेखि एमडीसम्मको पढाई हुने

नेत्र शाही / जुम्ला, कात्तिक ५ गते । कर्णाली स्वास्थ्यविज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले आफ्नो शैक्षिक योजना सार्वजनिक गरेको छ । प्रतिष्ठानले दशंैको पूर्वसन्ध्यामा सरकारले एमबीबीएस विज्ञान पढाउनदेखि उच्च स्तरका जनशक्ति विषयको हालसम्मको काम र आगामी शैक्षिक कार्यक्रमको विषयमा जानकारी गराएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष डा निरेश थापाले सरकारले ५ सिट स्नाकोत्तर […]


थप तीन हजार ९३ सङ्क्रमितसहित एक लाख ३९ हजार १२९ पुग्याे

काठमाडौं, कात्तिक ४ गते । नेपालमा कोरोना भाइरसका तीन हजार ९३ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा साे संख्यामा सङ्क्रमित थपिएका हुन् । साे संख्यामा सङ्क्रमित थपिएसँगै नेपालमा कुल सङ्क्रमित एक लाख ३९ हजार १२९ पुगेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित प्रेस ब्रिफिङ्को क्रममा पछिल्लो चौबीस […]


शुक्लफाँटा राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी खुला

कञ्चनपुर, कात्तिक ४ गते । शुक्लफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकका लागि जङ्गल सफारी र जङ्गल वाक खुला गरिएको छ । निकुञ्ज कार्यालयले सार्वजनिक सूचना जारी गर्दै सुरक्षाका मापदण्ड पालना गर्ने गरी जङ्गल सफारी र जङ्गल वाकका लागि निकुञ्ज खुला गरिएको जनाएको छ । निकुञ्ज प्रवेश गर्दा अनिवार्यरूपमा मास्क र स्यानिटाइजरको प्रयोग गर्ने र एकापसमा भौतिक दूरी […]


अन्नपूर्ण सर्किट उत्कृष्ट गन्तव्यमा परेपछि व्यवसायी उत्साहित

जमुनावर्षा शर्मा / पोखरा, कात्तिक ३ गते । अन्तराष्ट्रिय ट्राभल साइट लोन्ली प्लानेटले नेपालको अन्नपूर्ण सर्किटलाई घुम्नैपर्ने १० गन्तव्यमा राखेपछि यस क्षेत्रका पर्यटन व्यवसायी उत्साहित भएका छन् । ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) गण्डकीका सचिव जीवनराज सापकोटाले विश्वप्रसिद्ध अन्नपूर्ण सर्किटलाई उक्त सूचीमा राख्नु पदयात्रा व्यवसायीका लागि सुखद् भएको बताउनुभयो । उहाँले भन्नुभयो “अन्नपूर्ण सर्किट […]


मङ्सिर १५ गते स्थानीय तहमा एकैपटक ६४९ अस्पताल शिलान्यास हुने

काठमाडौं, कात्तिक ३ गते । देशभरिका ६४९ स्थानीय तहमा मंसिर १५ गते एकैपटक अस्पतालको शिलान्यास गरिने भएको छ । गुणस्तरीय आधारभूत स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच सुनिश्चित गर्न सरकारले सबै स्थानीय तहमा पाँच देखि १५ शय्याको अस्पताल निर्माण गर्ने नीति बमोजिम अस्पताल भवनको शिलान्यास गर्न लागिएको हो । अर्थमन्त्री विष्णु प्रसाद पौडेल र स्वास्थ्य तथा […]


पुनःनिर्मित ऐतिहासिक रानीपोखरीको उद्घाटन कात्तिक ५ गते हुने

काठमाडौँ, कात्तिक २ गते। पुनःनिर्मित ऐतिहासिक रानीपोखरीको उद्घाटन यही कात्तिक ५ गते हुने भएको छ । गोर्खा भूकम्पका कारण पूर्णरूपमा भत्किएको रानीपोखरी पुनःनिर्माण सम्पन्न भएकाले बुधबार उद्घाटन हुने भएको हो । राष्ट्रिय पुनः निर्माण प्राधिकरणका सम्पदाविज्ञ राजुमान मानन्धरका अनुसार उक्त दिन बिहान प्रतापमल्लकालीन न्हुँपोखरी उद्घाटन हुनेछ । तीन सय ५२ वर्ष पुरानो सम्पदा भूकम्प गएको […]


पुस्तकमा चित्र हेरेर शुरु गरें, अहिले मासिक अढाई लाख आम्दानी

जयकृष्ण यादव / इनरुवा, कत्तिक २ गते । सुनसरीको गढी गाउँपालिका २ भमरीका ५० वर्षीय श्यामसुन्दर चौधरीले माछापालन थाल्नुभएको २८ वर्ष भयो । दुई कट्ठाबाट सुरु गर्नुभएको माछापालनबाट अहिले वार्षिक ३० लाख रुपियाँ आम्दानी गर्न सफल हुनुभएको छ । चौधरीले २०४९ सालमा दुई कट्ठा जग्गामा स्थानीय जातको माछा पालन सुरु गर्नुभएको र एक वर्षपछि दुई […]




TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter